
डा. युवराज संग्रौला किन जन्मिए ? के गर्दै छन?
प्रा. डा. युवराज संग्रौला—एक यस्ता बौद्धिक व्यक्तित्व, जसले राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, समानता र नागरिक सर्वोच्चताको संघर्शमै जीवन होमिदिए। उनी कानुनी क्षेत्रमा अन्तरास्ट्रिय पहिचान बनाएका एक निडर योद्धा, विभेद, अन्यायका कट्टर विरोधी, बिभेदकारी गोर्खा भर्ती बिरुद्ध न्यायका सशक्त वकालतकर्ता, अग्रगमनका पक्षपाती, अध्यता,खोजकर्ता तथा लेखक संग्रौला बिस्व इतिहासमा गहिरो जानकार हुन्। उनको बहुआयामिक व्यक्तित्व र संघर्षले उनलाई राष्ट्रको स्वाभिमान रक्षा गर्ने एक महामानवको रूपमा उभ्याएको छ, तर दुखको कुरा, धेरै नेपालीले उनको योगदानको उचित सम्मान र मूल्यांकन गर्न बाँकी नै छ।
राष्ट्रियताप्रतिको अटल समर्पण
डा. संग्रौलाले आफ्नो जीवनभर नेपालिको स्वाभिमान वृद्धि, नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्न मै संघर्ष गरिरहे । सुगौली सन्धि (१८१६) देखि १९५० को सन्धि, कोशी-गन्डक सम्झौता, महाकाली सन्धि र एमसिसिसम्मका घटनाहरूको गहिरो विश्लेषण गर्दै उनले नेपालमाथिको विदेशी हस्तक्षेप र भारतीय हेपाहा दृष्टिकोणविरुद्ध सधैं बुललन्द आवाज उठाउदै आएका छन। साउथ एसियन युनिभर्सिटीको गभर्निङ कमिटीमा भारतको एकलौटी दाबी अस्वीकार गर्दा होस या २०१६ मा राजस्थान युनिभर्सिटीमा इण्डियन दुसित दृष्टिकोण बिरुद्ध नेपालको ऐतिहासिक गौरवको तर्क राख्दा उनले नेपाली स्वाभिमानलाई विश्वसामु उभ्याए र ती बिदेसिलाई झुकाउदै आफ्नो बौद्धिकता पेस गरे । उनको भनाइ, “नेपाल र भारत दाजुभाइ होइन, असल छिमेकी र मित्र हुन्।” यो भनाईलाई पुस्ट्याउन पेस गरेका तथ्य र तर्कले उनको कूटनीतिक क्षमता, बौद्धिकता र तार्किक कुसलता अनि स्वतन्त्र र स्वाभिमानी चेतलाई प्रष्ट पार्छ।
किरात सभ्यताका संबन्धमा उनी भन्छन, “किरात जात होइन, सभ्यता हो, र यो सबै नेपालीको साझा पहिचान हो।” उनले नेपाललाई छ सभ्यता (किरात, सिंजा, मगरात, नेवा, मिथिला, थारु) र बुद्धमार्गको शान्तिको देशका रूपमा परिभाषित गरेका छन, जसले नेपाली एकताको सन्देश प्रवाह गरे।
आत्मनिर्भरता र नवउदारवादविरुद्धको लडाइँ
डा. संग्रौलाले नेपालको आत्मनिर्भरतामाथि नवउदारवाद र विदेशी दातृ संस्थाहरूको प्रहारलाई आफ्ना लेखन र वकालतबाट उजागर गर्दै आएका छन। नेपालको सामन्ती सत्ताले जनतालाई अशिक्षा, गरिबी, आज्ञानताको कुण्डामा होमेरै भएपनी दुनियालाई अनुदान दिने रास्ट्रका रुपमा उभ्याएको थियो। उनको पुस्तक “राइट टु ह्याभ राइट्स” मा २०४६ अघि नेपाल खाद्यान्नमा आत्मनिर्भर रहेको र चामल निर्यात गर्ने देश भएको तथ्य प्रस्तुत गर्दै उनले नवउदारवादले किसानको अधिकार खोसेको भनेका छन। “किसानले लगानी उठाउनमै संघर्श गर्नु परेको छ, नाफा त परको कुरा भयो,” भन्दै युरिया-बीउको कालाबजारी र शोषण र कमिसनखोर विरुद्ध लड्नुपर्नेमा जोड दिन्छन्।
२०२४ मा सिड्नी विश्वविद्यालयका विद्यार्थीहरूसँग मेलम्चीमा भएको छलफलमा उनले यो मुद्दालाई थप प्रष्ट पारेका थिए।
कानुनी क्षेत्रमा विश्वव्यापी पहिचान
कानुनी क्षेत्रमा डा. संग्रौलाको योगदान विश्वमै प्रख्यात छ। २०४३ मा शिक्षण सुरु गरी २००४ मा काठमाडौं स्कुल अफ ल स्थापना गरेर उनले नेपालमा आधुनिक कानुनी शिक्षाको जग बसाले। परालको छाप्रोबाट सुरु भएको यो संस्थालाई सहकारीबाट १८ लाख ऋण र एक ब्रिटिश गोर्खा सैनिकको सुमो जीपबाट टुरिस्ट बोकेर कमाएको पैसाले उभ्याए। सात वर्षसम्म तलब नलिई उनले यो संस्थालाई देशको गौरव बनाए। उनले लेखेका दर्जनौं पुस्तकहरू—जस्तै “एक्सप्लोरिङ एसिया: कन्सेप्ट्स एन्ड कन्टेक्स्ट”, “राइट टु ह्याभ राइट्स”, “जुरिसप्रुडेन्स: द फिलोसोफी अफ ल”, र “क्रिमिनल जस्टिस सिस्टम”—ले उनको बौद्धिक गहिराइ र विश्वव्यापी प्रभाव देखाउँछ।
