Nepal premier league (NPL) को फाइनल खेलमा सट्टेबाजी गर्ने २ जना इण्डियनलाई प्रहरिले पक्राउ गरि आज ७ गते सार्वजनिक गरेको छ ।
२०८१ पुस ०७ गतेका दिन जिल्ला काठमाडौं टोखा नगरपालिका वडा नं. ३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्ट्मेन्टको 6b फ्यालट्मा Nepal premier league (NPL) को फाइनल खेलमा सट्टेबाजी online betting भईरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी काठमाडौंबाट खटिएको बिशेष प्रहरी टोलीले निम्न ब्यक्तिहरुलाई सट्टेबाजी गराउन प्रयोग भएको मोबाइल ल्यापटप सहित बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरिले बताएको छ ।
इण्डियाको उत्तरप्रदेश जिल्ला आग्रा सिकान्द्रा पन्चायत घर भई हाल टोखा न.पा. ३ ग्राण्डी टावरको नेप्चुन बिल्डिङ को 6A बस्ने बर्ष ४७ को हरिस जावा र ऐ.ऐ. बस्ने बर्ष ३८ को ऋषि मातन पक्राउ परेको जनाईएको छ ।
प्रहरिले मोबाइल थान ५, ल्यापटप थान- १,ncell को सिम थान- ८, हरिस जावाको भारतिय राहदानी थान-१, हरिस जावाको आधार कार्ड थान-१, ऋषि माकनको आधार कार्ड थान- १, ऋषि माकनको भोटिङ कार्ड थान- १ समेत बरामद गरेको छ ।