काठमाडौं । काठमाण्डौ जमलस्थित राष्ट्रिय नागघरमा सोमबार सम्पन्न मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को एसके इन्टरटेन्मेन्टको आयोजना भएको थियो। युजिना राईले मिस इन्डिजिनियस २०२४ को विजेता हुँदै ताज पहिरिन भने सोहि विधामा पमाया शेरपुजा फस्ट रनर अप, आरुषी थापा मगर सेकेन्ड रनर अप तथा आकृति गुरुङ थर्ड रनर अप भएका थिए ।
त्यस्तै माया गुरुङले मिसेस् इन्डिजिनियस २०२४ को विजेता हुँदै ताज पहिरिएकी हुन् । सोहि विधामा सोनिया चाम्लिङ राई फस्ट रनरअप तर्फ, सुजाता तामाङ सेकेन्ड रनर अपमा, सन्जु गुरुङ थर्ड रनर अप र मनिता तामाङ फोर्थ रनर अप भएका छन् ।
मिस तर्फ फेसबुक च्वाइसमा आरजु पुन मगर, अर्गनाइजर च्वाइसमा संचिता तामाङ, मस्ट पपुलरमा सलोनी सुनुवार तथा भ्युअर च्वाइसमा आरजु पुन मगर उत्कृष्ट ठहरिएका छन्। मिसेसर्फ भने फेसबुक च्वाइसमा मनिता तामाङ, अर्गनाइजर च्वाइसमा ज्यासमिन गुरुङ, मोस्ट पपुलरतर्फ सोनिया चाम्लिङ राई तथा भ्युअर च्वाइसमा सुजाता तामाङलाई पुरस्कृत गरिएको छ।
त्यसैगरी आरजु पुन मगर र सोनिया चाम्लिङ राई ट्यालेन्ट, पमाया शेरपुजा र सुजाता तामाङ फोटोजेनिक, सृजना सेन्चुरी र गंगा गुरुङले पर्सनालिटी, आकृति गुरुङ र सन्जु गुरुङले इन्टेलिजेन्ट,युजिना राई र सारा पुन मगरलाइ कन्फिडेन्ट विधामा अवार्ड प्रदान गरिएको थियो ।
यसैगरी सन्चिता तामाङ र माया गुरुङ फ्रेन्डशीप, रिमा गुरुङ र कुमारी लामाले हेयर, प्रतिमा मगर र उर्वशी श्रेष्ठले स्कीन, आरुशी थापा मगर र मनिता तामाङले स्माइल, रन्जिता मगर र करिष्मा गुरुङले इनोसेन्ट, सलोनी सुनुवार र रुपा तामाङले एक्टिभ तथा रिया गुरुङ र बुद्धि माया तामाङले डिसिप्लीन विधामा अवार्ड प्राप्त गरे।
उसै गरि आदिवासी जनजाति महिलाहरुको व्यक्तित्व र बौद्धिकता तथा साँस्कृतिक विकास, प्रचार र सर्मद्धन गर्ने उदेश्यले हरेक बर्ष मिस तथा मिसेस् इन्डिजिनियस प्रतियोगिताको आयोजना हुँदै आएको आयोजक एसके इन्टरटेइमेन्टका शान्ता तामाङले बताइन् ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङ,प्रतियोगिताका निर्णायक एवम् कलाकार सरोज खनाल लगायतले ताज लगाइदिएका थिए । रोचक बिषय त् यो छ कि जाजुल्ले झाक्री भनेर प्रचारित अन्ध बिस्वास, भ्रम र सामाजिक कुरीति मात्र हैन ठगि खाने धन्दा चलाएको आरोप लागेका प्रकाश भुजेललाई विशिष्ठ अतिथिका रुपमा कार्यक्रममा प्रस्तुत गरिएको थियो र उनि समेतले बिजेताहरुलाई अवार्ड र ताज लगाइदिएको बिषयले स्तरीयता र अन्य कोणहरुबाट केहि प्रश्न भने उब्ज्याएको थियो।
मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३) को अडिसन वैशाख २२ गते सम्पन्न भएको थियो । एसके इन्टरटेनमेन्टले हरेक बर्ष मिस एण्ड मिसेज गुरुङ, मिसेस तामाङ र मिस एण्ड मिसेस इण्डिजिनियस प्रतियोगिता गर्दै आएको आयोजकको भनाइ छ।
मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनरअप तामाङले सन् २०१६ देखि मिस एण्ड मिसेस ईण्डिजिनियस प्रतियोगिता संचालन गर्दै आए बताईएको छ।
