नेपालको राजनीतिक इतिहास र वर्तमान चुनौतीहरू
नेपालको इतिहास सामन्ती लुट र कुलीनतन्त्रको कालो कथाले भरिएको छ। राणाहरूले देशलाई आफ्नो निजी सम्पत्ति बनाए, जनताको रगत–पसिनामाथि रजाइँ गरे। शाह राजाहरू, विशेष गरी ग्यानेन्द्र, यही सामन्ती जालोका मसिहा बने। नारायणहिटी हत्याकाण्ड (जेठ १९, २०५८) पछि ग्यानेन्द्रले सत्ताको अवसरवादी र नरहत्याको खेल रचे, जम्मा १५ रोपनी सरकारी जग्गा हत्याउन चोलेन्द्र राणा संग भुमिगत धन्दाको रन्दा चलाए । देशलाई अँध्यारो युगमा धकेल्न उद्दत रहे । राप्रपा, पञ्चायतको अवशेष, ग्यानेन्द्रको तानाशाही टिकाउन सेना–प्रहरीको दुरुपयोग गर्दै दमनमा उत्रिए ।
जनताको स्वर कुण्ठित पार्न रक्तपात मच्चायो, सामन्ती–कुलीन स्वार्थको निम्ति देशलाई बन्धक बनायो। त्यसबेला राजा र राप्रपाका सेनाको गोली खाएर मारिएका जनताको परिवारले आज के भनिरहेको होला। हुन त बहुदलीय राजतन्त्रकालीन दमनमा राप्रपाका पञ्चहरू मात्र होइन, एमाले र कांग्रेस पनि सहभागी थिए।
आफूहरू राप्रपा जस्तो सामन्ती पार्टी होइन भन्दै जनतालाई विश्वासमा लिँदै कांग्रेस पनि गणतन्त्रको नारा बोकेर उदायो। तर पनि, राप्रपाकै स्तरमा अभिजात–सामन्ती वर्गको कठपुतली बन्यो। भ्रष्टाचार र सत्तालिप्सामा डुबेर यो पार्टीले जनमुक्तिको सपनालाई कुलीनहरूको स्वार्थ पूर्तिका लागि बलि चढायो। एमाले, समाजवादको ढोंग बोकेर सत्तामा पुग्यो, तर राप्रपा र कांग्रेसकै लाइनमा बिलिन भयो। सिद्धान्त बेचेर भ्रष्टाचार र कुलीनतन्त्रको गुलाम बनेर जनविश्वासमाथि धोका दियो।
माओवादीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र जातीय–लैंगिक समानताका एजेण्डा स्थापित गर्न सफल भए पनि संसदीय व्यवस्थालाई उपयोग गर्दै चिनियाँ मोडलको जनवादी क्रान्ति भन्दै अन्ततः राप्रपा, कांग्रेस कै चिहानमा एमाले बिलिन भएझै माओबादी समेत हराउन पुग्यो । किन? यो प्रश्न अनुत्तरित छ भन्न मिल्दैन । क्षमा माग्ने प्रचलन नभएको नेपालमा अहिले आएर सार्वजनिक माफी मागेर माओबादिले उदाहरणिय लोकतन्त्रीक चरित्र देखाउने प्रयास गरे पनि सजायको भागी हुनु नपर्ने किन ?
संसदीय व्यवस्थालाई क्रान्तिको साधन भन्ने माओवादी अहिलेसम्म आइपुग्दा राप्रपा, कांग्रेस र एमालेको सामन्ती–कुलीन बाटोमै हराउन पुग्यो। यहाँ राष्ट्रका नाममा राजनीतिको कसम खाएका राजनीतिक नेतृत्वको कमजोरीले गरिब जनताले देखेको नागरिक सर्वोच्चताको सपना प्रतिक्रान्तिकारी विध्वंशकारी आगोले तुहाउने प्रयास हुदाँ जनदमनमा उत्रीन बिगतको राज्य अहिले कस्को कैद बनेको छ? प्रश्नहरू अनुत्तरित छैनन् ।
आजको गणतान्त्रिक राज्य समेत उहि जहानिया सामन्ती राणा र राजाकालीन अभिजात कुलीन वर्गको कब्जा छ। ज्ञानेन्द्र र राप्रपा जस्ता अभिजात बर्गका मसिहाहरुले राजतन्त्र फर्काउने सपना बाँडेर जनतामाथि निर्मम घात गरिरहेका छन्। फेसबुक र युट्युब लगायत विभिन्न सञ्चार माध्यममार्फत सामन्ती र भ्रष्ट शक्तिका अनुयायीहरूले नेपाली जनताको दिमाग भुटिरहेका छन्। अर्थात् राजावादीरूपी ब्वाँसोले मायाजालमा पारेर जनतारूपी बाख्राको सिकार गर्ने सपना देख्नु कसको कमजोरी हो? अर्थात् बौदिक सिकार भएका जनताको संख्या थोरै नै किन नहोस्, आखिर जनता त जनता हो।
त्यो बाख्रारूपी जनता किन आज ब्वाँसोको सिकार भएर आत्महत्याका लागि तयार छु भन्छ? अशिक्षा? वा भ्रम? वा निराशा? वा मानसिक रोग? जे भए पनि यो सबै समस्याको समाधान गर्ने दायित्व राज्यको हो।
यो राज्यमा अहिले को छन्? एमाले र कांग्रेस? सरकार मात्र राज्य? अवश्य होइन। संसद पनि राज्य हो। त्यसो भए संसदमा एमाले र कांग्रेस मात्र छन्? अहँ, राप्रपा, माओवादी र रास्वपा जस्ता एक दर्जन पार्टी छन्। त्यसो भए सरकार र संसद चलाउने पार्टी कसले बनायो? तपाईं र म जस्ता कार्यकर्ता र जनताले। अनि हामीले कस्तो पार्टी बनायौं? आफैंले बनाएको पार्टीको आचरण किन सुधार्न सकेनौं?
