प्रचण्डका पुर्व स्वकीय सचिव विकेश श्रेष्ठ चलाएको शेरा दरवार जग्गा प्रकरण संग जोडेर प्रचण्ड माथि प्रसं उठाईएपछि माओबादि असन्तुस्ट बन्दै आएको छ । लगातार मिडिया तताईएपछि प्रचण्डका सल्लाहकार रमेश मल्लले फेस बुकमा यसरि लेखेका छन् –
शेरा दरबारको विषयमा नागरिकमा एक पार्टी पत्रकारको मिसन पत्रकारिताको शृङ्खलाबद्ध समाचारले पुगेनछ, अर्का ‘मूर्धन्य पत्रकार’ज्यूले लोकान्तरमा ‘कथा’ बनाउनुभएछ। हाम्रो पार्टी नेतृत्वको सुशासनको अभियानको डरले भाग्दै सरकार बनाएकाहरूले अध्यक्ष प्रचण्डका विरुद्ध कथा बनाउने कहिँ कतै नपाएपछि पार्टीबाट कोषौं टाढा पुगेका एकजना मित्रलाई कथाको मुख्य पात्र बनाएर हाम्रो पार्टी र नेतृत्व विरुद्ध जसरी विष वमन शुरु गरिएको छ, यो पूरै सत्ताधारीको जालीझेली, कपटी र षड्यन्त्रकारी गतिबिधिको नियोजित प्रपन्च हो भन्ने पुनः स्पष्ट गर्न चाहन्छु।
“शेरा दरबारमा प्रचण्डको कानुनी संलग्नता त देखिदैन” भनेर आफैले लेखिसकेपछि उनले “कथा”को समापन त त्यहीँ गरिसकेका छन तर फेरि उनले कपोकल्पित पात्र र विषयबस्तुको माध्यमबाट भ्रम सिर्जना गर्न ‘कथा’ निर्माण गरेका छन, त्यही नै हो नियोजित षड्यन्त्र। ए दु:खी साथी ! ज्यूँदो मान्छेसङ्ग सिधै लडाइ लड न किन किर्तिशेष आदरणीय सीता आमा र कमरेड प्रकाशको नाममा ‘कथा’ बनाउछौ ?
यो सबैलाई थाहा भएको तथ्य हो कि सीता आमा अध्यक्षको वैचारिक, भौतिक रक्षाको लागि नजिकबाट लड्ने योद्धा भएकैले उहाँले आफ्नो जीवन साथीलाई महान नेता बनाउन र पार्टीलाई क्रान्तिकारी परिवर्तनको हिमायती बनाउन असल सल्लाहकार बन्नु भयो। उहाँले राजनीतिमा पूरै व्यवहारिक पारिवारिक जीवन बाचेर बिदा हुनुभयो। पछिल्लो समयमा जब उहाँ विरामी पर्नुभयो, उहाँको उपचार र आरामको लागि उहाँलाई देशभित्र र बाहिर पनि विभिन्न ठाउँमा लिइयो र जानु भो। के उहाँ जहाँजहाँ जानुभयो, सबै ठाउँमा त्यहाँ विजनेश लिएर जानुभयो भन्न खोजेको हो ? निचताको पराकाष्ठा!
नक्कली कथा बुन्न छोडेर राज्यका स्वतन्त्र अङ्गहरू प्रयोग गरेर शेरा दरबारको सत्य तथ्य छानबिन गर्न भन। दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न भन। हामी चुनौतीकासाथ भन्छौं भोलि माओवादीले नै शेरा दरबारसहितका थुप्रै दरबारको सत्य तथ्य छानबिन गरि दोषी देखिएका जो कोहिलाई कानुनी कठघरामा उभ्याउनेछ। साथै यस्ता षड्यन्त्रको भ्रममा नपरी जमेर प्रतिवाद गर्न सम्पुर्ण सुभेच्छुकहरुमा हार्दिक अपील गर्दछु।