ग्रेटर नेपाल रास्ट्रबादी मोर्चा र कम्युनिस्ट पार्टीको संयुक्त खबरदारी
काठमाडौं, ३० वैशाख २०८२ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा (जीएनएनएफ) ले भारतले नेपालमाथि गरेको ज्यादती, महाकाली नदीको अतिक्रमण र छिमेकी देशहरूमाथि निरन्तर दादागिरीको विरोधमा इण्डियन दुताबासमा ज्ञापन पत्र बुझाएको छ। भारतको आक्रामक र अस्वीकार्य व्यवहारले दक्षिण एसियाको शान्ति र सुरक्षा धरापमा पारेको दाबी गरिएको छ।
नेपाली विद्यार्थीको मृत्युमा गम्भीर आपत्ति
जीएनएनएफले भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थी प्रीशा साह र प्रकृति लम्साल को मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। यो घटनालाई भारतको माटोमा नेपाली नागरिकको रगत बगाएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भारतीय सेनाले नेपाली मूलका सैनिकहरूलाई युद्धको मैदानमा भाँडोको रूपमा प्रयोग गरेको र कठिन मोर्चामा पठाएर छनौटात्मक व्यवहार गरेको दाबी गरिएको छ। साथै, अप्रिल महिनामा काठमाडौंमा भारतीय पैरामिलिट्री फौज को अनुमतिविना प्रवेशलाई नेपालको सार्वभौमसत्तामाथिको ठूलो उल्लंघनको रूपमा चित्रण गरिएको छ। जीएनएनएफले काश्मिरको पहलगाममा २२ अप्रिल २०२५ मा एक नेपाली नागरिकको मृत्युको निन्दा गरेको छ। यो घटनालाई भारतको मोदीको फासिस्ट शासन को हिस्सा भएको भन्दै आलोचना गरिएको छ। काश्मिरमा भएको गिरफ्तारी, घर भत्काउने र मानवअधिकार हननले क्षेत्रीय अस्थिरता र सामूहिक सजायको डर उत्पन्न गरेको छ। भारतले इन्डस पानी सन्धि उल्लंघन गरी पानी आतंकवाद मा संलग्न भएको जीएनएनएफको दाबी छ। नेपाल र पाकिस्तानमाथि पानीको नियन्त्रण, बाँध निर्माण र सीमामा तटबन्ध उठाएर बर्खामा बाढी ल्याउने कार्यले लाखौं जनताको जीवन र जीविकोपार्जनलाई प्रभावित पारेको छ। विशेष गरी नेपालमा कोशी, गण्डकी र महाकाली नदी को नियन्त्रण र जलविद्युत् परियोजनाहरूमा भारतको हस्तक्षेपले नोक्सान पुगेको जनाइएको छ। भारतले नेपाल, पाकिस्तान, बङ्गलादेशलगायत छिमेकी देशहरूको सार्वभौमसत्ताको सम्मान नगरेको र युद्धोन्माद फैलाएको आरोप छ। कलापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा भारतीय एसएसबीको उपस्थितिलाई नेपालको भूमिमा अतिक्रमणको रूपमा चित्रण गरिएको छ। ग्रेटर नेपाल कम्युनिस्ट पार्टी को तत्फबाट बिकल्प र ग्रेटर नेपाल रास्ट्रबादी मोर्चा अध्यक्षको तर्फबाट फणिन्द्र नेपाल द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा दक्षिण एसियामा शान्ति र सुरक्षाको लागि भारतको व्यवहारमा परिवर्तन आवश्यक रहेको जोड दिएका छन्।
भारतीय सेनाको छनौटात्मक व्यवहार
काश्मिर घटना र मानवअधिकार हनन
महाकाली नदी अतिक्रमण र पानी आतंकवाद
छिमेकी देशमाथि दादागिरी
माग र आह्वान
