Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

टिआरसीको मुद्धा टुङ्याउने जिम्मा पनि बालेन सरकारलाई

कालो किताब March 28, 2026 1 minute read
Ekraj Bhandari

टिआरसीको भार अब रवि-बालेनको काँधमा: जनसांस्कृतिक महासंघको विशेष कार्यक्रम

‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’

‘जनताको सप्ट बिद्रोहलाई आत्मसाथ गर्दै राष्ट्रघात विरुद्ध खबरदारी गर्नुपर्छ’

२०८२ चैत ५ गते बिहिबार | काठमाडौं

जनयुद्धकालीन मुद्दाहरूलाई सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) मार्फत हल गर्न प्रचण्डसहितका पुराना दलहरू चुकेको र त्यसको जिम्मेवारी अब रवि–बालेनको काँधमा आएको वक्ताहरूले बताएका छन्। बिहीबार राजधानीको संवाद डबलीमा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले रास्वपा नेतृत्वको सरकारका राम्रा कार्यमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विस्तृत शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्‍याउनुको सट्टा पुराना दलहरू सत्ता र शक्तिको खेलमै समय बिताएको आरोप लगाएका छन्। भण्डारीले जनयुद्धको मुख्य नेतृत्व माओवादी र प्रचण्ड नै गैरजिम्मेवार बन्दा आजको अवस्था आएको जिकिर गरे। उनले चेतावनी दिँदै भने, “रास्वपा नेतृत्वले टिआरसीलाई गम्भीरताका साथ लिनुपर्नेछ र त्यसको जिम्मेवारी रवि र बालेनजीहरूको काँधमा आएको छ।”

“हामी सबैले रास्वपालाई दिएको जनमतको सम्मान गर्नुपर्छ, देश र जनताको हितमा गर्ने हरेक कदमहरूमा साथ पनि दिनुपर्छ, तर उसले पुरानै दलहरूले जस्तै राष्ट्रघात गर्न थाले चुप बस्न हुन्न,” भण्डारीले थपे।

नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य माइला लामाले जेनजी विद्रोहपछि भएको निर्वाचनमा जनताले प्रस्टसँग परिवर्तनको म्याण्डेट दिएको र त्यसलाई नयाँ सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे। लामाले जनयुद्धको रगत र बलिदानमार्फत नै देशमा परिवर्तन आएको बताउँदै नयाँ क्रान्तिकारीहरूसँग सहकार्य गर्न तयार रहेको बताए।

सांस्कृतिक प्रतिरोध दिवस: शहीदहरूप्रति सम्मान
अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीले २०५५ साल चैत्र ५ गते काभ्रेको अनेकोटमा राज्यसत्ताले हत्या गरेका जनकलाकारहरूको सम्झना गरे। उनले च्याङ्बा लामा, चिनिमाया लामा, निर्मला देवकोटा लगायत १७० भन्दा बढी सांस्कृतिक शहीदहरूको बलिदानलाई खेर जान नदिने अठोट व्यक्त गरे।

सो कार्यक्रममा शोभा दुलाल, मुक्तान थोवा, डम्बर थामी, गिलु रातोस, सीता तुम्खेवा लगायतका कविहरूले कविता वाचन गरेका थिए भने कलाकार आरोह नेपाली र रमन थामीले गीत प्रस्तुत गरेका थिए। उनीहरूले कला र साहित्यमार्फत गणतान्त्रिक योद्धाहरूको भावनालाई सम्मान गर्दै नयाँ सत्तालाई खबरदारी गरेका छन्।

About The Author

कालो किताब

कालो किताब ब्युरो

See author's posts

Post navigation

Previous: केपि ओलि र रमेश लेखक मात्र हैन प्रहरी भित्र समेत पक्राउ गरि अनुसन्धान होस- Gen Z Movement Nepal
Next: कालापानी- लिम्पियाधुरामा भारतिय अत्याचारको पक्षमा चीन पनि उभिएपछी त्यस बिरुद्ध अखिल क्रान्तिकारि उभियो

Related Stories

IMG_8644

रामबाबु सुबेदिको “मेरो पुस्तकमा कस्ले लेखिदियो” बोलको बालगित सार्वजनिक

कालो किताब July 28, 2026 0
IMG_20260727_123916

धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।

कालो किताब July 27, 2026 0
images (7)

जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक

कालो किताब July 23, 2026 0

Recent Posts

  • रामबाबु सुबेदिको “मेरो पुस्तकमा कस्ले लेखिदियो” बोलको बालगित सार्वजनिक
  • धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।
  • जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक
  • प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता
  • अनुसन्धानको मर्यादा, प्रहरी नेतृत्व र राज्यको दायित्व: पूर्व DIG हेमन्त मल्ल ठकुरीको दृष्टि- भिडियो

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • रामबाबु सुबेदिको “मेरो पुस्तकमा कस्ले लेखिदियो” बोलको बालगित सार्वजनिक
  • धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।
  • जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक
  • प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता
  • अनुसन्धानको मर्यादा, प्रहरी नेतृत्व र राज्यको दायित्व: पूर्व DIG हेमन्त मल्ल ठकुरीको दृष्टि- भिडियो
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

IMG_8644

रामबाबु सुबेदिको “मेरो पुस्तकमा कस्ले लेखिदियो” बोलको बालगित सार्वजनिक

कालो किताब July 28, 2026 0
IMG_20260727_123916

धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।

कालो किताब July 27, 2026 0
images (7)

जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक

कालो किताब July 23, 2026 0
Snapshot_20260708225748

प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता

कालो किताब July 22, 2026 0

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS News feeds

Recent Posts

  • रामबाबु सुबेदिको “मेरो पुस्तकमा कस्ले लेखिदियो” बोलको बालगित सार्वजनिक
  • धर्मको राजनीतिक दोहन र चेतनाको सङ्कट । चुनौती यस्ता छन् ।
  • जनकपुरबाट सल्काईएको साम्प्रदायिक आगोको गन्तव्य भयानक
  • प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलासँगको विशेष अन्तर्वार्ता
  • अनुसन्धानको मर्यादा, प्रहरी नेतृत्व र राज्यको दायित्व: पूर्व DIG हेमन्त मल्ल ठकुरीको दृष्टि- भिडियो

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.