जर्जटाउन ल सेन्टर (१९८५) मा पश्चिमी संस्कृतिको आलोचनात्मक अध्ययन, मस्को (२००८) मा श्रमको सम्मान, र रेनमिन युनिभर्सिटी (२०१६) मा चिनियाँ विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै उनले नेपाल-चीनको १६०० वर्षको सांस्कृतिक सम्बन्ध खोजे। चिनियाँ परिवारले उनलाई “बाबु” भन्दै सम्मान गर्दा र “चिनमा बुद्ध धर्म नेपालबाटै गयो” भन्ने तथ्य उजागर गर्दा उनको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बन्यो।
गोर्खा भर्ती न्याय र इतिहासको ज्ञान
डा. संग्रौलाले गोर्खा भर्तीको शोषणविरुद्ध सधैं आवाज उठाए। उनले गोर्खा सैनिकको इतिहास, शोषण र उनीहरूको अधिकारको रक्षा गर्नुपर्ने मुद्दालाई विश्वमाझ पुर्याए। नेपालको इतिहासमा गहिरो ज्ञान राख्ने उनले पश्चिमी र भारतीय “ओरियेन्टलिजम” को रंगभेदी चिन्तनविरुद्ध लड्दै नेपाललाई दक्षिण एसियाको पहिलो र पुरानो देशका रूपमा परिभाषित गरे। उनको यो बौद्धिक योगदानले नेपाली पहिचानलाई विश्वसामु उभ्याएको छ।
समानता र नागरिक सर्वोच्चताको वकालत
समानताका प्रतीक र नागरिक सर्वोच्चताका ओकलतकर्ता डा. संग्रौलाले सधैं विभेद र प्रतिगमनविरुद्ध लडाइँ लडे। उनले सामाजिक न्याय, पारिवारिक एकता, र शिक्षा मार्फत देशप्रेमको सन्देश बाडे। आफ्ना छोरीहरूलाई विदेशमा पढाएर फर्कन प्रेरित गर्दै उनले भने, “पढाइ सकेर देश फर्क, यहाँ सबै थोक नभए पनि गौरवपूर्ण इतिहास र आफन्त छन्।”
षड्यन्त्र र चुनौतीहरू
राष्ट्रवादी सोच र निर्भीकताले डा. संग्रौलालाई सामन्ती शासक, कुलीन अभिजात बर्गिय शासनका हिमायति र सत्ताधारीहरूको निशानामा पार्यो। काठमाडौं स्कुल अफ ललाई सिध्याउन चन्दा माग्ने, आगजनीको धम्की, र राजनीतिक षड्यन्त्र भए। यी षड्यन्त्रमा पुर्व बिध्यार्थिको आवरणमा युबति परिचालन गरेर सिध्याउने खेल पनि भए, जुन कुर स्वयमको अभिब्यक्तिले पुस्ट्यौउथ्यो। भारतको हेपाहा हर्कतपूर्ण व्यवहार र विदेशी प्रभावविरुद्ध उनको अडानले उनको प्रतिस्ठा बढेपनी जोगाई राख्न चुनौतीहरू थपिएका छन।
सन्देश र योगदान
डा. संग्रौलाको सन्देश स्पष्ट छ—”नेपाल गरीब छैन, हाम्रा नेताको सोच गरीब छ।” उनले नेपालको धनी इतिहास, सभ्यता, र बुद्धमार्गको शान्तिलाई विश्वसामु उभ्याए। “हाम्रो संस्कृति र पहिचानलाई अँगाल्नुपर्छ,” भन्दै उनले आत्मनिर्भरता र एकताको बाटो देखाए। उनका पुस्तकहरू र बौद्धिक योगदानले नयाँ पुस्तालाई स्वाभिमानी र राष्ट्रवादी बन्न प्रेरित गर्छ। उनले हरेक नेपालीलाई आफ्नो देशप्रति गर्व गर्न र विदेशी हस्तक्षेपविरुद्ध लड्न प्रेरणा गर्दै आए।
संग्रौलाको भित्री पाटो
वि.सं. २०१६ (सन् १९६०) मा पाँचथर जिल्लामा जन्मनु भएका डा. युवराज संग्रौलाले सन् १९८६ मा भारतको पटना विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गर्नुभई सन् २००७ मा दिल्ली विश्वविद्यालयबाट ‘नेपालको फौजदारी न्याय प्रणाली’ मा विद्यावारिधि गर्नु भएको छ । उहाँले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नेपालमा पहिलो कानुन क्याम्पसको रूपमा काठमाडौं स्कुल अफ ल को स्थापना गर्नुभयो । उहाँ यस क्याम्पसको संस्थापक निर्देशक हुनुहुन्छ र हाल प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । साथै उहाँ कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को वरिष्ठ सल्लाहकार, दक्षिण एसियाली ल स्कुल फोरमको संस्थापक सचिव र पूर्वाञ्चल विश्वविद्यालयको फ्याकल्टी बोर्डको सदस्य हुनुहुन्छ ।
