kalokitab |mareko manchhe
मरेको मान्छे
———-
ब्यारेकको कथा

यस प्रकारको संसदिय प्रणालीलाई स्विकार्ने गरि भएको प्रचण्डको राजनीतिक समर्पणका संबन्धमा सुरु देखि नै कटु आलोचक र बिरोधि हुँ। त्यसैले म प्रचण्डको प्यारो हुँन सकिन या मलाइ ठानेनन । तर आज म प्रचण्डको बदनाम गर्न मात्र हैन उनको योगदान र युद्धकालिन घाटनाको स्मरण गर्न पनि प्रस्तुत भएको छु। सेनाले ब्यारेक भित्र गरेका हर्कत देखि निर्मम हत्याका दृश्य पनि प्रस्तुत गर्दै छु । आज मेरो सारा कथा पनि सुनाउदै छु । मरेको मान्छे , ब्यारेकको कहानी । २५ बर्ष बेपत्ता । ब्यरेकमा जिवितै । त्यो भन्दा पहिले नेपालमा देखिएका यी घटना स्मरण गरौ । प्रचण्डको अबसान बिर्सन लायक हुने छ या अबिस्मरणिय ? यो तथ्यको तुलोमा जनयुद्धका घटनाको लेखाजोखा गर्दा जे परिणाम आयो, स्विकार्नुमा प्रचण्डको कल्याण हुने छ अन्यथा भिर बाट लडेर मर्छु भन्दै बेतोडले दौडिएको गोरुलाई के नै गर्न सकिन्छ र !
सुरुमा प्रचण्डकै गुणका कुरा गरौ, त्यस पछि नांगेझार हुने गरिका तथ्यले खुइल्याउनु नै छ। राजतन्त्रका समय जनयुद्धका क्रममा गणतन्त्रको माग राख्ने करिव ६ हजारलाइ गिरफ्तारी पछि शाही सेनाले गोलि ठोकेर मार्यो। यस मध्य आधा जसो शाही सेनाले तोके मुताविकको लिखतमा दस्तखत गरि आत्म समर्पण नगरेका कारण मारिएका थिए भने बाकिलाई सेनाले मनोरन्जन र निसाना लगाउने अभ्यासको साधन बनाएर हत्या गर्यो । यातना र प्रताडनाको हिसाब राखिएको बहीखाता कहा छ ? को संग छ ? खोजीकै बिषय रहदै आएको छ। यसरि होनहार नेपालि युवाहरु शाही सेनाको पासविक हत्याको सिकार भए । अर्को करिब ६ हजार गणतन्त्रका योद्धाहरुले शाही सेना र प्रहरी संगको रक्षात्मक र आक्रामक भिडन्तमा साहदत प्राप्त गरे। यसरि करिव १२ हजार जना माओबादि पक्षका योद्धाहरु गणतन्त्र प्राप्तिको महायुद्धमा शाही सेनाको निर्मम याताना संगै गोलि खाएर सहिद भएका थिए।
गणतन्त्रबादी अर्थात माओबादिको हत्या गर्न खटिएका शाही सेना, प्रहरी र माओबादि मारेर कमिसन लिने गरि राज्य द्वारा परिचालित सुराकिहरु सहित राज्य पक्षका करिव ५ हजारले पनि यसै अबधिमा ज्यान गुमाए । केहि देशभक्त र न्यायप्रेमी जनताहरु भुलबस भएका दुर्घटनामा परि साहदत भए । यसरि जनयुद्धका क्रममा माओबादि र राज्य पक्षका गरि जम्मा जम्मी करिव १७ हजारको ज्यान गएको थियो।
तर आज बिगतका दुखान्तलाई बिर्सिएर सुनौलो नेपाल निर्माणको अभियानमा आम नेपाली लामबद्ध हुनु पर्ने समयको माग छ। यो उपलब्धिका लागि योगदान पुर्याएका व्यक्ति र सहिद परिवारलाई उचित सम्मान सहित राज्यले संबोधन गर्नु पर्छ । जो आफ्नो सात्ता रक्षाको लागि जुन सुकै स्तरको क्रुररता र अपराध गर्न पछि परेनन् । परिबर्तनका बिरुद्ध परिचालित भएकाहरु जोजो मारिए साचो अर्थमा उनीहरुलाई सहिद मान्न सकिदैन । यदि क्रान्तिकारीहरुको प्रत्याक्रमणका क्रममा मारिएकाहरुलाई पनि सहिद मान्ने हो भने अनर्थ ठहर्ने छ। कित जनयुद्धका योद्धाहरुलाई सहिद भनियोस कित शाही सेना, प्रहरी र सुराकिलाई भनियोस। तर एउटा घटनाका दुवै पक्ष सहिद हुदैन। अन्यथा सहिद र बलिदानीपूर्ण समर्पण गरेका योद्धाहरुको उपहास भएको ठहर्ने छ। त्यसो हो भने राणाकालिन क्रान्तिका बिरोधिहरुलाई पनि सहिद भन्न सक्नु पर्यो । के ? सहिदको परिभाषा यहि हो ?
