भूतो न भविष्यति प्रकृतिको जेन-जी विद्रोहको तीन महिना पूरा हुँदा मानौं त्यो एउटा सामान्य दुःस्वप्न मात्र थियो र अब सबै अनन्त कालसम्म ठीकठाक हुन्छ जस्तो गरी सुस्ताउनु र आआफ्नो आंगनमा रमाउनु देश, जनता र सबैको निम्ति झन् घातक हुन सक्छ।
त्यो एउटा बर्षौंदेखि चुलिँदै गएको आन्तरिक अर्थ–राजनीतिक संकट र बाह्य भू–राजनीतिक दबाबबाट सिर्जित भयंकर विस्फोटको पूर्वाभ्यास मात्र थियो र बेलैमा तिनको दिगो समाधान खोजिएन भने झन् विनाशकारी परिदृश्य सिर्जना हुन सक्छ भन्ने कुरा कसैले नबिर्सौं।
रवि लामिछानेको उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिगो बराबरको धरौटी लिएर रिहा गर्नु भन्ने आदेश दिएको पृष्ठभूमिमा डा. बाबुराम भट्टराईको यो भनाइ आउनुलाई अर्थपूर्ण तवरले हेरिएको छ। सरकारले यस्तै परिणामलाई आफ्नो सफलता ठान्ने र सहकारी समस्या देखि देशमा विद्यमान तमाम बेथिति, अव्यवस्था, अराजकता र अकर्मण्यतालाई नजरअन्दाज गर्दै जाने हो भने जेन–जी आन्दोलन न भूतो न भविष्य हुने चिन्ता व्यक्त गरिएको अर्थमा यसलाई हेर्न सकिन्छ।
ज्ञात रहोस्, डा. भट्टराईले विगतदेखि नै रवि लामिछानेको मुद्दाको आवरणमा जनतालाई विभक्त गरी त्यसभित्रको अपराधमा संलग्न हजारौँको संख्यामा रहेको गिरोहको अपराध लुकाइने त होइन ? यदि त्यसो हो भने लामिछानेमाथिको हालको रवैया पूर्ण प्रतिशोधपूर्ण छ भन्ने धारणा राख्दै आउनु भएको थियो।
यद्यपि वैकल्पिक शक्तिका रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरी संरक्षकत्व गरिरहेका भट्टराईले जनताले कुरा नबुझे सम्म यस मामिलामा मध्यमार्गी विचार राख्ने गरेको अनुमान गर्न सकिन्छ।
यसर्थ डा. भट्टराईले सामाजिक सञ्जालबाट व्यक्त यस धारणाको गहिरो विवेचना भइरहेको छ।