काठमाडौं । सन १८१६ मा भएको भनिएको सुगौली सन्धीको बहानामा गुमेको करिव डेढलाख बर्गकिलोमिटर नेपाली भूमी फिर्ताको अभियानमा सकृय रहदै आएका ग्रेटर नेपाल रास्ट्रबादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल र विशाल नेपाल कम्युनिस्ट पार्टिका नेताहरु बिच सहकार्य र कार्यगत एकताको घोसणा भएको छ ।
२०८१ साउन ३१ गते बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त कुराको घोसणा गरिएको थियो ।
रास्ट्रीय स्वाधिनताको रक्षा र इण्डियाको अत्याचार बिरुद्धको युद्धको घोसणा गर्दै धेरै पार्टिहरुले गतिबिधी गरे तर कालान्तरमा उनिहरु उल्टो बाटो हिड्न उद्दत भए ।
इण्डिया द्वारा भएका अतिक्रमण,अत्याचार र हस्तक्षेप बिरुद्धको लडाइका लागि साथ दिन प्रस्ताब गर्दा यो देशका कुनै पार्टिले ठाडो कान लाएनन । आखिर त्यो त्रास कस्ले सिर्जना गरिदियो ?

मैले लेखेको पुस्तक आफ्ना कार्यकर्तालाई बाडेर जनयुद्धकालमा यश अभियानलाई साथ दिएका प्रचण्ड र नेत्रबिक्रम चन्द”बिप्लब” नै शान्ती प्रकृया मार्फत खुल्ला राजनितिमा आएपछी डराएको स्मरण गर्दै फणिन्द्र नेपालले थप भने- “यसरी कसैको साथ नपाएपनि बिगत ३५ बर्श देखि आफुले एक्लै अभियान चलाउदै आएको स्थितिमा विशाल नेपाल कम्युनिस्ट पार्टि सहकार्य गर्न तयार भएको प्रती खुसी लागेको छ तर यात्रा कठोर र चुनौतिपुर्ण छ”।
रास्ट्रबादी आन्दोलनबाट उदाएको माओबादी र त्यसका अध्यक्ष प्रचण्ड डराउदै पछिल्लो समय आफ्नो मुद्धामा अडान राख्न नसकेको, त्यस पछि मोहन बैध्यले समेत वास्ता नगरेको र बिप्लब माओबादी समेत इण्डियन अत्याचार बिरुद्धको न्यायको यात्रामा आउन नचाहेको अबस्थाले अरु पार्टिको हबिगत के छ अनुमान नै काफी छ भन्दै यश बिशयलाई अन्यथा लिनु नहुने बरु इण्डियाले मारिदेला भन्ने आतंकको परिणाम यो अबस्था आएको यथार्थलाई आफुले बुझेको नेपालको भनाई थियो ।
नेपालको राष्ट्रिय स्वधिनताको रक्षार्थ वर्ग संर्षलाई इमान्दारिता पुर्वक अघि बढाउन क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरुसँग एकता र सहकार्य गर्दै जाने सहभागी बक्ताहरुको भनाई थियो । यसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चासँग सहकार्य गरेको बताउँदै अनबरत ३५ बर्श देखि स्वाधिनता र न्यायको पक्षमा वोकालत गर्दै आउनु भएका फणिन्द्र नेपालसँग सहकार्य गरिएको स्थायी समिती सदस्य बिबेकको भनाई थियो ।
सुगौली सन्धी, गोर्खा भर्ति, असमान जलस्रोत तथा ब्यापार लागयत सन्धि–सम्झौता खारेजीको लागि निरन्तर राष्ट्रिय स्वाधिनताको अभियान चलाउन सजिलो नरहेको थाहा हुदा हुँदै यो चुनौतिपुर्ण बाटो रोज्नु सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको परिचय पनि हो- बिबेकले भने ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भने – “इण्डियाले अबैधानिक र अपराधिक तवरले कब्जामा लिएको लिम्पियाधुरा सहितका नेपाली भुमी भित्रै खुल्लम खुल्ला ७५ औं स्वतन्त्रा दिवस मनाइरहँदा हामिले रज्जधानि सहरको एक कुनामा बसेर न्यायको लागि सहयोगको याचना गर्दै विश्व समुदायलाई अपिल गर्न बाध्य हुनु अबिभावकिय भुमिकामा रहेको रास्ट्रसंघका लागि पनि लज्जाको बिषय हो । ब्रिटिसहरुले इण्डिया छाड्दै गर्दा नेपाली भूमि फिर्ता गरेका थिए, तर उसले अझै अवैधानीक तवरले हाम्रो भूमि भोगचलन गरिरहेको छ, नेपाली भुमी कब्जामा लिन सकेको खुसियाली मनाउन काठमाण्डौ स्थित दुतावासमा बसेर इण्डियाले हरेक बर्ष झण्डा फहराउँछ, जुन हाम्रा लागि पिडादायी दृश्य हो- फणिन्द्र नेपालले भने ।
आफ्ना मुद्धा र माग सुन्ने बित्तिकै सहकार्य गर्न अस्विकार गर्ने पार्टिहरुको भिडमा विशाल नेपाल पार्टीले राष्ट्रियताको मुद्धा उठाएकोमा शुभकामना दिदै नेपालले भने,“म ग्रेटर नेपालको मुद्धा उठाउने हरेक पार्टीको झोला बोक्न तयार भएँ, तर विगतमा कसैले पनि त्यो आँट गरेनन्, अब यो पार्टीले मालाई अवसर दिन्छ भन्ने विश्वास बिस्वास गर्नै पर्यो । मलाई बिस्वास छ हामि कसैले पनि एक अर्कालाई धोका दिने छौनौ र कुनै शक्ति संग बिकेर रास्ट्रलाई धोका दिने छैनौ ।”
कार्यक्रममा ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य चेतनाथ ओली ‘सफल’ले आफ्नो पार्टीले चुनौतिपूर्ण मुद्धा उठाउँदै गर्दा धेरैले असम्भव रहेको बताए पनि आफूहरुले अन्तिमसम्म लडेर मुक्तिकामी,न्यायप्रेमी नेपालि जनताको तागत स्थापित गरि छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