त्यो कहालीलाग्दो दिनहरुलाई छिचोल्दै आज देशमा गणतन्त्र आइ सकेको छ, हिजो राजतन्त्रका समय गणतन्त्रको पक्षमा बोल्ने त् परको कुरा भयो, बिचार सुन्नु र पढ्नु पनि मृत्युको कारक हुन्थ्यो। गोलि ठोकी मारिन्थ्यो। तर यस बेला राजतन्त्रको नाममा रामलिला देखाउनेहरुले गोलि त् परको कुरा भयो खुट्टा भाच्छिने गरि २ लौरो पनि भेटेका छैनन्। गणतन्त्रको यो सुन्दरताको उपभोग गर्दै उन्मुक्ति पाएका स्वयम् राजाबादीहरुलाइ यो सुबिधा पचिरहेको छैन । यसो हुदा समयले नया शैलिको सजायको माग गरे संगै गणतन्त्रका लागि लडेका लाखौ जनसमुदायले अर्को क्रान्तिको सुरुवात गर्यो भने स्थिति के होला ? यस कारण उपलब्धिको रक्षाको पक्षमा रहेको गणतन्त्र र उपलब्धिलाई ध्वस्त पार्ने राजतन्त्र पक्षधरका बिच फेरी युद्ध हुने त् हैन ? त्यस बेला ज्ञानेन्द्रको हालत के होला ?
बिगतका बलात्कार, हत्या, तस्करी , चोरी देखि दरवार हत्या काण्डका बिषयमा लागेको आरोप जिउका त्यू छ। तोप बहादुर शैलीमा बयान लिदै जादा बिषय कहा पुग्ला ? कथित महाराजले त्यस बेला अनुसन्धानका बिधि र प्रक्रियालाई सहने तागत राख्नु पर्ने छ। नकि बिगतमा कानुन हातमा लिए जस्तो । यधपी ढिलो चाडो यसलाई छिनोफानो गर्नु नै इतिहास माथिको न्याय हुने छ। देश र जनताको मागको संबोधन गरिएको ठानिने छ।
फेरी बिषय बस्तु तर्फ केन्द्रित हौं, सत्ता संगको बार्ता नमिले पछि आफ्ना एजेण्डा स्थापित गर्ने उद्देस्यले माओबादिले १० बर्षे जनयुद्ध गरेको यथार्थलाई प्रचण्डले अस्विकार गर्ने कुरा भएन। तर जनयुद्धका तिनै सहयात्री रहेका कुमार पौडेललाई राम बहादुर थापा बादल गृह मन्त्रि हुदा पक्राउ गरि निर्ममता पुर्वक गोलि ठोकी हत्या गरिएको थियो। त्यस बेला नेपाल कम्युनिस्ट पार्टि (नेकपा) का अध्यक्ष द्वय पुष्पकमल दाहाल “प्रचण्ड” र केपी ओली थिए। पार्टिको शक्तिशाली अध्यक्ष र प्रधानमन्त्री के पी ओली भएकाले मैले रोक्न सकिन भनेर प्रचण्डलाई उम्किने छुट छैन। किन भने यस बारेमा प्रचण्डले बिगतमा किन मुख खोलेनन् ? एकातिर नागरिक सर्बोच्चता र गणतन्त्र बिरुद्धको गतिविधिमा लागेकाहरुलाइ दानापानी सहित पुजा गर्ने परम्परावादी संस्कार र अर्कोतिर जनयुद्धको सहयात्री माथि गोलि ठोकिनुलाई कुन अर्थमा बुझ्ने ?
