डा. युवराज संग्रौला: जीवनदर्शन र सामाजिक न्यायको यात्रा
जीवन एउटा अनवरत शिक्षण हो, जहाँ प्रत्येक पल नयाँ अध्याय बन्छ। पच्चीस वर्षअघि डा. युवराज संग्रौलाले एउटा असम्भवजस्तो सपना देखे—काठमाडौं स्कूल अफ ल (KSL) को स्थापना, जसले नेपालमा विश्वस्तरीय कानुन शिक्षाको जग बसाल्न सफल पनि भयो । यो सपना त्यसबेलाको सामाजिक सन्दर्भमा पागलपनजस्तै थियो। राष्ट्रहित र सामाजिक न्यायप्रतिको समर्पणले उनलाई पारिवारिक, आर्थिक, र भौतिक कठिनाइहरूको पहाडसामु दृढतापुर्वक उभिन उत्प्रेरित गरिरहयो। तर, यी सङ्घर्षहरूले उनको जीवनलाई सार्थक र अर्थपूर्ण नै बनाउन सहयोग गर्यो।
राष्ट्रहितको आगो: “म जल्न चाहन्छु”
“म जल्न चाहन्छु, अझै बल्न चाहन्छु,यसर्थ रास्ट्रीय स्वाधिनता-सुसासन-आत्मनिर्भरता र स्वाभिमानको युद्ध छेड्न चाहन्छु।” डा. संग्रौलाको यो भावात्मक अभिव्यक्ति उनको अटल संकल्पको प्रतीक हो। उनको चाहना नेतृत्व लिनु होइन, बरु सक्षम र बौद्धिक युवा नेतृत्वकर्ताहरूलाई मौलाउन दिनु हो । उनले भनेका छन्, “मलाई नेतृत्व गर्नेहरू मौलाऊन्, ताकि राष्ट्र र समाजको हितमा मेरै सहयात्रीहरूको सङ्ख्या बढोस्।” यो निःस्वार्थ भावनाले उनको जीवनदर्शनलाई उजागर गर्छ।
मानव स्वभावको जटिलता
डा. संग्रौलाले मानव स्वभावलाई तीन प्रकारमा वर्गीकरण गरेका छन्: मूर्खहरू, जसलाई ज्ञानको मूल्य थाहा हुँदैन; स्वार्थीहरू, जसले टाढाको सोच्दैनन्; र सर्जकहरू, जसले जीवनलाई अर्थपूर्ण बनाउँछन्। उनले ड्रग्सको कुलतमा फसेकाहरूलाई सुधार्ने प्रयास गरे, तर धेरैले उनको उदारताको दुरुपयोग गरे र उनै माथी निर्ममता पुर्वक प्रहार गरे । उनको विश्वास बारम्बार टुट्यो, तर असल मनहरूको साथले उनलाई अडिग राखिरहयो । यसर्थ उननलाई जस्ले साथ दिए सबैले मनै देखि सघाए, जस्ले भुमिगत रुपमा आगो लाए निर्ममता पुर्वक जलाए ।
बाँसको धूरी: जीवनको उपमा
बासको धूरी कोही भैंसी कुट्न, कोही तुंग्वा तान्न प्रयोग गर्छन्, तर सर्जकले त्यही धूरीबाट बाँसुरी बनाउँछन्। यो उपमाले मानव स्वभावको विविधता र समाजमा सकारात्मक परिवर्तन ल्याउने सर्जकहरूको कठिन यात्रालाई चित्रण गर्छ। बाँसुरी बनाउनेहरूको बाटो कठिन हुन्छ, तर यही कठिनाइले जीवनलाई मूल्यवान् बनाउँछ।
KSL को सपना र सङ्घर्ष
काठमाडौं स्कूल अफ ल को स्थापना डा. संग्रौलाको सपनामात्र होइन, उनको राष्ट्रहितप्रतिको समर्पणको प्रतीक हो। यो सपनालाई साकार गर्न उनले आर्थिक सङ्कट, पारिवारिक दबाब, र सामाजिक आलोचनाहरूको सामना गरे। उनले करिब दश हजार चारीत्रीक प्रमाणपत्रहरूमा हस्ताक्षर गरे, जसले धेरैको जीवनलाई आधार दियो। तर, केहिक्ल दुराचारी , विश्वासघात र छुरा प्रहारले उनको मनमा चोट पुर्यायो। तथापि, उनको संकल्प अझै अटल छ। यी बिषयलाई उनले जिबनको अभिन्न पाटो मानेका छ्न् ।
सार्वजनिक सेवाको संकल्प
काठमाण्डौँ स्कुल अफ लको शिक्षा प्रशासनबाट बिदा लिए पनि, डा. संग्रौलाको पढाउने बानी रगतमा बसेको छ। यसर्थ उनले आफ्नो जीवन सार्वजनिक सेवामा समर्पित गर्ने संकल्प गरेका छन्। उनको यो यात्रा समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहने हरेक व्यक्तिका लागि प्रेरणादायी छ।
-
संग्रौलाको फेसबुक पोस्ट र कुराकानिको आधारमा ।