kalo kitab
इन्डियाको गणतन्त्र दिबश, नेपालमा उल्लास पक्ष बोलि नसक्दै प्रतिरोध पक्षको यस्तो पत्र सार्वजनिक। जनवरी २६ बिशेष
इन्डियाले हरेक बर्ष जस्तै जनवरी २६ मा आज यस पटक पनि उसको गणतन्त्र दिबसको बढाइमा उल्लास मनाइ रहेको छ। इन्डिया भन्दा एक कदम अगाडी जनवरी २५ कै दिन नेपालमा बिशेष कार्यक्रम आयोजना गरि इन्डियाको प्रसंसा गरियो भने आज २६ को बिहानै फणिन्द्र नेपालले प्रतिरोधको संदेश सहित बिज्ञप्ति सार्वजनिक गरे।
रिपोर्टर्स नेपालले कार्यक्रमको आयोजना गरेको थियो भने कार्यक्रम संचालन कार्यमा ऋषि धमाला आफै थिए। उक्त कार्यक्रमा ३ जना बक्ताहरुलाइ आमन्त्रित गरिएको थियो। वक्ताका रुपमा एमाले नेता तथा केपी ओलीका बिस्वास पात्र राजन भट्टराइ, कांग्रेस नेता तथा पुर्व राजदुत दिप कुमार उपाध्याय र लोसपाका नेता राजेन्द्र महतोले इन्डियाको प्रसंसामा बोलेका थिए। यता राजेन्द्र महतो र राजन भट्टराइले भने नेपालको कटु आलोचना गर्दै इन्डियाको नायकत्वको प्रसंसा गरेका थिए। तर दिप कुमार उपाध्यायले भने नेपालको बिरोध र निरासाका शब्दले आलोचना नगरी इन्डियाको प्रसंसा मात्र गरेका थिए।
इन्डियाको गणतन्त्र दिबश र नेपाल इन्डिया संबन्ध बिषयक उक्त कार्यक्रमाम नेपालले इन्डिया संग गरेको अपेक्षा, नेपालले भोग्नु परेको अन्याय र इन्डियाको नीतिका कारण अबरोध भएका बिषय संग संबन्धि पत्रकारहरुले राखेको प्रस्नालाई बक्ताहरुले खारेज गर्दै आज प्रसंसा सिवाय अन्य कुरा गर्न नसकिने बताएका थिए। त्यसो हो भने इन्डियाको प्रसंशा गर्न आयोजना गरिएको कार्यक्रममा नेपालको उछितो काड्ने गरि किन भासन गरेको भन्ने प्रस्नालाई पनि बक्ताहरुले खारेज नै गरेका थिए। तर जे हो राजेन्द्र महतोले पत्रकारका हरेक प्रसं सुनेका थिए र जवाफ पनि दिने प्रयास गरेका थिए। तर भट्टराइ भने पत्रकारको प्रस्नालाई खारेज गर्दै मंच बाट बाहिरिएका थिए। उता उपाध्यायले पत्रकारहरुलाई प्रस्न गर्न नै नदिए बाहिरिएका थिए।
रिपोर्टर्स नेपालका अध्यक्ष ऋषि धमलाले पनि प्रसंसा बाहेक देश बिचका समस्या र बिबादका विषयका संबन्धमा प्रस्न गर्दा असन्तुस रहेको संकेत गरेका थिए। आयोजक नै ऋषि धमला भएका कारण पनि उनले बक्ताहरुको चाहनालाई मध्यनजर गरेको पनि हुन् सक्ला।
यसै परिप्रेक्षमा ग्रेटर नेपाल रास्ट्रबादि मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपाल र इन्डिया बीच रहेका केहि विवादित विषयका संबन्धमा आफ्नो आधिकारिक धारणा बनाइयोस भनि ईण्डीन कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई पत्र पठाएका छन्। उनले पठाएको पत्रको नेपालि अनुबाद जस्ताको तस्तै यस्तो छ –
मिति २०२४ जनवरी २६
श्री राहुल गान्धी
सांसद् , लोकसभा
नेता, इन्डियाली राष्ट्रिय काँग्रेस
तथा अध्यक्ष, भारतीय युवा कांगेस
नयाँ दिल्ली, इन्डिया
विषय: सुगौली सन्धिको विषय लोकसभामा उठाइदिने सम्बन्धमा
१• ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सर्वप्रथम तपाईँको राजनीतिक सफलताको कामना गर्दछ र २६ जनवरी २०२४ को इन्डियन रिपब्लिक डेका अवसरमा सम्पूर्ण इन्डियाली जनतालाई बधाई दिँदै मोर्चा १९४७ जुलाई १८ को `इन्डियन इन्डिपेन्डेन्स एक्ट’ र १९५० जुलाई ३१ को नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धिअनुसार १८१६ मार्च ४ को सुगौलीसन्धिबाट गुमेको नेपाली भूमि नेपाललाई फिर्ता भएर पनि इन्डियाले उपनिवेशमा राख्दै आइरहेको दुःखद अध्यायतर्फ तपाईँको ध्यानाकर्षण गर्दछ ।