अब नेपालमा उच्च तहका व्यक्तिहरु संलग्न रहेको चर्चित तस्करी, किर्ते र ठगि जन्य घटनाको अनुसन्धान थालिएको बिषयको पर्दा उघारौ । अहिले प्रचण्ड सरकारले थालनी गरेका केहि अभियानका संबन्धमा विभिन्न कोणबाट आशंकाहरु ब्यक्त हुदै आएका छन्। कांग्रेस र गठबन्धनका नेताहरु संलग्न रहेको अपराध बिरुद्ध कारवाही प्रक्रिया अगाडी बढाउने बिषयमा माओबादि सरकार दबाबमा परेको आरोप पूर्ण सत्य हैन बरु परिबन्धको नियति भन्न सकिएला । जसरि आरजु र देउवालाई तान्न सकेको छैन। त्यो भन्दा बढी नागरिकता र पासपोर्ट कसुरमा लामिछाने, सुचना बिक्रीको बिषय सम्म बाट उन्मुक्त भए । उता टोप बहादुर बाहेक एमालेका कुनै नेतालाई छुन सकेको छैन। राप्रपाको अराजक र दुराचारीपूर्ण तवरले बाहिर आएका हर्कतलाई कानुनको दायरामा ल्याउन सकेको छैन । आफ्नै पार्टिका व्यक्तिहरुलाई कानुनको भट्टिमा पोल्न सकेन। जनताले चाहे जत्ति भएन भन्ने कोणबाट यी सबै आरोपहरु जनताको तहबाट आएका हुन्। तर प्रधानमन्त्रीले साच्चै इमानदार र निस्कपट काम गरिरहेको पनि हुन् सक्छ। समयको तुलोले लेखाजोखा गर्ने नै छ। जे होस् ३२ सिटे माओबादिका अध्यक्ष प्रचण्डको क्षमताले नेपालको इतिहासमा नया रेकर्ड कायम गरेको भने पक्कै छ। यो अबस्थामा, संसदिय राजनीति अन्तर्गतको सरकारले यति पनि काम गर्न सक्नुलाई सितिमिति ठान्न सकिन्न। गुणका आधारमा समर्थन र दोषका आधारमा बिरोध गर्ने न हो । तर माओबादि भित्रका आफ्ना नेता कार्यकर्ताको अपराधका सम्बन्धमा अनुसन्धान गर्न त् कसैले अबरोध गरेको छैन होला नि ! यो त् सत प्रतिसत सत्य हो नि हैन ?
बहुचर्चित अपराध अनुसन्धान समबन्धमा यत्रो उपलब्धि देखिएको छ, यो सरकार ढले पनि नया बन्ने सरकार संग जनताले जवाफ माग्ने परिस्थिति बनि सकेको छ । अनि फेरि पनि केहि भएको छैन जस्तो गरि फ़ैल्याईएको अफवाहको कारण भविस्यमा स्थिति जटिल पनि हुन् सक्छ। आत्मरतिका लागि पनि हुन् सक्छ, यस्ता कामहरु नेपालको राजनैतिक र सामाजिक संस्कार जस्तै भएको छ ।
बरु सत्य निकट आरोप लाउने हो भने माओबादिका नेता कार्यकर्तालाई अनुसन्धानमा तान्दा आफना नेता कार्यकर्ताको समेत संलग्नताको पोल खुल्न सक्ने त्रासले एमाले, कांग्रेस, राप्रपाले माओबादि सरकारलाई प्रभावमा पारेका छन् यस कारण खास परिणाम आउँन नसकेको हो । तर यो पनि पुर्ण सत्य हैन। किन भने कहिले प्रचण्ड र कांग्रेसको झगडा हुन्छ र त्यस पछि कांग्रेस संग मिलेर सरकार बनाउ भन्ने च्याखे थापेर बसेको एमाले, राप्रपा र रास्वपाको दबाबमा माओबादि पार्टिले अन्तर पार्टि सुद्धिकरणको अभियानबाट पछि हटेर आम न्यायप्रेमी जनतालाइ धोका दिने छूट पाएको छैन भन्ने यथार्थ प्रधानमन्त्रीले बुझेका छैनन् भन्ने कुरा छैन।
