गोपाल किरातीको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा विलय : आठ वर्षपछि माउ पार्टिमा फर्किए किराती, प्रचण्डसँग तीन बुँदे सहमति
काठमाडौं, ३ नोभेम्बर २०२५ – नेपालको राजनीतिक अस्थिरताको अन्त्य र वामपन्थी शक्तिहरूबीच एकताको प्रयास भन्दै पूर्व माओवादी नेता गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा अहिले आएर नेकपा (माओवादी केन्द्र) मा औपचारिक रूपमा समाहित भएको छ। आठ वर्ष लामो बिभाजित राजनीतिक यात्रापछि किरातीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा फर्कने निर्णय गरेका हुन्। यो घटनाले वाम एकताको नयाँ अध्याय सुरु भएको बताईएछ।
सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका संयोजक प्रचण्ड र मोर्चाका अध्यक्ष किरातीबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा हस्ताक्षर गर्दै किरातीले ‘लाल सलाम’ गर्दै उनले अभिब्यक्ती दिएका थिए – “क्रान्तिलाई पूर्णता दिने र देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूलाई पराजित पारेरै छाड्नेछौं।” यो सहमतिले किरातीको मोर्चालाई माओवादी केन्द्रमा पूर्ण रूपमा विलय गर्ने निर्णय गरेको छ।
असन्तुष्टिबाट बिभाजित परिस्थिती भन्दै एकता
गोपाल किराती माओवादी आन्दोलनका पुराना कमान्डर हुन्। जनयुद्धकालमा पूर्वी नेपालमा माओवादी विस्तारमा महत्वपूर्ण भूमिका खेलेका किराती २००३ मा नेकपा (माओवादी) मा एकीकृत भएका थिए। तर, २०१८ मा माओवादी केन्द्र र नेकपा (एमाले) बीच एकीकरण भई नेकपा गठन हुँदा प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै किराती एकतामा गएनन्
यसपछि किरातीले आफूलाई ‘संस्थापन पार्टी’ दाबी गर्दै आएका थिए । २०१९ मा ‘नेपाली मार्क्सवाद’ लाई जोड दिँदै नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन सम्पन्न गरी आफूलाई अध्यक्ष घोषित गरे। पछि यो दल देशभक्त समाजवादी मोर्चामा रूपान्तरित भयो। तर, यो मोर्चा पनि विभाजित हुँदै गयो। किरातीले विगतमा प्रचण्डको ‘सुधारवादी’ लाइनको आलोचना गर्दै आएका थिए।
हालैको राजनीतिक परिवर्तन – जसमा जेन जेड युवाहरूको आन्दोलनले नेकपा (एमाले) नेतृत्वको सरकार ढालेको थियो। यस्ले समेत किरातीको फर्कने निर्णयलाई प्रभावित पारेको बताईन्छ। सहमति पत्रमा भनिएको छ, “अभूतपूर्व राजनीतिक जोखिमका बीच क्रान्तिकारी शक्तिहरूको एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हो। जनयुद्धकालीन नारा ‘हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने’ नीति अनुसार अगाडि बढ्नेछौं।”
तीन बुँदे सहमतिका मुख्य पक्षहरू
सहमति पत्रमा निम्न बुँदाहरू उल्लेख छन् :
१.वैचारिक तथा राजनीतिक समीक्षा : किरातीले विकास गरेको देशभक्तिपूर्ण समाजवादी लोकतन्त्रको अवधारणालाई माओवादी केन्द्रमा व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने। यसले पहिचान, राष्ट्रियता र समाजवादलाई जोड दिएको छ।
२. राष्ट्रिय संरक्षण र संघर्ष : देशको स्वाधीनता, अखण्डता र प्राकृतिक स्रोतको रक्षा गर्न क्रान्तिकारी शक्तिहरूबीच सहकार्य गर्ने। भ्रष्टाचार र कम्प्राडर पूँजीवादविरुद्ध युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने।
३. पार्टी विलय : किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू माओवादी केन्द्रमा ध्रुवीकृत हुने। मोर्चाका सबै सदस्यहरू माओवादीमा सामाहित हुने।
यो विलयले माओवादी केन्द्रको एकतामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। यसअघि नै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित आठ वाम दलहरूबीच एकीकरणको तयारी भइरहेको थियो। किरातीको प्रवेशले यो संख्या नौ पुगेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रचण्ड संयोजक तथा सह-संयोजक बन्ने सहमति भएको छ। राष्ट्रिय एकता सम्मेलन नोभेम्बर ५ मा हुने बताइएको छ।
राजनीतिक प्रभाव : वाम एकताको नयाँ सन्देश
यो घटनाले नेपालको वाम राजनीतिमा सकारात्मक सन्देश दिएको छ। तर, माओवादीका केही नेताहरूले ‘जनयुद्धको विरासत र विचारधारा लोप हुने’ चिन्ता व्यक्त गरेका छन्। बिछोडमा रहेका किराती समेत फर्कनुले पूर्वी पहाडी क्षेत्रमा माओवादीको प्रभाव बढाउने अपेक्षा छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यो एकताले आगामी निर्वाचनमा वाम शक्तिको बलियो गठबन्धन बन्न सक्छ।
माओवादी केन्द्रका प्रवक्ता जनार्दन शर्माले भने, “यो एकता राष्ट्रिय संकटविरुद्धको ऐतिहासिक कदम भनी आफुले यो एकता अस्विकार गर्ने र युवा पुस्तालाई समाजवादी राज्य निर्माणमा जोड्ने बताएका छन् ।
के यो एकताले वास्तविक परिवर्तन ल्याउन सक्छ, वा पुरानो विभाजनको पुनरावृत्ति मात्र हो ? समयले जवाफ दिनेछ।