प्रिय सुदन गुरुङज्यू,
तपाईं देशको गृहमन्त्री बन्नुभएकोमा मैले बधाई दिएको छैन। मलाई “हर्क दाइ” भन्नुहुन्छ — त्यो साइनोले तपाईं मेरो भाइ हुनुहुन्छ भन्ने देखाउँछ। मलाई “हर्क जी” पनि भन्नुहुन्छ — त्यो अर्थमा तपाईं मेरो साथी हुनुहुन्छ। तर, यो देशको विधि र संविधानलाई मान्दा, तपाईं “माननीय गृहमन्त्रीज्यू” हुनुहुन्छ। With respect, मैले त्यो भन्नै पर्छ।
एउटा प्रतिपक्ष दलको नेता भएको कारण, तपाईंको टिकाटिप्पणी गर्न पनि पर्छ, र प्रश्न सोध्न पनि पर्छ। मेरा प्रश्नहरू व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका छन् — nothing personal, everything professional and legal।
तपाईंले Gen Z आन्दोलनको २३ गतेको घटनाका दोषीहरूलाई पक्रनुभयो — त्यसका लागि धन्यवाद। सबैले धन्यवाद दिएका छन्। गलत काम गर्नेहरूको सूची बनाएर कारबाही गर्दै हुनुहुन्छ — यसको पनि प्रशंसा गर्छु। I like that and appreciate that। अझै अघि बढ्नुहोस् — शुभकामना छ।
तर मैले सदनमा उठाएका दुईटा मुद्दा नबिर्सनु होला:
१. Gen Z आन्दोलनको २४ गतेको घटनाका दोषीहरूलाई कारबाही गर्ने
२. जी.बी. राईलाई पक्राउ गरी रवि दाइलाई न्याय दिने
काम गर्ने मान्छेको खुट्टा तानिन्छ। काम गर्ने क्रममा अपजस पनि पाइन्छ। तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईंको नाममा छ भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा राम्रो लागेको छैन। यसको वास्तविकता के हो — कृपया पत्रकार सम्मेलन राखेर स्पष्ट पार्नुहोस्।
यो नैतिकताको सवाल हो। अब यो प्रश्नको जवाफ नदिने हो भने, जनताले कुरा काट्नेछन् र विश्वास गर्ने छैनन्। तपाईंलाई मान्ने छैनन्। प्रहरीले पनि टेर्न छाड्न सक्छ।
मलाई आशा छ — तपाईंले एउटा दाजुले दिएको सल्लाह सम्झेर त्यसलाई मनन गर्नुहुनेछ। एक दिन म तपाईंलाई हृदयदेखि नै बधाई दिनेछु। त्यो दिन चाँडै आओस्।
जय देश!