
पेरु कम्युनिस्ट क्रान्तिका नायक अभिमायल गुज्मान(गोन्जालो) र ज्ञानेन्द्र शाहका कारिन्दा दुर्गा प्रसाईं: एक परिचय
दुर्गा प्रसाईं, नेपालमा राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनाको पक्षधर बिबादित अभियान्ता हुन । उनै भारतको असाममा पक्राउ परे भनेर उनिहरुले नै झुटो अफवाह प्रचारमा ल्याए, समाचारका हेडलाईनहरु बनाईए ।
२०८१ चैत्र १५ मा काठमाडौंको तीनकुनेमा भएको पत्रकारलाई जिउदै जलाउने सम्मको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा फरार छन, जहाँ उनले प्रहरीमाथि गाडी चलाएको र दुई जनाको मृत्यु भएको घटना अझ गम्भीर छ । उनी भारतको असममा पक्राउ परेका र नेपाल ल्याइँदै गरेको झुटो समाचार प्रचार गराएर राजाबदिहरुले के गर्न खोजेका हुन अहिले नै खुलिसकेको छैन ।
तर दुर्गा प्रसाई र राजाबबादी गिरोहहरुले जे जस्ता अफ्वाह चलाएपनी प्रसाईं निर्मल निबासमा ज्ञानेन्द्रको संरक्षणमा रहेको हुन सक्ने केही जानकारहरुको अनुमान छ ।
उता अग्यात स्थनबाट भिडियो सार्वजनिक गर्दै प्रसाईंले आफूलाई मार्न राजाबादिहरु बाटै षड्यन्त्र भएको दाबी गरेका छन्, जसले राजावादी आन्दोलनभित्रको आन्तरिक द्वन्द्व र षड्यन्त्रको संकेत गर्छ।राजावादी समूहहरू, विशेष गरी राप्रपाले प्रसाईंको लोकप्रियताबाट लाभ लिन खोजेका छ । तर त्यसका लागि प्रसाईलाई सिध्याएर सारा शक्ति एकलौटी हत्याउने र आफ्नो एकल साम्राज्य स्थापना गर्ने बदनियतले आफू बिरुद्ध राजाबादी घटक भित्रै बाट षणयन्त्र भैइरहेको प्रसाईको भनाई छ ।
प्रसाईलाई सिध्याएपछि नेतृत्व बिहिन भएर बिचल्लि परेका उनका समर्थकहरूलाई आफूतिर तान्ने रणनीतिमा राप्रपा र अन्य राजावादी गिरोहले आफू बिरुद्ध सणयन्त्र गरेको प्रसाईको छनक छ । जुन उनको भिडियो सन्देशमा उल्लेख छ।
आफुहरुलाई इण्डियाको पुर्ण समर्थन रहेको बताउने राजाबादि प्रसाईं समूह र राजाबादी राप्रपा किन एक अर्का बिरुद्ध सणयन्त्र गर्दै छन?
राजाबादी समुह राजनितिक कम र अपराधिक गिरोहका रुपमा ज्यादा प्रस्तुत भएको संकेत दुर्गा प्रसाईले दिएका छन । यस्को आन्तरिक तथ्य यस्तो छ । दुर्गा प्रसाईंको आन्दोलनले राजावादी समूहहरू, विशेष गरी राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी), लाई फाईदा पुर्याएको छ। हिजोसम्म १०० जनालाई भेला गर्न नसक्ने राप्रपाले प्रसाईंको सहयोगमा हजारौंको उपस्थिति गराउन सफल भएको छ।
दुर्गा प्रसाईका सबै कार्यकर्ता आफुमा समाहित गर्न राजाबादी समूह, गिरोह र त्यहा भित्रका हरएक ब्यक्तिहरु गतिबिधी गरिरहेका छन । तर, प्रसाईंका समर्थकहरूलाई तबसम्म राप्रपा-राजाबादिहरुले उनिबाट छुटाएर आफुमा समाहित गर्न संभव छैन जबसम्म प्रसाई जीवित र खुला रहन्छन्। राप्रपा र अन्य राजावादी समूहले मेरा समर्थकहरूलाई नेतृत्वविहीन बनाएर आफूतिर तान्ने रणनीति बनाएको छनक दुर्गा प्रसाईले सार्वजनिक गरेको भिडियोमा छ ।
