kalokitab

अब बिस्तारमा।
बिस्व चर्चित काण्ड हो गौर घटना। जहा २८ जना युवाहरुलाई तत्कालिन मधेसी जनाधिकार फोरमले संचालन गरेको आक्रमणमा निर्ममता पुर्वक हत्या गरिएको थियो। यति सम्मकि कसैलाई गुप्तांक काटेर बलात्कारी गरि फेरी पनि जलाईएको थियो। इन्डिया देखि हत्यारा समूह झिकाएर उपेन्द्र यादब सहितका नेताहरु संलग्न रहेको बताईदै आएको छ। यस घटनाको फाईल खोले अनुसन्धान थाल्ने भनेर प्रचण्डले बोलेपछि त्यस घटनाका नाइके मानिएका उपेन्द्र यादबले चुनौती दीईसकेका छन्। यसो त् सरकारले यो काम गर्ने साचा मनसाय देखाएको हो या चर्चा मात्र हो समयले देखाउने नै छ। उता २ दर्जन मानिसहरुलाई जिउदै इटा भट्टामा जलाएका कांग्रेस नेता तथा तत्कालिन साम्सद मोहम्मद अफताव आलमलाई बचाउन तत्कालिन कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला देखि तत्कालिन गृह मन्त्रि कृष्ण प्रसाद सिटौलाले प्रहरीलाई हातमा लिएर कति सम्म खेल खेलका थिए भन्ने प्रमाण जिवितै छ। यति मात्र हैन – घटना भएको १० बर्ष पछि नै भए पनि एमाले सरकारले अनुसन्धान थालेर आलमलाई पक्राउ गरे पछि कांग्रेस सभापति शेर बहादुर देउवाले उनलाई छुटाउन कति सम्म हर्कत भन्ने चर्चा गरि साध्य छैन।
माओबादिको उदय र अबसानको यात्रा संगै बिकाश र आशाको लक्षण सहितका पछिला घटनाक्रम हेरौ।
सोझा र इमानदार ठानिने राजा विरेन्द्रका भाइ अपराध कर्मका घटनाले समकालीन नेपालका सर्वाधिक चर्चित व्यक्ति थिए। उसो त संबिधान भन्दा माथि राजा परिवारका सदस्यहरु रहने व्यवस्थाका कारण उनीहरु यस्ता कर्ममा लागेको अध्यताहरु बताउछन। उनै ज्ञानेन्द्रले उसबेला गरेको तस्करी र हत्याका घटनाहरुको चर्चा सेलाउन नपाउदै एकाएक बिरेन्द्रको बंशनास पछि उनै ज्ञानेन्द्र नेपालको राजा भएको भन्दै गणतन्त्रका नाराले गाउ बस्ति रंगिएको थियो। त्यस माथि एमाले, कांग्रेस र राप्रपाले सिर्जना गरेको दुर्दसाबाट देशलाई मुक्त गराउने उद्घोष सहित बिक्रम सम्बत २०५२ साल देखि माओबादिले शसस्त्र जनयुद्ध नै थाल्यो। तर १० बर्षे शसस्त्र क्रान्तिलाई बिसाउदै २०६३ सालबाट शान्ति प्रक्रिया मार्फत राज्यको मुलधारमा आएको माओबादि र त्यसका नेताहरु यस बेला सम्म आइपुदा तिनै पुराना पार्टि जत्तिकै गन्हाई सकेको आरोप लागेकाबेला प्रचण्ड नेतृत्वको सरकारले आफुलाई सच्चिएको संदेश दिने गरि केहि नया र बहादुरी पूर्ण कार्यको थालनी गर्दै देशमा सुसासनको सामान्य कार्य अगाडी बढाएको देखियो। तर प्रचण्डले आफ्नो अस्तित्वको रक्षाका लागि काम गरेको देखाउन मात्र – यो दृष्यको रचना गरेका भए उनको पतन निश्चित छ। किन भने एमाले, कांग्रेस र राप्रपाले जस्तै गर्नु थियो भने – पुराना पार्टि छदै थिए – माओबादि किन चाहियो ? यस कारण प्रस्न फेरी पनि उठ्ने नै छ।
