
देशभरिका पिर मार्का र समस्यको संबोधन गर्ने जिम्मेवारी लिएको सिंहदरवार भित्र हुने कामहरुको राजस्व संकलनका लागि रास्टृय बाणिज्य बैंकको एक्स्टेन्सन साखा संसद सचिवालयको गेट मै छ । संसदिय रिपोर्टिङका लागि पत्रकारले लिनुपर्ने संसद पास नबिकरणका लागि राजस्व रु २५० जम्मा गर्नु पर्ने भयो । तर बैकको सर्बर नचलेर धेरैबेर पर्खिनु पर्यो । अन्त्यमा बैंक कर्मचारिबाट जन्नकारी आयो – आज चलेकै छैन , सायद आज दिनभरी चल्दैन भन्ने अखबर आयो।” कर्मचारिको यश जवाफमा जिग्यासा राख्दा उनले भनिन- हामिले आफ्नो बैकको सर्बरमा नभएर अर्थ मन्त्रालयको सर्बर संग जोडिएर काम गर्नुपरेकाले यहाँ यस्तो समस्या आईरहन्छ ।
देशको केन्दृय प्रसासनिक संयन्त्रको यो हबिगत छ भने अन्यत्रको के कुरा । अब अर्को दिन यहि कामका लागि आउनुपर्ने भो ।
केहो त यस्को बास्तविकता भनेर अर्थमन्त्रालयका सुचना अधिकारी अम्बिका प्रसाद खनाल संग खोजखबर गर्दा जवाफ आयो “हाम्रो समस्या हैन माहलेखा परिक्षक कर्यालयको सर्बरको समस्या होला” ।
यश पछि हामिले महालेखा परिक्षक कार्यालयका सुचना अधिकारि ओम प्रसाद रिजाल संग जिग्यासा राख्दा जवाफ आयो ” हाम्रो सर्बरलाई बिधुत आपुर्ती गर्ने ट्रान्सफर्मर पड्किएको हुनाले आज बिहानै देखि समस्या भयो, यस्मा हामी लागि रहेका छौ, संभब भए सम्म भोलि देखि सुचारु गर्ने प्रयासमा छौ, तर के हुन्छ थाहा छैन ।”
कहिले सम्म मर्मत सल्किएला भनेर बिधुत प्राधिकरणका सुचना अधिकारी सन्जिव कुमार चौधरिलाई फोन गर्दा उनले रिसिभ गरेनन ।
ढिलासुस्ती, हेलचेक्राई, संभावित दुर्घटना प्रतिको सावधानीको तह कति छ भन्नलाई खानेपानी मन्त्रालयको आगलागी निभाउन घण्टौ लाग्दा मन्त्रीको कार्यकक्ष खरानी भएको प्रमाण सेलाएकै छैन । आशा गरौ , बाकी भविस्यले देखाउला ।