इतिहास रच्न र बिगतका कमजोरीलाई सुधारेर देखाउन नै यत्रो चुनौती र घेराबन्दीका बीच पनि माओबादिले सरकारको नेतृत्व लिएको प्रचण्डले बताउदै आएका छन् । यदि विरोधीले आरोप लाए जस्तो हुन्थ्यो भने -सुन काण्ड, ललिता निबास र नक्कली भुटानी काण्ड जस्तो भयानक गिरोह सम्मिलित भ्रस्टाचार प्रकरणको फाईल खुलाउने नै थिएन । यसका लागि कति दबाब, प्रभाव र चुनौतिको सामना गर्नु परेको होला अनुमान गर्न सकिन्छ । निर्बाचनका समय जनताहरु पैसा र भ्रममा प्रभावमा परेको खण्डमा माओबादिले फेरी पनि यसको मूल्य चुकाउनु पर्ने नहोला भन्न सकिन्न । यदि माओबादिले जनतालाई झुक्याएको मात्र रहेछ भने दण्ड दिनु उचित होला तर यहा गुण र दोषका आधारमा भन्दा पनि लोभ,लालच र भ्रमले जनमत आकर्सित गर्दै आएको पाईन्छ । यो कुराहरु अहिले नपत्याईए पनि भविस्यमा अबस्य मुल्यांकन होला । अपराधीको मुखुण्डो कुनै न कुनै दिन अबस्य खुल्ने छ भने जस्तै इमानदार मनसाय बोकेर कामको थालनी गरिएको बास्तबिकता पनि जनताले कुनै न कुनै दिन महसुस गर्ने छन्। यदि माओबादि सत्य रहेछ भने।
माओबादिका आलोचकहरूलाई अझ आलोचना गर्न अपिल गर्दछु तर अपराधीलाई उन्मुक्ति दिने उद्देस्यले सरकारको सुसासनको अभियानलाई कमजोर पार्ने दुरासय देखिनु चिन्ताजनक छ । स्वच्छ र पबित्र मनसायले हुने आलोचनाले काम गर्न दबाब संगै उत्साह पनि दिन्छ। जसले साच्चै द्वन्दात्मक भौतिकबादको सिद्धन्तलाई बुझेका छन् उनीहरु यस मान्यतामा दृढ र इमान्दार हुनुपर्दछ । नागरिकहरुको तहबाट आउने हरेक आलोचनालाई स्वागत गर्नु पर्दछ र आत्मा समिक्षा गर्न पनि उत्तिकै जरुरि हुन्छ । आलोचना र समालोचनाबाट सिकेर हुनै लागेको गल्तीलाई तत्कालै सुधारेर काम गर्ने परिपाटिको बिकास हुँन जरुरि छ । बिगतको कमजोरी र अनुभवको कमीलाई यस बेला पुरै सुधारेर रास्ट्र निर्माणको अभियानमा लागेको भन्दै प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका छन् – “मलाइ बिना पूर्वाग्रह र षणयन्त्र परिक्षामा सहभागी हुँन दिनुहोस । अनि समग्र बस्तु स्थितिको सहि मुल्यांकन सहित हाम्रा संबन्धमा निस्कपट धारणा बनाइ दिनुस।”
तत्काल कसैले प्रसंसा गरिहालोस भन्ने चाहना राख्नु गलत हो । आज काम गर प्रचण्ड, तिमि सत्य भए उपहार पाउने छौ अन्यथा दण्ड । हुन् त् सदियौ देखि झुटो आस्वासन दिदै अपराध र रास्ट्रघातको धन्दा चलाएका पुराना पार्टिका नेताहरुलाई अहिले सम्म जनताले दण्ड भन्दा बढी प्रोत्साहन दिएका छन्, त्यसै पनि माओबादि त् २०६४ साल पछि मात्र राजनीतिमा आएको पार्टि । अनि नया भनिएकाहरुको भ्रमपूर्ण राजनीतिको बिरासत । यस कारण सुन देखि नक्कली भुटानी सम्मका तस्कारलाई पुरापुर दण्ड दिन नसकेका नेपाली जनताले बिस्वासघात गरेकै कारण दण्ड दिने कुरा पनि छैन।
