माओबादीलाई नसिध्याई एमालेले आफ्नो भविस्य देख्न सकेन र पुरानो सत्ता गठबन्धन टुट्यो , कम्युनिस्टलाई नासिध्याए सम्म कांग्रेसको राजनीति सकसपूर्ण नै रहने छ। प्रचण्डलाई नासिध्याए सम्म राजाबादी राप्रपाको राजनीति समाप्त प्राय छ। यस कारण गणतन्त्रका पिता ठानिने प्रचण्डको बिरुद्ध यस तहको सणयन्त्र भएको माओबादि स्रोतको पुरानो भनाइ पुस्टि भैसक्यो कि अझै हेर्न बाकि छ ? तर गरिब र दलित अनि सिमान्तकृत जाति समुदाय र बर्गलाइ माओबादिले जसरि राज्यको मुलधारमा ल्यायो , यसले देशको प्रारुप नै परिबर्तन गरिदियो। माओबादि स्रोत भन्छ – अब देशलाई सुसासनको दिशामा होम्नुको विकल्प छैन।
कांग्रेसका बिबादित र भ्रस्टाचारको आरोप खेपेका मन्त्रीहरु हटाउन खोज्दा कांग्रेसले असहमति जनाएको परिणाम साता गटबन्धन नै टुट्न पुगेको छ। आज सम्ममा नया गठबन्धन सहितको सानो मंत्री परिषद गठन हुन् सक्ने बताइएको छ। यस बेला प्रधानमन्त्री निबास बालुवाटारमा बैठक जारि छ।
अब संघिय सरकारमा मात्र हैन प्रदेश सम्मै पदाधिकारीहरुको फेरबदल हुने छ। यसको सबै भन्दा ठुलो र धेरै फाइदा एमालेलाई हुने निश्चित छ। रास्ट्रीय सभाको अध्यक्ष देखि प्रदेशका मंत्री देखि मुख्य मन्त्रीहरु समेत परिवर्तन हुने नै छन्।
३० अर्व भ्रस्टाचार प्रकरण अर्थात कर फ़र्च्योट आयोगको नाममा भएको अनियमितताको मुद्धामा चुडामणि शर्मा सहित तिन जना दोसी देखिएका थिए तर यस प्रकरणका सुत्रधार रहेको भनिएका तत्कालिन अर्थ मंत्री राम सरण महत लाइ नै कांग्रेसले अर्थ मंत्री सिफारिस गरेपछि प्रचण्ड दबाबमै रहेका थिए। प्रधानमन्त्रीले नचाहदा नचाहदै कांग्रेसको असहयोगका कारण खराब मन्त्रीहरुलाई हटाउन सकेका थिएनन। कांग्रेसले सरकारमा पठाएका अन्य मन्त्रीको प्रिस्ठभुमि पनि विभिन्न खराबी र कार्य सम्पादनको स्थिति समेत निरासाजनक रहदा रहदै प्रधानमन्त्रीले हटाउन सकेका थिएनन। यो समेतको कारणले गठबन्धन टुटेको विज्ञहरुको मत रहेको छ। के यो समस्यालाई पछिल्लो गठबन्धनका पार्टिहरुले संबोधन गर्न सक्लान ? अन्यथा फेरी पनि अनिश्चितता देखिन देखिन्छ।
जब कांग्रेशको महासमिति बैठक बाटै आधिकारिक निर्णय गर्दै माओबादि बुरुद्ध भ्रामक र सणयन्त्रको अभियानलाई अघि बढाउने अभिव्यक्तिहरु बाहिर आएका थिए। त्यसो त् जनताको हक अधिकार र प्राप्त उपलब्धिलाई भंग गर्ने सम्मको निर्णय गर्दै कांग्रेसले राप्रपा राजाबादी संग नजिकिने गरि निर्णयहरु समेत गरेपछि माओबादीलाई तरंगित पारेको स्रोतको दाबि छ। त्यसो त् आफ्नो गुटको स्वार्थ पूर्ति र एकले अर्कालाई सिध्याउने रणनीतिमा लागेको कांग्रेसी गुटको संयन्त्रको सिकार भएको गठबन्धन टुट्न पुगेको समेत अनुमान गरिन्छ ।