हिजो राजतन्त्रका समय जस्तो एउटा वंश र उसको संरक्षित परिवारलाई कानून नलाग्ने भनेर संविधानमा लेखिएको जस्तो अबस्था अहिले छैन । त्यस बेला उनीहरूले गरेको अपराधविरुद्ध राज्यका निकायमा प्रश्न उठाउन पाइँदैनथ्यो। आज देश गणतन्त्रमा छ तर नागरिक सर्वोच्चता स्थापित गर्न प्रयास भएको छैन । अज राष्ट्रपतिदेखि जनतासम्मलाई संविधानले एउटै हैसियतमा राखेको छ। अनि संविधान कार्यान्वयन गराउन नसक्नुको कमजोरी कसको? राज्य भनेको समग्र जनताको समष्टि रूप हो हैन र ?
यदि यो नै यथार्थ थियो भने वास्तविकता बुझाउने काम कसको? राज्यकै हो। राज्यको नेतृत्वमा को छन्? अहिले एमाले र कांग्रेस। यसर्थ तिनकुनेको आतङ्ककारी हर्कतकर्ता राजावादी कसले रोपेको बीउ हो? यसर्थ जवाफ आउँछ एमाले। किन? अहिलेको राप्रपाका अध्यक्ष लिंदेन र धवल शमशेर लगायतकाहरू एमालेकै भोटले चुनाव जितेकाहरू हुन् भने एमालेको सूर्य चुनाव चिह्नबाट लडेका कमल थापाले नै ज्ञानेन्द्रको शासनका समय राज्य शक्तिको चरम दुरुपयोग गर्दै नागरिक माथी दमन गरेका थिए ज्ञानेन्द्रको सत्ता टिकाउन ।
यो इतिहास नबिर्सौं। यो लोकतन्त्र हो , यसर्थ जनताले जनाधिकारका लागि विद्रोह गर्ने हक छ तर नेताको असक्षमता, स्वार्थीपन र अपराधको बहानामा जनताको जनाधिकार खोसेर सामन्ती तन्त्र ल्याउन षड्यन्त्र गर्नेविरुद्ध प्रतिरोध नगरी जनताले सधैं रमिता हेर्दैन। यो वास्तविकता बुझेका दिन जनताले सत्ताको नेतृत्व लिने छन । त्यस बखत राजावादी भ्रूणसँगै दलतन्त्रका झुण्डको अन्त्य कसैले रोक्ने छैन। यसर्थ द्रब्य पिचास ज्ञानेन्द्रले आफ्नो चिहानमा सन्तानलाई अकालमै नहोमुन अनि दलतन्त्रका सिकारिले सजायको अमन्त्रण नगरुन, नागरिक आक्रोश बढ्दो छ । सबैले समयलाई बुझुन ।
सम्बन्धित भिडियो हेर्नुहोस्
सम्बन्धित भिडियो हेर्नुहोस्
सम्बन्धित भिडियो हेर्नुहोस्
सम्बन्धित भिडियो हेर्नुहोस्
सम्बन्धित भिडियो हेर्नुहोस्
सम्बन्धित भिडियो हेर्नुहोस्
सम्बन्धित भिडियो हेर्नुहोस्
सम्बन्धित भिडियो हेर्नुहोस्
सम्बन्धित भिडियो हेर्नुहोस्
सम्बन्धित भिडियो हेर्नुहोस्