Credit-नेपाल प्रहरी
नेपाल,
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर मध्य रातमा गएको विनासकारी भूकम्पबाट भयानक जनधनको क्षति भएको छ । हिजो राति ११ बजेर ४७ मिनेट जादा ६ दशमलब ४ रेक्टर स्केलको भुकम्प गएको थियो। त्यस पछि बिहानको ४ बजेर १६ मिनेट जादा सम्म थप ४ वटा परकम्पहरु गएका थिए। मध्यरातमा भुकम्प गएका कारण मानबिय क्षति अत्यधिक हुन् पुग्यो। यस भूकम्पका कारण घरहरु भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी डेढसय भन्दा बढि मानिसको ज्यान गएको आसंका गरिएको छ। जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको भनाइ छ ।
भूकम्पका कारण हजारौ घरहरु भत्किएका छन् । सम्पूर्ण बिबरणहरु प्राप्त भै नसके पनि सरकारले राहत तथा उद्धारमा सम्पूर्ण शक्ति लगाएको बताएको छ। जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको बताइएको छ भने जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंह सहित ५० जनाभन्दा धेरैको ज्यान गएको समाचार सार्वजनिक भएको छ।
रुकुम पश्चिममा २७ जनाको ज्यान गएको पुस्टि भै सकेको छ भने करिव २ सय जना जनाभन्दा धेरै घाइते भएका छन् । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । जाजरकोट र रुकुम पश्चिमका अधिकांश घरगोठहरु भत्किएका कारण अत्यधिक धन जनाको क्षति भएको हो।
रातिदेखि नै खोज तथा उद्धारको काम सुरु गरिएको भनिए भूगोलको कठिनाइ र स्रोत साधनको सीमितताका कारण पिडितले महसुस गर्न सकेनन्। अहिले घाइतेहरुलाई अस्पताल पठाउने र प्रभावित क्षेत्रमा प्रहरी तथा स्वास्थ्यकर्मी पठाउने काम पनि भइरहेको बताइएको छ । सडक भएका ठाउँमा भूकम्पपछि पहिरो जाँदा अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको छ भने सडक नै नभएका क्षेत्र पुग्न झनै कठिनाइ रहने देखिएको छ।
२०७२ सालको विनासकारी भूकम्पलाई बिर्स्याउने गरिको भुकम्प जसले कतिजनाको ज्यान लियो ? कति धनजनको क्षति गरायो भन्ने यकिन तथ्यांक संकलन हुन् अझै केहि समय लाग्ने छ। गरिब देश, भ्रस्ट मानसिकता र ढिला सुस्ती मात्र हैन जवाफदेहिताको कमि नै यो देशको पहिचान बनेको छ। भुकम्प मापन केन्द्र बिचरा, उसलाई यो देशको नक्सा कस्तो छ र बर्तमान नेपालको क्षेत्र कहा सम्म पर्दछ भन्ने नै थाहाछैन, त्यसोत नेपाल सरकारका मुख्य सचिब र केद्रीय बिबरण राखेन, अधययन, नियमन, अनुगमन कस्ता कार्यमा लागेका भनिएका हजारौ अधिकारिहरुको ज्ञान र चेतना कति दयनिय रहेछ भन्ने बुझ्न यो नक्सा हेर्नुहोस। यो नक्सामा लिम्पियाह्धुरा र लिपुलेख नै छैन। यति सामान्य हेक्का नहुनु नालायकीपन मात्र हैन घिनलाग्दो अपराधको प्रमाण ठान्न सकिन्छ। के यति सामान्य ग्यान नभएका नालायकी चरित्रका अधिकारीहरुले आजको नेपालको आबस्यकता संबोधन गर्न सक्लान ? अबस्य अयोग्य छन्। यस्ता योग्यहरुलाई दण्डित गरि बर्खास्ती दिने हो भने नेपालका ४ तिहाइ कर्मचारी निकमा प्रमाणित हुन् सक्ने कालो किताबको अनुभव रहेकोछ। यो बिषयले उनीहरुको अज्ञानता, हेलचेक्राइ र असक्षमता झलकाएको छैन र ? ४ वर्ष अगाडी नै पुन प्रचलनमा ल्याइएको नेपालको नक्सा बारे ज्ञान नहुनु अयोज्ञताको निक्रिस्ट नमुना हो। यसका कार्य र हर्कतलाई दण्डित गर्ने कार्य कहिले थालनी होला !