राप्रपा-राजाबादिहरु संग प्रसाईको द्वन्दको पृष्ठभूमि राप्रपाको इतिहाससँग यसरी जोडेर हर्नुपर्ने हुन्छ । एउटा पञ्चायतकालीन सत्ताधारी राजा-राणाको बिरासत बिकेका र दरवारको चाकरी गर्ने समूहको रूपमा चिनिएको राप्रपा राजाबादि घटक एकातिर छ भने अर्कोतिर उता दुर्गा प्रसाईं छ्न्, जो कहिल्यै शासन सत्तामा सहभागि भएका छैनन् । तर यी दुई समुहको उद्देस्य नै सरकारलाई चुनौती खडागरेर आफ्ना स्वर्थका रोटिहरु सेक्नुमा सिमित छ । ग्यानेन्द्रको अकुत संपती देखि दरवार हत्या काण्डको अनुसन्धान रोक्नुछ र त्यस बापत कमिसन प्राप्त गर्नु रहेको जानकारहरुको दाबी छ । भने अन्य तमाम राजाबादिहरुका आ-आफ्नै स्वार्थहरु छन । उता सत्ताधारीहरु पनि प्रस्न कै घेरामा छन् । यसकारण एक अर्काका स्वार्थमा एक अर्कालाई सहमत गराउन शक्ति प्रदर्सन गर्न यस्ता हर्कतहरु भएको बिश्लेशकहरु बताउछन ।
यसर्थ संविधान बिपरितको हर्कतमा लिन राप्रपा- राजाबादी घटक र दुर्गा प्रसाईको बैंकिङ घोटाला स्वार्थ समूह बिच समनता भएपनी बिचमा निकै गहिरो खाडल पनि छ। राजाबादि घटकहरुको यो द्वन्द्व एक अर्काको शक्ति हत्याउने र कम्तिमा आफुले सांसद जित्ने माहोल तयार गर्नुमा केन्द्रीत छ । यी तमाम कुराले राजावादी आन्दोलनको चरित्र देखाउछ ।
अब राजाबादी दुर्गा प्रसाईं र गुन्जालो
अभिमायल गुज्मान (उपनाम: गोन्जालो), पेरुको कम्युनिस्ट आन्दोलनका प्रेरणादायी नायक, एक यस्ता क्रान्तिकारी थिए जसले सामन्ती शोषण र कुलीन वर्गको दमनकारी शासनविरुद्ध आफ्नो जीवन समर्पित गरे। उनको नेतृत्वमा “शाइनिङ पाथ” ले सर्वहारा वर्गको मुक्ति र जनवादी राज्यको सपना देखेको थियो। अर्कोतर्फ, दुर्गा प्रसाईं, एक स्वघोषित राजावादी नेता, सामन्ती व्यवस्थाको पुनर्स्थापना र जनताको अधिकारमाथि कुलीन वर्गको हस्तक्षेपको पक्षपोषण गर्छन्। यी दुई व्यक्तित्वबीच कुनै समानता छैन—गोन्जालो क्रान्तिको उज्यालो ज्योति थिए भने प्रसाईं प्रतिगमनको कालो अन्धकार। गोन्जालोले जनताको मुक्तिको लागि लडे, तर प्रसाईंले जनताको गलामा फेरि राजतन्त्रको पासो हाल्न खोज्दैछन्। यसर्थ पेरु कम्युनिस्ट पार्टिका नेता गोन्जालो संग कुनै एक राजाबादिको तुलना केवल हास्यास्पद मात्र होइन, जनताको बलिदानमाथिको अपमान पनि हो।
गोन्जालोको संघर्ष: जनमुक्तिको सपना
सन् १९३४ मा पेरुको अरेकिपामा जन्मिएका अभिमायल गुज्मानले सामाजिक असमानता, गरिबी, र शोषणको कठोर यथार्थ आफ्नै आँखाले देखे। दर्शनशास्त्र र कानुनको अध्ययनपछि उनले विश्वविद्यालयमा प्राध्यापकको रूपमा विद्यार्थीहरूलाई मार्क्सवादी विचारले जागृत गरे। माक्र्स, लेनिन र माओका सिद्धान्तबाट प्रभावित “गोन्जालो विचार” ले सामन्तवाद र पूँजीवादी शोषणविरुद्ध सशस्त्र क्रान्तिको आधार तयार गर्यो। सन् १९८० मा उनले शाइनिङ पाथमार्फत पेरुको दमनकारी सरकारविरुद्ध विद्रोह सुरु गरे। यो आन्दोलनले ग्रामीण क्षेत्रमा बलियो आधार बनायो, तर राज्यको क्रूर दमनमा परि ७०,००० भन्दा बढी निर्दोष नागरिकले ज्यान गुमार । सन् १९९२ मा पक्राउ परेपछि उनको आन्दोलन कमजोर भयो र सन् २०२१ मा जेलमै उनको जीवन समाप्त भयो। उनको सपना अधुरो रह्यो, तर उनले सामन्तवादविरुद्धको लडाइँमा देखाएको साहस र समर्पण विश्वभरका क्रान्तिकारीहरूका लागि प्रेरणा बन्यो।
दुर्गा प्रसाईं: जनताको शत्रु, प्रतिगमनको मतियार ?