राजाबादीहरु देशलाई असफल र असान्त बनाएर पुन ज्ञानेद्र र पारशलाई राजा बनाउने योजनामा इन्डियाको समर्थन लिएर बसेका छन्। उता इन्डिया पनि यदि राजाबादीहरुलाई यसमा उपयोग गर्न सके असान्ती र विग्रहको मौका छोपी सिक्किमलाई जस्तै गरि नेपाललाई पनि बिलय गराउन सकिन्छ कि भन्ने लालच पालेर बसेको छ। यो बेला राजतन्त्र र गणतन्त्रको बहसमा देशलाई रुमल्याउने समय थिएन, बिकाश, सुसासन, स्वाधिनता, समानता र आत्मनिर्भरताको बिषयमा बहस केन्द्रित हुनु पर्थ्यो। बिज्ञान, प्रविधि र आविस्कारको बिषयमा बहस र छलफल हुनु पर्थ्यो। तर संसदमा राजाबादी राप्रपाको प्रस्तुति हेर्नुस – आज रास्ट्रको आबस्यकता के हो भन्ने बारे कहिल्यै छलफल हुदैन। दरवार हत्या काण्डको अनुसंधनाको चर्चा हुने बित्तिकै चिच्याउन थाल्छन। राप्रपाबाट खालि भाडभैलो र अर्थहीन बिषयमा संसदलाई बन्धक गराउने कार्य हुदै आएको छ। यति मात्रहैन सरकारले सुरुगरेको ललितानिबास जग्गा, सुन तस्करी र नककली भुटानी प्रकारण सहितका अपराधि र भ्रस्टाचारि बिरुद्धको अभियानलाई अबरोध गर्न एमालेले लगातार एक महिना संसद अबरोध गर्दा मौन समर्थक भएर राप्रपा बस्यो। यसो त् एमालेले यसो गर्नुमा पबित्र उद्देस्य पनि हुँन सक्छ तर संसदलाई बन्धक बनाएर भएका यस्ता गतिबिधि र सत्ता लिप्सालाइ ठिक मान्न सकिन्न ।
त्यसो त् सत्ता लिप्साकै कुरा गर्दा – यस अगाडि आफु प्रधानमन्त्रीमा नरहने भए पछि अरुलाई किन पद छोड्नु भन्दै केपी ओलीले संसद बिघटन गरेका थिए। आखिर सर्वोच्च अदालतले त्यसलाई उल्टाउदै गरेको फैसला पश्चात कांग्रेसका शेर बहादुर प्रधानमन्त्रि भएका थिए। यो घटनाले केपी ओलीलाई संबिधान विरोधीको बिल्ला पनि लाग्यो। तर कोशी प्रदेशमा जसरि एमाले र राप्रपाको समुहले सत्ता लिप्सा देखाउदै नांगो खेल खेल्यो त्यसलाई माथ दिदै गठबन्धनका पार्टिहरुले सर्वांग नांगो नाच देखाएका थिए। यो त् भयो प्रदेश सरकारका कुरा।
संसद सम्ममा भयानक चर्चामा रहेको जलाहरी प्रकरण। यो बिषय उठाएकै कारण एमालेले कैयौ दिन संसद अबरोद गर्यो। अनुसन्धान भै रहेको भनिएको जनालाहरी प्रारण अहिले अलप भयो। शेर बहादुर देउवा समेतको समर्थन सहित केपी ओलीको दबाब परे पछि पशुपतिको नक्कली सुनको जलाहरी प्रकरणलाई छोपछाप गरिएको बताईन्छ। पशुपति नाथ मन्दिर भित्रको भ्रस्टाचार राजाबादिहरुको समर्थन बिना हुन् नसक्ने हुदा यस घटनामा राजाबादीहरु किन मौन छन् भन्ने प्रस्नको जवाफ स्वत आएकै छ । जे होस् यस काण्डबाट एमाले संगै सम्बद्ध सबैले लगभग उन्मुक्ति माएको ठान्न सकिएला।
अब फेरी बिषयबस्तु तर्फ केन्द्रित हौ। माओबादिले जनयुद्ध थालनी गर्दाका समय देशमा ब्याप्त जातीय, क्षेत्रीय , लैंगिक , भाषिक मात्र हैन बर्गीय उत्पिडन कुन हद सम्म थियो ? त्यसलाई सम्बोधन गर्न ज्यानको बाजी राखेर युद्धमा होमिएको योद्धाहरुको त्याग र बलिदानी पूर्ण समर्पणको मूल्य कसले तिर्न सक्ला ? आजको जस्तो स्वतन्त्रता नभएको त्यसबेला गणतन्त्रका पक्षधरलाई देख्दा बित्तिकै सेनाले गोलि हानेर मारिदिन्थ्यो। मार्कसबादी पुस्तकहरु घरमा भेटिएको मात्र कारणले हजारौलाइ सेनाले गण्तन्त्रबादिको आरोपमा गोलि हानि हत्या गरेको छ। गणतन्त्र,नागरिक सर्वोच्चता, समानता , समानुपातिक , समबेसिता र उत्पिडित जनताको न्यायको पक्षमा बोल्दा गोलि हान्ने सत्ता संग बर्षौ युद्ध लडेर आजको उपलब्धि आएको हो।