यावत कारणले माओबादि सरकारले भरिपुर्ण कार्य गर्यो भन्न सकिदैन तर – बिगतमा कसैले नगरेको कार्य गरेर देखाउनुले – मैदानमा भएका विकल्प मध्ये उत्तम नेतृत्व मात्र चाहि भन्न सकिएला । हुन् त् संसदिय राजनीतिमा बनेको यो सरकारलाई वालुवाटार काण्ड देखि नक्कली सरणार्थि र १०० किलो सुन काण्डलाई निस्कर्षमा पुर्याउन उसलाई पनि सजिलो छैन।
नक्कली भुटानी सरणार्थि तस्करी प्रकरणमा नाम जोडिएकि – पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाकि पत्नी तथा कांग्रेस नेत्री संघिय साम्सद समेत रहेकी आरजु राणा र अहिले जेलमा रहेका पुर्व गृह मन्त्रि बालकृष्ण खाणकि पत्नी तथा कांग्रेस नेत्री जो संघिय सांसद समेत हुन तिनै मंजु खाणलाइ पक्रन नसक्नुको कारण सरकार टिकाउने बाध्यता मात्र हो या अरु पनि सर्त र गोप्य सहमति छन् ? यसले अनेक आसंकाहरु उब्जिएका छन्।
उता भुटानी सरणार्थि काण्डमा प्रतिपक्षमा भएकै पार्टिका नेता राम बहादुर थापा बादल देखि केपी ओली सम्मको नाम मुछिए पछि समेत सरकारले खुट्टा कामना थालेको भान हुन्छ। यतिमात्र कहा होर – अख्तियार प्रमुख प्रेम राइ पनि यहि घटनामा जोडिन पुगे। भने हाल प्रहरीका आईजीपी बसन्त कुवरको नाम समेत संकाको घेरामा पर्न पुग्यो।
त्यसो त् कृष्ण बहादुर महरा समेत १०० किलो सुन काण्डमा जोडिएपछि प्रचण्डको शाहस र परिक्षाको घडि एकै पटक सुरु भएको छ।
माफिया, तस्कार या स्वार्थ समुहहरुले कहिले कसरि खेल्ने प्रयास गर्छन भन्ने अनुमान समेत गर्न सकिदैन। १०० केजी अनुमान गरिएको सुन तस्करी प्रकरणको अनुसन्धानलाई प्रभावित पार्न कोको कसरि लागिरहेका छन् भनेर संसदको ताण्दब मात्र हेरे हुन्छ । पहिलो चरणमा प्रहरीको सहयोगमा राजस्व अनुसन्धान बिभागाले गरेको अनुसन्धान र बिज्ञ प्रहरीको टोलि सहितको अनुसन्धान प्रतिबेदन प्रहरीको सिआईबिलाइ बुझाईएको छ। अब यस तस्करीको अनुसन्धान प्रहरीको अनुसन्धान बिज्ञ टोलि ठानिएको सिआईबीले गरिरहेको छ। तर यहि प्रहरी अनुसन्धान तत्कालै रोकेर आफुहरुले छानबिनको नेतृत्व गर्न पाउनु पर्ने माग सहित एमालेले लगातार संसद अबरोध गर्दै आएको छ। उता झर्ला र खाउला भन्ने लालचमा रहेका रास्वपा र राप्रपा जस्ता पार्टिहरु “जतातिर मल्खु र ढुटो, उतैतिर जुटो” को रणनीतिमा देखिन्छन।