सत्ता गठबन्धनमा दरार र तुटफ़ुटको कहानी लामै छ। एमालेको माथिल्लो तह सम्म अनुसन्धान पुग्ने सक्ने देखिएको भुटानी प्रकरण अनुसन्धान हुने भएपछी एमालेले सत्ता गठबन्धनको सहमति तोडेको आसंकाका भैरहदा पहिलो गठबन्धनबाट एमाले हटेको थियो। माओबादि स्रोतले भनेको छ – त्यस पछि राजा बादी राप्रपाका धनाढ्य नेता बिक्रम पाण्डेको भ्रस्टाचार बिषय अनुसन्धान हुने भएपछि राप्रपाले पनि साता गठबन्धन छोड्यो। उता रास्वपाका सभापति रबि लामिछानेले नागरिकता तथा पासपोर्ट किर्ते तथा नक्कली कागजात प्रयोग गरेको बिषय अनुसन्धान हुने भएपछि उसले पनि गठबन्धन छोडेको थियो। अन्तत सरकारले रविको मुद्धा तत्काल सहानुभूति देखाएका कारण लामिछानेको विरुद्धका कारवाहीहरु रोकिएका थिए। यसको मतलब कुनैं न कुनै दिन कांग्रेसले ढोका दिने छ र त्यस बेला रास्वपाको सहयोगमा साता गठबन्धन टिकाउनु पर्ने छ भन्ने अनुमान पहिले नै प्रचण्डले गरेको ठानिन्छ।
त्यसो त् एमालेका अध्यक्ष केपी ओलीले सहमति तोडेको भन्दै पहिलो सत्ता गठबन्धन टुट्यो। दोस्रो पटक माओबादि नेतृत्वमा फेरी कांग्रेस सहितका पार्टि संगको गठबन्धनमा सरकार बनेको थियो। यसरि रास्वपा , नेकपा एस , राजाबादी राप्रपा सहितका साता गठबन्धनमा रहेका पार्टिहरुले आफ्नो राजनीतिक स्वार्थलाइ दबाब दिन साता छोडेको माओबादि स्रोत बताउछ। कांग्रेस सहित माओबादि नेतृत्वको यो गठबन्धन सरकार लामै समय टिक्यो। प्रचण्ड नेतृत्वको सरकारमा राजाबादी राप्रपा देखि रबि लामिछानेको पार्टि रास्वपा समेतले सत्ताको स्वाद चाखे। यी तमाम गठबन्धनमा बिना अर्थ सरकारमा गएकाहरु उसैगरी बिना अर्थमा सत्ताबाट बाहिरिएर बक्तब्यबाजीमा अभ्यस्त रहदै आएका थिए।
पछिल्लो समय माओबादि , कांग्रेस , रास्वपा सहितका पार्टिको सत्ता गठबन्धन कायम थियो।
यस कालखण्डमा प्रचण्ड सरकारले ठुला भ्रस्टाचारका फाइलहरु खोल्यो तर तमाम प्रकरणमा सत्ता साझेदार कांग्रेसकै ठुला नेताहरुको संलग्नता देखिएपछि अनुसन्धान प्रभावित भएको भन्दै आरोपहरु लगे भने माओबादीकै नेताहरुले घुमाउरो पाराले स्वीकारेका थिए। त्यसो त् साता गठबन्धनमा रहेको कांग्रेसले माओबादिको सहयोगमा ठुला राजनैतिक सफलता हात पार्यो भने रास्ट्रियसभामा आफ्ना सदस्यहरु जिताउन सफल पनि भयो। तर कांग्रेसले माओबादि बिरुद्ध कोशी प्रदेशमा मतदान गर्यो भने माओबादीलाई कमजोर पार्न अनगिन्ति संयन्त्रहरु गरेका समाचारहरु कांग्रेसका मुर्धन्य र युवा नेताहरुले सार्वजनिक रुपमै स्वीकार्दै अभिव्यक्ति दिएका थिए। यधपी शेर बहादुरको इच्छा भने यो गठबन्धनलाइ निरन्तरता दिने नै रहेको देखिन्ध्यो। तर गगन थापा देखि राजाबादी पोलका कांग्रेसिजनको प्रभावमा यो स्थिति आएको बताईएको छ।
तर आज बन्ने माओबादि नेतृत्वको नया सरकारमा नेकपा एस , नागरिक उन्मुक्ति पार्टि , रास्वपा, मधेसबादी सहितका पार्टिहरु सहभागी हुने बताईएको छ। त्यस पछि कांग्रेसको प्रभावमा नक्कली भुटानी सरणार्थी तस्करी प्रकरणमा अनुसन्धान संकुचित हुदा बचेको भनेर आरोप लागेकी कांग्रेस सभापति शेर बहादुर देउवाकी श्रीमती आरजु राणा , बालकृष्ण खानकी श्रीमती मंजु खाण सहितका संकास्पदका संबन्धमा अनुसनधान हुन् सक्ने बिस्वास गरिएको छ।
आज दिन भरिमा नया सरकारको प्रारुप देखिने छ भने बिगतमा प्रभावित भएर अनुसन्धान रोकिएका काण्डहरुको अझ बृहत खोजबिन हुने छ भने साता गठबन्धनमा आएका नया पार्टिहरु संग सम्बन्धित कुअनि प्रकरणको अनुसन्धान प्रभावित हुन् सक्ने पनि उत्तिकै संभावना हुने आलोचकहरु बताउछन। केहि दिन भित्र यो पनि पुस्टि हुने नै छ – परिणाम के आउने छ।