–
—
—
share Bazar
आज २०८० साल फागुन २१ गते सोमबार शेयर बजारमा कुल जम्मा जम्मी ५ मिनेट कारोबार भएको हो। पहिलो पटक बजार खुलेको ३ मिनेट ३० सेकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि बजार २० मिनेटको लागि स्थिगित भएको थियो। यसरि स्थगित भएको २० मिनेटपछि खुलेको शेयर बजार १ मिनेट नै नबित्दै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो पटक ४० मिनेटको लागि कारोबार स्थिगित भएको थियो। त्यसपछि १२ बजेर ४ मिनेटमा तेस्रो पटक पुन खुलेको बजारको नेप्से परिसूचक १ मिनेटमा नै ६ प्रतिसताले वृद्धि भएपछी तेस्रो पटक सर्किट ब्रेक लागेर यस दिनको लागि बन्द भएको हो।
आज सोमबारको कारोबारमा नेप्से परिसूचक ११७.७० अंक बढेर २०७८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १९.५४ अंक बढेको छ त्यसै गरि फ्लोट इण्डेक्स ८.१४ अंकले बढेको छ सेन्सेटिभ फ्लोट इण्डेक्स ६.७२ अंकले बढेको छ।