जनयुद्धको समयको कुरा छोडि दिउ। शान्तिपुर्ण जन आन्दोलन नै कति त्रासदीपूर्ण थियो, लोकप्रिय कलाकार द्वय हरिबंश र मदन कृष्ण त्यसका प्रत्यक्ष शाक्षी छन्। अहिले प्राप्त उपलब्धिको माग राखी माओबादिका योद्धाहरु युद्ध मोर्चामा खटिएका थिए उनीहरुको ज्यान हरेक सेकेण्ड धरापमा थियो । एकातिर २ पैसा तलब बिनै लडेका माओबादि योद्धा अनि अर्कोतिर मासिक हजारौ तलब र मारिएका मान्छेको टाउको बुझाए बापत लाखौ पुरस्कार पाउने सुबिधा सहित परिचालित अत्याधुनिक हतियारधारी शाही सेना बिचको युद्धमा यस तहको बहादुरी देखाउनु माओबादि योद्धाहरुको सामान्य समर्पण थिएन । माओबादिले जनयुद्ध नलडिदिएको भए अहिले एमाले, कांग्रेस , राप्रपा या जेसुकै पार्टीमा पनि आस्था राख्ने जनजाति, दलित, महिला, आदिबासिले यो अवसर, आरक्षण र राज्यको संरक्षण पाउथे ? छातीमा हात राखेर इतिहासको बहि खाता हेर्न सक्नु पर्छ । यसो भनिरहदा जनयुद्धमा गल्ति भएन भन्न सकिन्न तर सत्ता पक्षका सेनाले जस्तो निहत्था महिलालाई सार्वजनिक बलात्कार गरिएको एउटा उदाहरण पनि छैन ।
नेपालको इतिहासमा भएका क्रान्तिहरु स्मरण गरौं। बिगतमा कांग्रेसले क्रान्ति गर्दा उसका सबै योद्धाहरुलाई एकमुस्ट प्रहरीमा भर्ति गरिएको थियो। राणा शाहीको क्रुररता र पासविक हत्याको घटनालाई बिर्सिएर प्राप्त उपलब्धिलाई अस्विकार गर्दै त्यस बेला भएको जनधनको क्षतिलाइ मात्र लिएर आलोचना गर्ने हो भने कम्युनिस्ट र कांग्रेसलाई आतंकबादी भन्नु पर्यो। २०१७ सालको शाही कु पछि पंचाय बिरुद्ध लडेका कांग्रेस र कम्युनिस्टलाई महा आतंकबादी भन्नु पर्यो। अहिले माओबादिले उठाएका एजेन्डा र उपलब्धिलाई अबमुल्यन गर्दै,जनयुद्धका समय राज्यका तर्फबाट भएका पासविक, क्रुर हत्या र बलात्कारलाई नजर अन्दाज गर्दै समग्र क्रान्तिलाई बदनाम गर्ने सणयन्त्रकारीहरु सजायको भागि नभएका कारण यो हबिगत भएको हो।
जनयुद्धलाई समर्थन गरेको आरोपमा ६ हजार भन्दा बढि माओबादिका नेता कार्यकर्तालाई गिरफ्तार गरेर तत्कालिन सेना र प्रहरीले सामुहिक हत्या गरेको तथ्य आखा बाहिर छैनन् । त्यो राज्य कति क्रुर र अराजक थियो ? त्यसको हिसाब खोज्ने हो भने सिडियो र डिएसपि देखि तत्कालिन राजा, सेनापति, प्रहरीप्रमुख , गृहमन्त्री र प्रधानमन्त्री सम्म सजायको भागि होलान। तर आज हामीले एक अर्कालाई सकेको माफी दिएर रास्ट्र निर्माणमा एकजुट हुनु पर्ने समयको अविभारा बोध गर्नु छ। गणतान्त्रीक संबिधान बनेको परिणाम स्वरुप आज जतिपनि उपलब्धि देखिएको छ, महिला, दलित अल्पसंख्यक र गरिबका बिषयमा आरक्षण देखि सामाजिक सुरक्षा