Photo-Social Media
आज बिहानै अछाम जिल्लाको पन्चदेबल नगरपालिका ९ र दैलेखको आठबिसकोट नगरपालिका वडा नं ४ जोडने कर्णाली नदि माथीको झोलुङगे पुलको किनारको लठ्ठा चुडिन गई १२ वटा खच्चड अड्कीएर रहेका छन । एउटा खच्चड भने नदिमा खसेको दैलेख जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय राकमको टोलि घटनास्थल पुगेको भएपनि उनिहरुले गर्नसक्ने केहि छैन ।
यस संबन्धमा प्रदेस मुख्य मन्त्रीको कार्यालय र गृहमन्त्री रबि लामिछानेको सचिवालयलाई जानकारी गराईएको भएपनि अहिले सम्म अड्किएका खच्चडहरुको उद्धार गरिएको छैन ।
यधपी सेना र ससस्त्र प्रहरीको उद्धार टोलि प्रस्थान भैसकेको भएपनि अहिले सम्म घटनास्थल पुगेको छैन ।
खच्चड धनिहरु जिबन रोक्का मगर, नर ब रोक्का मगर र राजेन्द्र बोहरा रहेको दैलेख जिल्ला प्रसासन कार्यालयले जानकारी दिएको छ ।
यधपि झोलुङ्गे पुलको बिकल्पमा पक्की पुल रहेको भएपनि छोटो बाटो प्रयोग गर्दा यो दुर्घटना हुन पुगेको दैलेखका सहायक सिडियोले जनाएका भएपनि हाम्रा झोलुङ्गे पुलहरुको गुणस्तर संगै उद्धार संयन्त्र माथि प्रस्न उठेको छ । यो समाचार बनाउदा दिनको १ बजेको छ ।
अछाम बाट दैलेख तिर चामल ढुवानि गर्न जादै गर्दा यो दुर्घटना भएको बिषयले नेपालमा अझै पनि सडक पुर्बाधार निर्माण लगानिको स्थीती दयनिय रहेको देखिन्छ ।
यस बिषयमा अछाम र दैलेख जिल्ला प्रसासन कार्यालयले समन्बय गरिरहेको भनिएपनि अहिले सम्म कसरी अद्धार गर्ने भन्ने संबन्धमा कुनै निणर्य लिन नसक्नुलाई बिषेश रुपमा हेर्न जरुरी छ ।
