
अन्तरिम सर्वपक्षीय नागरिक सरकारको माग गर्दै प्रदर्शन
करिव ६० बर्ष राज्य लुटेका राजाबादी झुण्डहरु बिगतको राजतन्त्र नामको लुटतन्त्रको साम्राज्य संझिएर अहिले बौलाईरहेका छन भने बल्लबल्ल खान भेट्टाएका सत्ताधारिहरु जनताको चित्कार सुन्न सक्ने हबिगतमा छैनन् । जनताले आफ्ना जनाधिकार संस्थगत गर्दै सुसासनको क्रान्ती चलाउन सकेको छैन । यहि बेला हाम्रो पार्टि नेपालका संयोजक गोविन्द बोहरा “ब्रह्माण्ड” को नेतृत्वमा काठमण्डौंको माईतिघरमा जेठ ७ गते बाट अर्को प्रदर्शन सुरु भएको छ । उनिहरुले अन्तरिम सर्वपक्षीय नागरिक सरकार को मागलाई जोडदार रूपमा उठाएका छन। बोहराले देशमा विद्यमान राजनीतिक अस्थिरता, भ्रष्टाचार, र आर्थिक संकटको समाधानका लागि नयाँ शासकीय स्वरूपसहितको अन्तरिम सर्वपक्षीय नागरिक सरकार आवश्यक रहेको बताएका छन्।
प्रदर्शनको उद्देश्य र पार्टीको दृष्टिकोण
हाम्रो पार्टी नेपालले जारी गरेको विज्ञप्तिमा हालको राजनीतिक व्यवस्था र नेतृत्वको अक्षमताले देश गम्भीर संकटतर्फ धकेलिएको उल्लेख छ। बोहराले भने, “राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता जोगाउन, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न अन्तरिम सर्वपक्षीय नागरिक सरकार अपरिहार्य छ।” पार्टीले राष्ट्राध्यक्षीय प्रणाली, बुद्धिजीवी परिषद्, र सर्वोच्च आयोगको स्थापना जस्ता संरचनात्मक सुधारका प्रस्ताव अघि सारेको छ। यस्तै, गरिबी निवारण, रोजगारी सृजना, र स्थानीय उत्पादनलाई प्राथमिकता दिने योजना पनि समावेश गर्नु पर्ने बताउदै आएको छ
प्रदर्शन र जनसहभागिता
जेठ ७ गतेदेखि काठमाडौंमा सुरु भएको प्रदर्शनमा सहभागीहरूले प्लेकार्डसहित शान्तिपूर्ण रूपमा आफ्ना माग राखेका छन्। बोहराले देशभक्त नागरिक, बुद्धिजीवी, पत्रकार, र राजनीतिक दलहरूलाई यो अभियानमा सहभागी हुन अपिल गरेका छन्। प्रदर्शनका प्लेकार्ड्मा लेखिएको छ, “अन्तरिम सर्वपक्षिय सरकारको गठन गरियोस ।” गणतान्त्रमा हाम्रा हक अधिकारको लागि प्रदर्सन गर्न कसैले रोक्न पाउदैन यसैले तबसम्म हाम्रा प्रतीकात्मक प्रदर्शन नियमित जारिरहन्छन् जब सम्म मागहरु समाधान हुदैन बोहरा भन्छन । “
प्रभाव र भविष्यको योजना
हाम्रो पार्टी नेपालले यो प्रदर्शनलाई भद्र जनप्रदर्शनको रूपमा निरन्तरता दिँदै सुरक्षा निकायलाई अभिभावक मानेर गोलमेच छलफलमार्फत निकास खोज्ने बताएको छ। यो मागले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ, तर प्रमुख राजनीतिक दलहरूबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन। बोहराले भने, “यो आन्दोलनले नवीन नेपाल निर्माणको आधार तय गर्नेछ।“