सहित राज्यको मूल प्रवाहमा ल्याउन बिशेस ब्यबस्था स्थापित गर्ने उद्देस्य सहितको युद्धको थालनी आखिर त्यहि जनयुद्धको जगमा भएको हैन ? हिजो धनि र उच्च पदस्त अधिकारीका अगाडि सिर झुकाएर प्रस्तुत हुँन बाध्य जनतालाई यो स्तरको चेतनाको तहमा त्यहि जनयुद्धले ल्याएको हैन ? हुन त् शान्ति प्रक्रिया संगै माओबादिका नेता र अकर्यकर्तामा बिचलन नआएको पनि हैन, तर बिगतमा भएका गल्तीलाई सच्याएर जाने गरि महसुस गर्नु गल्ति हो ? यस तहमा अरु कुन पार्टि र नेताले स्वीकारेको छ। यस बाट अरु पार्टिले पनि सिक्न सके नेपाल र नेपालि कै हित होला। त्यसो त् माओबादिले आफ्ना पार्टि भित्रका धमिरालाई धुवा लाएर खरानी नबनाए उसको अबसान त्यहि बाट हुनेमा २ मत छैन। एमाले कांग्रेस राप्रपा जस्ता पार्टिहरुको कमजोरी र बदनियतलाई ठेगान लाउने भन्दै जनताको जनजीविका संग जोडिएका क्रान्तिकारी मुद्धालाई बोकेर माओबादि राजनीतिका आएको हो । यस कारण – संसदमा रहेका पार्टि बाध्यको क्रान्तिकारी धारको उपमा भिरेको माओबादिले आफ्नो पहिचान र औचित्य सधै बचाई राख्नु उसको अवसर र चुनौती दुवै हो।
इतिहासलाइ फर्किएर हेर्दा बिगतका सरकारले यस्ता अपराध र भ्रस्टाचारका बिषयमा किन अनुसन्धान गरेनन ? त्यति मात्र हैन अनुसन्धान गर्ने जिम्मा पाएकाहरु नै अपराधमा संलग्न रहेछन भन्ने पनि त् देखियो नि आज हैन। तर बिगतमा जनता माथि अशिक्षा , गरिबी , छुवाछुत , विभेद, अन्धबिस्वास र उत्पिडनको भारि थुपारेर सत्ताको गद्धीमा विराजमान भएकाहरु आज उनीहरु नै हिजोका दलित, आदिबासी, मधेसी, महिला,अल्पसंख्यक, गरिब र सिमान्तकृत जनताहरुलाइ बिगतमा जस्तै गरि दबाएर शासन गर्न नपाएकोले विछिप्त छन्। त्यस्ता समूह द्व्रारा प्रायोजित सामाजिक संजाल र समूह द्वारा भ्रम सिर्जना गरि – सरकारको इमान्दारितापुर्ण कार्यलाई रोक्न चाहन्छन। सामान्य जनताले यो सणयन्त्रकारिहरुको जाल सहजै बुझ्न गाह्रो पनि हुन्छ। माओबादि कमजोर हुदा राज्यले हेर्छ। बरु निरन्तर खबरदारी र रचनात्मक आलोचना सहित चचेत गराउने तर्फ उत्पिडित जनताको अझ सक्रियताको खाचो छ।
सदियौ देखि चल्दै आएको भ्रस्टाचार र तस्करीको स्रिंखलालाइ क्रमभंग गर्ने गरि थालनी गरेको अभियानले माफिया गिरोह देखि हत्कडिको नजिक रहेका कथित माननीय र सम्मनानियाहरु माओबादि बिरुद्धको भ्रमपूर्ण र निक्रिष्ट सणयन्त्रमा लागेका छन्। यस दृश्यलाई अबगत गर्दै नेपाल टेलिभिजन संगको एक अन्तर्वार्तामा प्रचण्डले भने – “कहिँ कतै मलाइ सत्ता बाट बहिर्गमनमा पारीए पनि दुखेसो छैन।