नेपालमा हालै भएको राजावादीहरूको उग्र प्रदर्शनले देशभर तनावको स्थिति सिर्जना गरेको छ। काठमाडौंको तीनकुने क्षेत्रबाट सुरु भएको यो प्रदर्शन हिंसात्मक बन्दै गएपछि जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कारखानामा आगजनी भएको छ। यो कारखाना नेपालको एकमात्र सरकारी औषधि उत्पादन गर्ने संस्था हो, र यसको क्षतिले औषधि क्षेत्रमा ठूलो संकट निम्त्याउन सक्छ। प्रदर्शनकारीहरूले कारखानामा आगो लगाउनुका साथै त्यहाँ रहेका सवारीसाधनहरू पनि जलाइदिएका छन्, जसले स्थिति थप जटिल बनाएको छ।प्रहरीका अनुसार आगो चार घण्टापछि मात्र नियन्त्रणमा आएको थियो, तर हिंसा त्यतिमा रोकिएन। प्रदर्शनकारीहरूले निजी सम्पत्ति, पसल, होटल र सर्वसाधारणका सवारीसाधनमा तोडफोड, लुटपाट र आगजनी गरेका छन्। बियर, ल्यापटप, आइसक्रिमजस्ता सामानहरू लुटिएको विवरण पनि आएको छ। यस्तो अराजकताले सर्वसाधारणको दैनिकीमा ठूलो असर परेको छ। हिंसाको क्रममा एक जना पत्रकारको ज्यान गएको र धेरै घाइते भएको खबरले यो घटनाको गम्भीरता झनै बढाएको छ।स्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ, र प्रभावित क्षेत्रहरूमा कर्फ्यु जारी गरिएको छ। यो हिंसाले देशको आर्थिक र सामाजिक अवस्थालाई गम्भीर क्षति पुर्याएको छ। जडीबुटी कारखानाको विनाशले नेपालको औषधि उत्पादनमा भारतसँगको परनिर्भरता बढ्ने चिन्ता व्यक्त गरिएको छ, यद्यपि आगजनी पछाडि कुनै बाह्य शक्तिको संलग्नता भएको दाबीलाई पुष्टि गर्ने ठोस प्रमाण हालसम्म उपलब्ध छैन। यो घटनाले देशको शान्ति र स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ।
हरेक क्षेत्रमा परनिर्भरता छ । अक्सर इण्डियाको । तर देशको एक मात्र सरकारी औषधि उत्पादन गर्ने जडिबुटीको कारखाना राजाबादिहरुले जलाईदिए । अब पुर्ण त इण्डिया निर्भर बनाईदए संगै यस्को अर्थ भाजपा र योगिको प्रायोजनको आसंका सम्म पुग्न सक्छ ।
राजाबादिहरुले बियर देखि ल्यापटप र आइसक्रीम सम्म लुटेर लगे कस्तो राजनिती हो? पसल तथा होटलमा खुल्लम खुल्ला लुटपाट मच्चाए गर्नु, त्यसरी गरिएको अपराधको तस्विर लिने पत्रकार माथी आक्रमण गर्नुको कारण के ? एक जना पत्रकारलाई जिउदै जलाएर हत्या गरे । किन अरे भन्दा त्यहा प्रहरी लुकेको आसंका लागेर । यस्को अर्थ यो शहरमा प्रहरी नचाहिने रहेछ? सर्व साधारण जनताको निजि सवारी साधन, घर तथा होटल टोडफोड लुटपाट र त्यस पछि आगजनी गरेर खरानी बनाईदिए ।
अन्तत सरकारले सेना परिचालन गर्यो र आगजनी, लुटपाट र हत्या भएका क्षेत्रमा कर्फ्यु जारी भएको छ ।
यसो त नेपालको राजनिती र अर्थतन्त्र इण्डियाको नियन्त्रण बाहिर जान सकेको छैन । देशलाई यश चंगुलबाट बचाउन एक त कसैले प्रयास गर्दैन र गर्यो भने यसैगरि देश खरानी बनाईन्छ भन्ने कथनिलाई पुस्ट्याउदै देशको एक मात्र सरकारी औषधि उत्पादन गर्ने जडिबुटीको कारखाना राजाबादिहरुले जलाईदिएपछी थप पुष्टि गर्दछ । अब पुर्ण त इण्डिया निर्भर बनाईदए संगै यस्को अर्थ भाजपा र योगिको प्रायोजनको आसंका सम्म पुग्न सक्छ । नेपालको अस्तित्व माथी इण्डियन गिद्धेनजर जो परेको आसंका गरिन्छ ।