२• १९४७ अगस्त १५ देखि इन्डियाले स्वतन्त्रता दिवस मनाओस् वा गणतन्त्र दिवस त्यसबाट स्वतन्त्रता, मानवअधिकार र सार्वभौमसत्ताको जसरी हुर्मत काडिएको छ, यो विश्व रङ्गमञ्चको लज्जास्पद घटना बन्दै आइरहेको छ । नेपाली जनता इन्डियाको उपनिवेशमा रहेको एक लाख किलोमिटर भन्दा बढी जमिनको स्वतन्त्रता र त्यो भूमिको नेपालमा शान्तिपूर्ण एकीकरणको प्रतीक्षा गर्दै आइरहेका छन् । इन्डियाली सरकारले विगत ७५ वर्षदेखि नेपाली जनताको धैर्यको परीक्षा लिँदै आइरहेको छ तर यो धैर्यको बाँध अब जुनसुकै बेला टुट्न सक्छ ।
३• गान्धीज्यू ,
सुगौली सन्धि नेपाल र संयुक्त अधिराज्य ग्रेट ब्रिटेनबीच भएको थियो । सो सन्धिअनुसार गुमेका नेपालका भूभागहरू अहिले इन्डिया भनिने पश्चिम बङ्गाल, सिक्किम, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशमा अवस्थित छन् र स्मरणीय के छ भने सुगौली सन्धि यी कुनै पनि राज्यसँग भएको थिएन , त्यसैले यी भूभाग इन्डियाले नेपाललाई फिर्ता गर्नुको कुनै विकल्प छैन । यति गम्भीर विषयलाई लामो समयसम्म अनिर्णीत अवस्थामा राख्नु नेपाल र इन्डिया कसैको पनि हितमा छैन । तसर्थ इन्डियाको संसद् लोकसभामा छलफल र निर्णयका निम्ति सुगौली सन्धिको विषय प्रस्ताव गर्नहुन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईँलाई विशेष आग्रह गर्दछ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ , नेपाल
——————————————–

Original Letter
Mr. Rahul Gandhi
Opposion Leader and Member of Parliament (Lok Sabha)
India
Date: Jan 26,2024
Subject: Request for Consideration of Territorial Matters between Nepal and India
Dear Mr. Rahul Gandhi,
I extend my warm wishes to you on the occasion of Indian Republic Day, celebrating the spirit of democracy and national unity. I hope this letter finds you in good health and high spirits.
On behalf of the Greater Nepal Nationalist Front, I wish to bring to your attention a matter of historical significance and mutual interest between our nations. As per the Indian Independence Act of July 18, 1947, and the Nepal-India Peace and Friendship Treaty of July 31, 1950 India had to return the Nepalese land which was invaded in March 4, 1816 by the British East India Company, there are concerns regarding territories that were meant to be returned to Nepal after the leave of British government from India.
India has occupied more than a hundred thousand square kilometers of Nepalese land as a colony for more than seventy five years. Since then, the Nepalese people have been demonstrating great patience and understanding, awaiting the resolution of the land dispute. However, it is crucial to acknowledge that this patience should not be mistaken for weakness.
The Sugauli Treaty, signed by Nepal and British East India Company, clearly outlines the territories now part of India in West Bengal, Sikkim, Bihar, Uttar Pradesh, Uttarakhand, and Himachal Pradesh. It is our belief that a diplomatic resolution, consistent with the principles of justice and historical agreements, is the only way forward.
I respectfully urge you to consider proposing a discussion on the Sugauli Treaty in the Indian Parliament, Lok Sabha. A thoughtful dialogue and decision on this matter will not only contribute to the strengthening of diplomatic ties but also ensure justice for both nations.
Thank you for your attention to this matter, and I appreciate your efforts towards fostering goodwill between Nepal and India. Thank you. Best regards
Sincerely,
Phanindra Nepal
Chairman
Greater Nepal Nationalist Front
Kathmandu, Nepal