दुर्गा प्रसाईं एक व्यापारी हुन, जसले हिजोसम्म आफ्नो व्यक्तिगत स्वार्थका लागि लडिरहेका थिए, आज अचानक राजतन्त्रको मसिहा बनेर निस्किएका छन्। उनको आन्दोलनको नारा “राजा आऊ, देश बचाऊ” हो, तर यो केवल जनताको भावनामाथिको नङ्गो खेल हो। प्रसाईंले आफूलाई गोन्जालोसँग तुलना गर्न खोजे पनि उनको नियत र कार्यले उनलाई सामन्तवादको चाकरी गर्ने दासको रूपमा उभ्याउँछ। गोन्जालोले जनताको मुक्तिको लागि लडाइँ लडे, तर प्रसाईंले जनताको स्वतन्त्रता खोसेर फेरि राजा र राणाहरूको गुलामीको जुवा बोकाउने अभिस्ट देखाए । उनको आन्दोलनमा करोडौं खर्च भएको छ, तर यो पैसा कहाँबाट आयो? यो प्रश्नको जवाफ पूर्वराजा ज्ञानेन्द्र र उनका मतियारहरूको कालो धनसँग जोडिन पुग्दा प्रस्नहरु थपिने क्रम जारी छ। यसर्थ राजाबादी र दुर्गा प्रसाईंको आन्दोलन जनविद्रोह होइन, यो जनताविरुद्धको सुनियोजित षड्यन्त्र हो। प्रतिगमन हो । राजद्रोह हो ।
राजावादीहरूको कालो इतिहास: शोषण र दमनको पर्याय
नेपालको राजतन्त्रको इतिहास हेर्ने हो भने त्यो कल्लखण्ड शोषण, दमन, र अन्यायको कालो अध्याय हो। शाह र राणाहरूले सैयौं बर्ष जनतालाई रैती बनाएर राखे। उनीहरूले जनताको रगत-पसिनामाथि महल ठड्याए, तर जनताको भाग्यमा भोक र अभाव बाहेक केही दिएनन्। राजा महेन्द्र अन्य राजा भन्दा “राष्ट्रवादी” थिए तर पनि कालापानी र लिम्पियाधुरा क्षेत्रमा इण्डियन सेनाको क्याम्प बनिरहदा मौनता साधेर देशको स्वाभिमान बेचे। ज्ञानेन्द्रको सैनिक शासनकलमा स्ट्रीप नक्सा प्रकरण मार्फत जंगे पिलर समेत उखेलेर इन्डियालाई खुसिपार्ने काम भयो । राजा बिरेन्द्रको बंश हत्या पछि राजा भएका ज्ञानेन्द्रले आफ्नो परिवारको लागि ब्यक्तिगत बजेटमा एकैपटक १० गुणा बढाए। बजेटको अधिकांश हिस्सा आफू र आफ्नो परिवारको मोज मस्तिका लागि छुट्याए ।
बिसं २०६१ मा जनताको अधिकार कुचल्दै सत्ता हत्याए, तर २०६२/६३ को जनआन्दोलनले उनको अहंकार चकनाचुर पारिदियो। यस्तो कालो इतिहास बोकेको राजतन्त्रलाई फर्काउने सपना देख्नेहरू देशका शत्रु हुन्। दुर्गा प्रसाईं र राप्रपाजस्ता शक्तिहरू यही शोषणको व्यवस्थालाई पुनर्जन्म दिन लागिपरेका छन्।
गणतन्त्र: जनताको विजय, राजावादीहरूको हार
गणतन्त्र नेपालको जनताले आफ्नो रगत र पसिनाले लेखेको स्वर्णिम इतिहास हो। यो व्यवस्थाले जनतालाई अधिकार, स्वतन्त्रता, र समानताको अवसर दिएको छ। हो, आजका नेताहरूको भ्रष्टाचार र अकर्मण्यताले गणतन्त्रको मर्ममाथि प्रहार गरेको छ। तर, यसको मतलब यो होइन कि हामीले फेरि राजतन्त्रको गुलामी स्वीकार गरौं। कुलमान घिसिङ र प्रा.डा. केशरजंग बरालजस्ता योग्य व्यक्तिहरूलाई हटाएर भ्रष्टहरूलाई संरक्षण दिने सरकारको रवैया निन्दनीय छ। तर, यो कमजोरीको फाइदा उठाएर राजावादीहरूले जनताको भावनामाथि बलात्कार गर्न खोज्नु जघन्य अपराध हो। गणतन्त्र सुधारको बाटो हो, राजतन्त्र विनाशको खाडल।
