अहिले सम्मको घटनाहरु हेर्दा नया सरकार पुनर्गठन गर्न प्रचण्डलाई पनि उत्ति सहज छैन। गृह सहित उप प्रधानन्त्री पाउनलाई लगातार अड्डी राखेका रास्वपाका सभापति रबि लामिछानेलाई कसरि चित्त बुझाइन्छ हेर्ने बाकि छ। रास्वपाले भने कम्तिमा ४ वटा मंत्रीमा दाबि गर्दै आएको छ । जसपाले अहिले सम्म कसलाई मन्त्रि बनाउने भन्ने टुंगो लगाउन सकेको छैन , जानकारहरुका अनुसार उपेन्द्र यादब आफै पनि मंत्री बन्ने योजनामा रहेका छन्। सरकार पुनर्गठनको बिषयमा अहिले भर्खरै प्रधानमन्त्री प्रचण्डले रास्ट्रपति राम चन्द्र पौडेललाई सितलनिबास गएर जानकारी गराई सकेका छन्।
कांग्रेस संगको गठबन्धन टुटेपछि -माओबादीकै नेतृत्वमा एमाले , रास्वपा र जसपा सहभागी प्रचण्ड नेतृत्वको नया सरकारको सत्ता गठबन्धन बनिसक्दा र पहिलो चरणको मंत्री मण्डलका लागि माओबादि बाट हित बहादुर तामाङ्ग , एमाले बाट पदम गिरि र रास्वपा बाट डिपि अर्याललाइ बिना विभागीय मंत्री बनाउने सहमति भैसक्दा समेत कांग्रेसका मन्त्रीहरुले राजिनामा नदिने घोसणा गरेका छन्।
यस संबन्धमा नेपालि कांग्रेसका उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले भनेका छन् – हामि कांग्रेस बाट मंत्री भएका कसैले पनि आफ्नो पदबाट कुनै हालतमा राजिनामा दिने छैनौ। जे गर्छन प्रधानमन्त्रीले गरुन।
नेपालको शान्ति प्रक्रियालाई पुरा गर्ने कार्यभार समेत प्रधानमन्त्री कै थाप्लोमा रहने नै भयो। त्यस माथि यो कार्यलाई गिजोल्न कांग्रेसले खेल खेलेको बिषयहरु पनि बाहिर आएका थिए। त्यसो त् एमाले र राजाबादीले पनि नेपालको शान्तिप्रक्रियालाई निरुपण गर्न चाहन्छन भन्ने देखिएको छैन। यसो हुदा हुदै प्रचण्डले के कति प्रयास गरे ? ककसले केके बार्गेनिङ्ग भए भन्ने कुरा पनि उत्तिकै महत्वपुर्ण छ।
तर जे होस् कांग्रेसले आफ्नो तर्फबाट सरकारमा पठाएका बिबादित मन्त्रीहरु परिवर्तन गर्न प्रधामन्त्री प्रचण्डले कांग्रेस संग पटक पटक प्रस्ताब गरेका समाचारहरु आए। तर पनि स्थितिमा कुनै सुधार नआएको माओबादि स्रोतको भनाइ रहदै आएको छ। नया सत्ता गठबन्धनले यो समस्यालाई साच्चै संबोधन गर्ला त् ? प्रसं भने अनुत्तरित नै देखिन्छ।