death
सिन्धुली, कालो किताब ब्युरो
अब देखि बम्जनको बचाउमा दृढ भएर लाग्ने बताउदै आएका रने तामांङ्गले चलाएको बाइक ट्रयाक्टरमा ठोक्किदा उनको मृत्यु भएको छ। रौतहट तर्फबाट सिन्धुलीको डकाहा तर्फ आउदै गरेका रने र उनका अर्का साथि २ वटा बाइकमा कुरा गर्दै आउदै गर्दा यता भिमान तर्फबाट जादै गरेको ट्राक्टर संग ठक्कर खाँदा दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा परि ६३ बर्षीय रने तामांग सख्त घाइते भए भने उनि संगै अर्को मोटर साइकलमा आउदै गरेका व्यक्ति भने सामान्य घाइते भएका थिए। साझको करिव ७ बजेर ४५ मिनेटमा उक्त घटना भएको थियो भने उपचारका क्रममा ८:३0 बजे तामांगको सिन्धुली अस्पतालमा मृत्यु भएको थियो।
ट्राक्टर चालक चाही पुस्पलाल अधिकारि थिए। ट्राक्ट्रर चालकलाई प्रहरीले भिमानमा पक्राउ गरि नियन्त्रणमा लिएको थियो। अहिले सम्मको अनुसन्धानमा कुनै रहस्य र षणयन्त्रको संकेत नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका उपरीक्षक राज कुमार सिलवालले कालो किताबलाई बताए।
राम लाल बम्जनको आश्रममा बलात्कृत, बेपत्ता र हत्या सहितका भनिएका मानिसहरुको घटनाको अनुसन्धान जारि छ। यस घटनाका एक जना पिडित गगामाया तामांगका बाबु रने मोक्तान तामांगको हिजो २०८० माघ ९ गते सबारी दुर्घटनामा परि मृत्यु भएको छ। २०८० माघ ६ गते बम्जनको बोधी आश्रम ललितपुरले गरेको पत्रकार सम्मेलनमा रने तामांगले आफ्नी छोरीको न्यायको लागि कुनै कसर बाकि नराख्ने भनेका थिए। तर यस बेला उनको समेत मृत्यु भएको छ। रहस्यमय कुरा त् यो छ कि उक्त पत्रकार सम्मेलनमा रने मोक्तानले आफ्नै छोरि बिरुद्ध कसुर गरेको भनिएका बम्जनको पक्षमा अभिव्यक्ति दिएका थिए भने उनको भनाइमा दुबिधा र केहि भित्री रहस्य लुकाएर बोलेको या कुनै प्रभावमा परेर बोलेको हुन् सक्ने संकेत पनि देखिने खालको हाउभाउ , बोलि र आकृति देखिन्थ्यो।