अनुभवः
१. अध्यापन, त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस, सन् १९८६ देखि २००१ सम्म,
२. निर्देशक, व्यावहारिक कानुनी शिक्षा, सन् १९९२ देखि १९९६ सम्म,
३. सहजकर्ता, त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह, कानुनशास्त्र विभाग,
४. कार्यकारी सम्पादक, नेपाल बार एसोसिएसनद्वारा प्रकाशित मासिक न्यायदूत, सन् १९९१ देखि १९९३ सम्म,
५. निर्वाचित सदस्य र सहजकर्ता, फौजदारी न्याय शैक्षिक समितिको केन्द्रीय कार्यकारी समिति, सन् १९९७ देखि २००० सम्म,
६. वैकल्पिक सल्लाहकार, नेपालबार एसोसिएसन ल एसिया, सन् २००० देखि हालसम्म,
७. सदस्य, मानव बेचबिखनविरुद्ध सतर्कता समिति,
८. अनुसन्धानकर्ता, मानवअधिकारका लागि डेनिस संस्था, सन् २००१,
९. राष्ट्रिय सल्लाहकार, नेपालमान्यायिक योजनाको लागि पञ्चवर्षीय रणनीतिक कार्ययोजनाको विकास, मानव अधिकारका लागि डेनिस संस्था,
१०. अध्यक्ष, नेपाल सरकार सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्यदल, २०६५ ।
पुरस्कारहरूः
१. यौन शोषणविरुद्ध महिला तथा बालबालिका बेचबिखन रोकथाममा समर्पित भए वापत असल नागरिक पुरस्कार, सन् २०००,
२. कानुन न्याय तथा मानवअधिकारको क्षेत्रमा प्रशंसनीय कार्य गरेवापत राष्ट्रिय युवा पुरस्कार, सन् १९९९,
३. वृद्ध तथा असहायहरूको लागि कानुनी सहायता र मानव अधिकारको लागि समर्पित भएवापत असोका फाउन्डेसन वासिङ्टनबाट असोका फेलोसिप पुरस्कार, सन् १९९८,
४. नेपालमा कानुनी शिक्षा र न्यायका लागि पुर्यायाएको योगदानको लागि नेपाल जेसिस युवा पुरस्कार, सन् २००२,
५. समुदाय र मानव अधिकारको सम्बन्धमा योगदान पुर्याएवापत अमेरिका बायोग्राफिकल इन्स्टिच्युटबाट वर्ष पुरुष, सन् २००३ आदि छन ।
डा. संग्रौलाको त्याग, समर्पण र बौद्धिक यात्राले उनलाई राष्ट्रको स्वाभिमान रक्षा गर्ने एक महामानव बनाएको उनी ठान्दैनन। उनी भन्छन – “मैले जे गरे यो त हरेक नेपालिको कर्तब्य हो, आफ्नो ठाउबाट सबै नेपालिले कर्म गरिरहेकै छन। म पनि त त्यही मध्यको एक नेपाली हुँ।”
डा.संग्रौलाका पुस्तकहरु
कानुनशास्त्र तथा कानुनका सिद्धान्त, २०६३; condemned to exploitation: trafficking in women and girls, 2001; criminal justice system 2018; human rights training manual, 2001 (co-authored); gender and laws: nepalese perspective, 2002 (co-authored); nepalese legal system: human rights perspective, 2005; concepts and evolution of human rights: nepalese perspective, 2005; संविधानसभा, २०६३; एक्सप्लोरिङ एसिया: कन्सेप्ट्स एन्ड कन्टेक्स्ट; राइट टु ह्याभ राइट्स; क्रिमिनल जस्टिस सिस्टम; जुरिसप्रुडेन्स: द फिलोसोफी अफ ल; जियो-स्ट्राटेजिक च्यालेन्जेस टु नेपाल्स फरेन पोलिसी एन्ड वे फरवार्ड; कम्पेन्स एन्ड इभोलुसन अफ ह्युमन राइट्स: नेपाल पर्स्पेक्टिभ; द थ्योरिज अफ लजिक विद एम्फासिस अन ओरिएन्टल पर्स्पेक्टिभ; साउथ एसिया चाइना जियोइकोनोमिक्स; उपनिवेशको यात्रा; मेरो दृष्टिकोण। पुस्तकको लिङ्क यहाँ उपलब्ध छ – https://yubarajsangroula.com.np/publications/