आज काडमाण्डौंबाट इटहरीका लागि हिडेको बा.५ख ६२१३ नंबरको यात्रुबाहक हाईस उदयपुर जिल्लाको त्रिनपा ७ सिरुटारमा दुर्घटनाग्रस्त भएको छ । सबारिचालक सहित १६ जना सबार उक्त गाडिको बडि नै भाचिन गई अनियन्त्रीत भएपछि दिउसो सबा १२ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
उक्त दुर्घटनामा परेका होमनाथ ओझालाई थप उपचारका लागि बिराटनगर पठाईएको छ भने, इटहरी घर भएकि एक बृद्ध आमालाई पनि थप उपचारका लागि घोपा हस्पीटल पठाउने तयारी भैरहेको छ ।
मोरङ रतुवामाई ५ का छातीमा चोट लागेका होमनाथ अधिकारी र खुट्टामा चोट लागेका सुनसरी जिल्ला रामधुनी न.पा.-१ का नरेन्द्र चौधरी सहित ५ जनालाई उदयपुर जिल्ला अस्पताल बोक्सेको उपचार पछि डिस्चार्जको तयारी भैरहेको छ । सामान्य अबस्थाका अन्यको हकमा उदयपुर मै उपचार भैरहेको र अबस्यक देखिए अन्यत्र पठाईने उदयपुर प्रहरी प्रबक्ताले जानकारी दिए ।
मोरङ रतुवामाई ५ घोपाबादका वर्ष ४५ को होमनाथ अधकिारी सामान्य घाईते छन् ।
सुनसरी रामधुनी नपा ४ मानपुर बस्ने ३९ वर्षका चालक टंक श्रेष्ठको कानमा सामान्य चोट लागेको छ
ईटहरी उपनपा ५ समिरवाना बस्ने वर्ष ३२ को रबि पाण्डे, सुनसरी रामधुनी ४ लालपुर बस्ने वर्ष ७० कि राधा कार्की, सुनसरी रामधुनी नपा २ झुम्का बस्ने योगेन्द्र कार्कीको छोरी वर्ष १७ की अनसिा कार्की , सुनसरी रामधुनी नपा २ कि ७० वर्षिय अमृत माया कार्की , धरान ५ का २९ बर्षे डल्लिी कुमार लम्विु सहितका यात्रुहरु घाईते भएका थिए । दुर्घटनाको खबर पाए लगत्तै घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलिले उद्धार गरेको थियो ।
गाडिमा सबार १६ जना मध्य १० जना भने घाईते भएका थिए । यधपि तिब्र गतिमा रहेको गाडि सडकको भित्तामा लगाएको ढुंगाको पर्खालमा ठोक्कीएर ३ बल्ड्याङ पल्टीएर भएको यस प्रकारको दुर्घटनाको समग्र स्थीती हेर्दा भयानक थियो । तर जेहोस धेरैजसो सकुसल र सामान्य घाईते मात्र हुनु निकै कम उदाहरणमा पर्दछ । यति सम्म कि गाडिको पाङ्ग्रा समेत गाडिबाट छुटेको थियो ।