राजतन्त्रको पुनर्स्थापना: जनताको सर्वनाश
राजतन्त्र फर्काउनु भनेको जनताको सर्वनाश निम्त्याउनु हो। यसले ल्याउने परिणामहरू यस्ता छन्:
खर्च वृद्धि – राजतन्त्र आयो भने अहिले राज्यले गरिरहेको खर्चमा ग्यानेन्द्र शाहका परिवार र नातागोताका लागि थप १०-२० अर्व खर्छ थपिने छ ।
स्वतन्त्रताको अन्त्य – जनताको मत र अधिकार खोसिएर सत्ता राजपरिवारको हातमा पुग्नेछ।
सामन्ती शोषण– चाकरी प्रथा र कुलीन वर्गको दासत्वले गरिबीलाई झन् गहिरो बनाउनेछ।
हिंसा र अस्थिरता – राजावादी आन्दोलनले देशलाई फेरि रक्तपात र द्वन्द्वको आगोमा धकेल्नेछ।
राष्ट्रघात– भारतको कठपुतली बनेर देशको स्वाभिमान बेच्ने शाहहरूको इतिहास फेरि दोहोरिनेछ।
राजतन्त्र पुन स्थापित गर्नका लागि रचिएका हिंसाहरु काल्पनिक स्वर्ग होइन, यो त जनताको नरक हो। दुर्गा प्रसाईं, राजाबादि र ज्ञानेन्द्रको जोडीले देशलाई अस्थिर बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्छन्। उनीहरूको आन्दोलनमा जनताको कुनै हित छैन, यो केवल सत्ताको भोको सिकारिको लालच मात्र हो।
जनताको शक्ति: गणतन्त्रको ढाल
अभिमायल गुज्मानको जीवनले हामीलाई सिकाउँछ कि जनताको नेतृत्वमा जनताका लागि थालिएको क्रान्तिले परिवर्तनको सपना देखाउन सक्छ, तर सामन्ती सत्ताले बर्बर दमन गरेर निस्तेज बनाउने प्रयास गरिरहन्छ ।
तर नेपालमा एउटा परिवारको शासन स्थापित गर्न जनता बिरुद्ध परिचालित राजावादीहरू हिंसा र षड्यन्त्रको बाटो रोजेर देशलाई खरानी बनाउन चाहन्छन्। तर, यो जनताको आन्दोलन होइन, यो जनताविरुद्धको कायरतापूर्ण हमला हो। गणतन्त्र जनताको विजय हो, र यसको रक्षा गर्नु जनताको कर्तव्य हो। नेताहरूको भ्रष्टाचारविरुद्ध लड्नुपर्छ, तर त्यसको जवाफ राजतन्त्र होइन। हाम्रा विकल्पहरू छन्—माओवादी, रास्वपा, वा स्वतन्त्र उम्मेदवार। २०८४ को चुनावले नयाँ बाटो देखाउनेछ। तर, त्यसअघि राजावादी शत्रुहरूलाई परास्त गर्न जनताको एकता अनिवार्य छ।
राजतन्त्रको कालो सपना
दुर्गा प्रसाईं र ज्ञानेन्द्रको जोडी देशको शत्रु हो। उनीहरूको राजतन्त्रको सपना जनताको स्वतन्त्रता, सम्मान, र प्रगतिको हत्यारा हो। गोन्जालोले शोषणविरुद्ध लडेर इतिहासमा अमर स्थान बनाए, तर प्रसाईंले जनताको गलामा फन्दा हालेर आफूलाई इतिहासको कालो दाग बनाउन खोज्छन्। गणतन्त्र जनताको गर्व हो, र यसलाई जोगाउन जनताले राजावादी षड्यन्त्रको जालो च्यात्नुपर्छ। यो लडाइँ हिंसाको होइन, जनताको सचेतनाको हुनुपर्छ।


