आजको सेयर बजारमा कारोबार भएका सबै कम्पनीको मूल्य वृद्धि भयो। उत्साहका बीच आजको सेयर कारोबार सुरुहुदा २३७ कम्पनीको ३८६३ वटा कारोबारबाट ९३४,९१९ कित्ता सेयरको रु ३७५,२०९,९७८.३२ टर्नओभर भएको थियो। तर पनि यी ५ कम्पनीका सेयरहरू भने यस सुखद दिनमा समेत ओरालो लागेको छ। गणपति लघु बित्तिय संस्था लिमिटेड (GMFBS),ग्लोबल आइएमइ लघु बित्त बित्तिय संस्था (GILB),एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड (NSIF2), एनआइसी एसिया फ्लेग्जी क्याप फण्ड (NICFC), एनआइबिएल सम्वृद्धि फण्ड -२ (NIBSF2) गरि ५ कम्पनीको सेयर भने ओरालो लागेको थियो।
कांग्रेस संगको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन निर्माणको तयारीमा माओबादि अध्यक्ष प्रचण्डले प्रयास थालेको समाचारले शेयर बजारमा एकाएक उच्च वृद्धि देखिएको हो।
कांग्रेस संगको सत्ता गठबन्धन फेरिएको समाचार बाहिर आए लगत्तै बर्षौ देखि थलिएको सेयर बजारमा सकारात्मक सूचक देखिएको मात्र हैन सर्किट ब्रेक लागेको छ । हिजोको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजार खुलेको ३ मिनेट मै सर्किट ब्रेक लाउनु परेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टा भित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लगाउने गरिन्छ । त्यस पछि खुलेको सेयर बजारमा पुन ५ प्रतिसतले बढेपछि सर्किट ब्रेक लगाइयो। त्यसपछि पुन खुलेको बजारमा ६ प्रतिसतले वृद्धि भएपछी तेस्रो पटक सर्किट ब्रेक लगाएर आजलाई स्थगित भएको थियो।
यसरि वृद्धि बहेको नेप्से इन्डेक्स ११७.७ अंकले वृद्धि हुदै २०७८ पुगेर बजार स्थगित भएको थियो।
बर्षमान पुन अर्थ मंत्री हुने आकलनका बिच सेयर कोरोबारमा वृद्धि भएको हल्ला छ भने एमालेका बिष्णु पौडेल अर्थमन्त्री हुने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ। तर ललितानिबास जस्ता प्रकरणमा बिबादित देखिएकाले एमालेको प्रस्तावलाई प्रचण्डले नस्विकार्ने बताइन्छ।