Jagman gurung
नेपाल बिदेसिको क्रिडा स्थल बन्दै गएको बस्तुगत धरातल बिर्सिने हो भने केहि छैन । तर यथार्थलाई मनन गर्न नसक्दा देशको हबिगत फेरी पछिल्लो पटक धरान केन्द्र भएर सतहमा आएको छ। धार्मिक अतिबाद र राजनीतिलाइ जब एकअर्काका पर्यायका रुपमा बुझ्दै सोहि अनुसार अबसरबादी राजनीतिको अभ्यास थालनी गरियो यसले नेपाल रास्ट्रको स्वाधिनताको अभियानलाई समेत कमजोर बनाउदै गयो । यस्ता अनगिन्ति आरोप र आशंकाका बीच “संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी सहित विश्व हिन्दु महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गर्नुलाई सामाजिक सद्भाव निर्माणको अभियानका रुपमा लिदै सम्मानित गुरुङ , राप्रपा नेता राणा र सहभागीहरुले आफ्ना धारणा राखेका थिए ।
२०८० भदौं १२ काठमाण्डौमा आयोजिक एक कार्यक्रम मार्फत विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी सहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधी सहित सम्मान गरिएको हो । समाजसेवी शोभित उप्रेतीको सकृयतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्धन संघले डा.गुरुङलाई नेपाल ऋषिकोको उपाधी प्रदान गरेको थियो । महासंघले यसलाई अनुमोदन गरेको हो ।
सम्मान ग्रहण गर्दैं डा. गुरुङले ७७ बर्ष पछि पुन न्वरान गरिदिएको भन्दैं महासंघ प्रति आभार प्रकट गर्नु भयो । उहाँले आगामी जीवन सामाजिक कल्याणमा लाग्ने बताउनु भयो । उहाँको भनाई छ “ विश्व हिन्दु महाँसंघले ७७ बर्ष पछि पुन न्वारान गरिदिएको छ । अव बाँकी जीवन सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न लागाउने छु “ उहाँले धर्म संस्कृतिको व्याख्या विश्लेषण र सहित राष्ट्रको हितका लागि लाग्ने बताउनु भयो । डा. गुरुङले नेपालको सदभाव कायम राख्न र्याली भन्दा पनि धर्म र सस्कृतिको व्याख्या गर्ने बेला आएको बताउनु भयो । नेपाल अध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचत भएको भन्दैं त्यसको अध्ययनमा लागउन सुझाव दिनु भयो ।
कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमसेर जवराले भगवान सिता र शान्तिका बिश्व दुत्त गौतम वुद्धको देश भएको भन्दैं नेपालको सदभावलाई कसैले खलल पुर्याउन नसक्ने बताउनु भयो । धार्मिक रुपमा एकता भौगोलीक रुपमा विविदता भएको स्वर्ग भुमिका ठूला दलले भष्ट्राचार घुस खोरीले दुसीत पार्न खोजेको भन्दैं आक्रोष व्यक्त गर्नु भयो । उहाँले नेपालको सदभावनामा कसैले खलल गर्न नसक्ने पनि दावी गर्नु भयो । उहाँले भन्नु भयो “मेरै कलिकस्स भनौं ठूला पार्टीले भष्ट्राचार र घुस खोरीले दुशीत बनाएका छन् । तर माता सिता र वुद्धको देशमा जती गरेपनि यहाँको सदभाव खलल गर्न सक्दैन ।‘”
सोही कार्यक्रममा विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु अर्यालले नेपाललमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयत्न भएको भन्दैं त्यसलाई रोक्न सवै लाग्नु पर्ने धारणा राख्नु भयो । धरानमा भएको गौ हत्या र मन्दिर अघि चर्च निर्माण भएको विषय उल्लेख गर्दैं गोरु काटेर खानेले माफी गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो “ गोरु काटेर खानेले माफी नमागी माफी दिन सकिदैन, पहिला उनीहरुले माफी माग्नु पर्छ । धर्मको प्रतिकको रुपमा रहेको गोरु काटेर खानेको कडा प्रतिवाद गर्नु पर्छ “ नेपाललाई धर्म निरपेक्ष घोषणा गर्न अनेकौ राजनीतिक खेल भएको भन्दै विश्व हिन्दु महासंघले हिन्दु राष्ट्रका लागि लाग्नेलाई सहयोग गर्ने प्रतिवद्दता समेत जनाउनु भयो ।
कार्यक्रममा सहभागि बक्ताहरुले सामाजिक सदभाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने काम भएको भन्दैं त्यसको विरुद्धमा ऐकेवद्दता जनाएका छन् । जैन सेवा समिति, कृष्ण प्रणामी सेवा समिति, विभिन्न मठ मन्दिरका मठाधिसहरुले ऐकेवद्दता जनाएका थिए ।
तर दुर्भाग्य धार्मिक हिन्दु, क्रिस्चियन अतिबादी र मंगोल अर्गनाइजेसनका जातिबादीहरुको गतिविधिले नेपालको शान्ति, बिकाशको दिशा भत्काउने र राजनैतिक स्थायित्व भंग गरि बिदेसी प्रभाव बिस्तार गर्ने गरि परिचालित भएको भन्दै आलोचना हुदै आएको छ भने सम्बद्ध समुहहरुको विभिन्न घटनाक्रमको उल्लेखित आरोपलाई थप बल पुर्याएको बताईन्छ। यधपी यस्तो विग्रहको स्थिति खडा गर्न क्रिस्चियन धर्म विस्तारका लागि सम्बद्ध व्यक्ति समुदायहरु अझ अगाडि रहदै खटिने गरेको समेत आरोप छ । जे होस् देशको बिकाश, स्थायित्व, आत्मनिर्भरता र स्वाधिनतालाई केन्द्रमा राखेर जसले जे गरे पनि नेपालीको हित हुने छ भने अन्यथा तमाम आरोपहरु पुस्टि भएको ठान्न सकिएला।