, समयले उनीहरुलाई दण्डित गर्ने छ भने मेरो निस्कपट र इमान्दारितापुर्ण कार्यको जनताले अबस्य मुल्यांकन गर्लान” यसै पनि संसदिय अंकगणितमा सानो पार्टीले नेतृत्व गरेर पनि यस तहको चुनौतीका बाबजुत थालनी गरिएको सुसासनको अभियानलाइ यति सामान्य रुपमा अबमुल्यन गर्नु हुदैन । यसले साच्चै कार्य गर्ने उत्साहमा गम्भीर चोट पुर्याउन सक्छ । देश पुरै भ्रस्टाचारको दलदलमा चुर्लुम्म डुबेको समय इतिहासमा कहिल्यै कुनै सरकारले नगरेका कामको थालनी गरेका प्रचण्डलाई हौस्यौदै , फ़ुर्क्याउदै अनि धम्क्याउदै र गल्ति भेटिए उग्र आलोचना गर्दै यस अभियानमा अगाडी बढ्न बाध्य गराउनु नागरिक समाजको जिम्मेवारी हो । प्रधानमन्त्री प्रचण्डको निरन्तरको प्रतिज्ञालाई गुणका आधारमा नागरिक समाजले रचनात्मक रुपमा सहयोग र समिक्षा सहित निस्कपट आलोचना गर्दै उर्जा थप्नु मै रास्ट्र र जनताको हितमा हुने छ। आम जनताको भरोसा माथि कुठाराघात गरेको खण्डमा प्रचण्डको अबसान बिर्सन लायक रहने छ। चेतना होस्।
शाही सेनाले पक्राउ गरि बेपत्ता पारिएका व्यक्तिहरु कहा र कहिले मारिए ? कि जिउदै छन् ? गणतन्त्र आए संगै तत्कालिन शाही सेनाबाट रुपान्तरित भएको नेपाली सेनाका कमाण्डरले जवाफ दिनु पर्छ कि पर्दैन ? यसरि दशौ हजार मानिसहरुलाई सामुहिक हत्याको आदेश दिने शाही सेनाका परमाधिपति ज्ञानेन्द्र शाह देखि तत्कालिन प्रधानमन्त्रीहरुलाई कानुनको कठघरामा कहिँले उभ्याउने ? बेपता पारिएका व्यक्तिका संबन्धमा उनीहरुले जवाफदेही बनाउनु पर्ने कि नपर्ने ? आखिर तिनै व्यक्तिहरुको बहादुरीले प्राप्त गणतन्त्रको तर चाट्नेहरुले उनीहरुकै बारेमा अनदेखा गर्दा समयले निर्मम समिक्षा गर्ने नै छ।
राणा प्रधानमन्त्रि मोहन शमशेरका कार्यकर्ताहरुले २००७ सालको क्रान्ति पछि गोर्खा परिषद र पंचायत कालमा मण्डलेको आबरणमा राजनीति गरे, २०४७ सालको परिबर्तन पछि राप्रपाका नामले सक्रिय रहेकाहरु अहिले गणतन्त्रमा पनि सामन्ती ब्यास्थाको पुनस्थापनाको आशा बोकी धनबान हुने लालचमा छन्। तर राप्रपा बाहेकका पार्टिका संसदले जनयुद्धमा मारिएका र बेपत्ता पारिएकाहरुको संबन्धमा सामान्य नैतिकता समेत देखाउन सकेको नपाईनु दुखद छ। पिडाको अनुभूति भोग्ने र सहनेलाई हुन्छ नकि किनारमा बसेर रमिता हेर्नेलाई। बेपत्ता नभएको मान्छेले बिपत्ताको बारेमा बुल्नुको पछाडी कुनै स्वार्थ छ भनेर अबमुल्यन गरिन्छ भने सम्झिनुस २५ बर्ष सम्म सेनाले बेपत्ता बनाएर निर्मम यातना दिएको व्यक्ति आज ब्यारेकबाट जिवितै उम्किएर आएको छ अनि आफ्नो पिडा ओकल्दै छ।
आज सम्म बेपत्ता परिवारले कति पिडा सहे ? भोग्नेलाई थाहा छ त्यसैले पिडितहरुको पीडाको अनुभूति हर तरहले महसुस गरेको छु। तर जे होस्, तपाइले जे सोच्नुस , खास अर्थमा मेरो चाहना भनेको बेपत्ता पारिएका हजारौ युवाहरुलाई यो धर्तीमा जिवितै र स्वतन्त्र जिबन बिताएको हेर्ने अभिलासा छ । त्यो हालतमा पुर्याउने क्रुर अपराधीहरुलाई माफी दिए पनि उनीहरुको अनुहार हेर्ने मन छ। अनि त्यस दिन तिनीहरुलाई भन्ने छु यो क्रुरतापूर्ण बहादुरी सिमानामा अत्याचार गर्ने इन्डियन फौजका अगाडी देखाई दिएको भए मेरो देश यति साघुरो भै सकेको हुदैन थ्यो कि !