काठमाण्डौं महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष हिरालाल तन्दुकारले आज आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर देशब्यापि अभियान चलाउन अपिल गरे । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाललाई साक्षि राखेर ११ नं वडा सदस्यहरु र वडा सचिब समेतको उपस्थीतीमा ग्रेटर नेपाल राष्ट्रबादि मोर्चा द्धारा तयार पारिएको पाँचौं संस्करणको नक्सा औपचारीक रुपमा कार्यालयमा टागियो ।

लुटाईएको देशको सार्बभौमिकता, अखण्डता र लुटिएको भुमि फिर्ताका लागि हरेक नेपालिले आ-आफ्नो तहबाट आवाज उठाउन नसक्दा राष्ट्रको अस्तीत्व संकटमा पर्दै गएको भन्दै फणिन्द्र नेपाल र हिरालाल तन्दुकारले चिन्ता व्यक्त गरे । दिल्ली स्थीत नेपालि दुताबासको पर्खाल भत्काएर इण्डीयाले हेपाहा सैलिमा अतिक्रमण गरेको र भबन मुनि जबजस्ती भुमिगत सुरुङ बनाएको घटनाले अतंक सृजना गरेको भन्दै चिन्ता ब्यक्त गरे ।
यस कार्यक्रममा सहभागिताका कारण इण्डीयन दुताबास संबद्ध समुहले आफ्ना कर्मचारिलाई कुनै दुख दिए त्यसलाई आफैले सामना गर्ने पनि वडा अध्यक्षले बताए ।
आज फेरि अर्को युद्धमा अपार समर्थन र सहयोग जुटेको भन्दै फणिन्द्र नेपालले खुसि ब्यक्त गरे ।