नक्कली कागजात बनाइ – धन्दा चलाउने गिरिहका सदस्य सुनिल शर्मा जो कथित मेडिकल डाक्टर र नेपाली कांग्रेसको तर्फबाट साम्सद समेत रहेका छन्, उनले नककली कागजात बाटै मेडिकल कलेज चलाए, तिनै नक्कली डाक्टरले सैयै डाक्टर उत्पादन गरे। त्यस्ता व्यक्तिलाई जे सुकै कारणले भएपनि पक्राउ गरिएको थियो। तर उनको बचाउमा कांग्रेस पार्टि मात्र हैन आम मिडिया जगत नै पहाड बनेर उभियो र जिल्ला अदालतले पनि उनलाई रिहा गर्न आदेश दियो।
त्यसो त् तत्कालिन डिआइजि नबराज सिलवालले आइजीपी बन्ने होडमा किर्ते कागजात प्रस्तुत गरेका थिए उनलाई कुनै सजाय भएन। पछि उनि एमाले बाट चुनाब लडेर सांसद नै भए। पुर्व आइजीपी सर्बेन्द्र खनाल एमालेका कार्यकर्ता भएर प्रहरीको कमाण्ड सम्हालेका रहेछन भनेर अहिले पुस्टि नै भयो। अपहरण काण्डमा मुछिएका थिए। उनै सर्बेन्द्रले तयार पारेको प्रहरी प्रतिवेदनका आधारमा बालुवाटार जग्गा तस्करी काण्डको अनुसन्धान जारि छ यस कारण उक्त अनुसन्धानले एमाले बाहेकका लागि कारवाहीको दायरामा ल्याए पनि एमालेका नेताहरु चोख्याउन कुनै न कुनै खेल भएन भन्न सकिदैन। नेपालमा देखिएका घटनाको प्रवृत्तिले आसंका भने बढाएकै छ। त्यसो त् उनै सर्वेन्द्र खनाल र १०० किलो सुन काण्डका तस्कर समूह बिच निकटता रहेको प्रमाणहरु पनि बाहिरिएका छन्। कुरा त्यतिमा मात्र सिमित छैन बर्षमान पुन सम्म जोडिएका तस्विरहरु बाहिरिएको घटनालाई सरकारले कसरि लिन्छ हेर्न बाकि नै छ।
यस कारण प्रचण्ड नेतृत्वको सरकारलाइ आखा चिम्लिएर विस्वास गरिरहने र खबरदारी नगर्ने हो भने नेपाली जनताले चाहेको परिणम अबस्य पनि आउदैन। तर आफु र आफ्नो गिरोहको बचाउका लागि मरिहत्ते गरेर लागेको एमालेको पार्टिको रबैयाले भने देशको हबिगतलाई प्रस्ट मात्र पारेन कि – प्रमाणित नै गरिदियो। उता नेपालि कांग्रेस पनि के कम। सरकारमा माओबादिको नेतृत्व भए पनि कांग्रेस सबै भन्दा ठुलो पार्टि हो। त्यहि पार्टीको केन्द्रिय समितिको बैठकमा निर्धक्क संगठित अपराधको संरक्षणमा नेताहरुले सार्वजनिक रुपमै बोले। उता गृहमन्त्री हुदा मानब तस्करी तथा किर्ते कागजात खडा गरेको पाईए पछि पक्राउ परेका बालकृष्ण खाण कारवाही बाट बचाउन धेरै जसो कांग्रेसी नेताहरु सहमति हुदै – सरकारलाई दबाबको तयारीमा लाग्ने सम्मको अभिव्यक्ति दिएका थिए। त्यति मात्र हैन बालकृष्ण खाणलाइ कांग्रेसले पार्टीबाट नहटाएर आफुहरुको अपराधिक चरित्रलाई स्थापित गर्ने प्रयास नै गर्यो।
यहा स्वार्थ र पैसाका लागि जो पनि , जता सुकै जान सक्ने उदाहरण पाईञ्छन। त्यसो त् कट्टर राजाबादी देखिएका ज्ञान बहादुर शाही यस अगाडी गणतन्त्रबादी मात्र हैन राजाबादिको कट्टर बिरोधि थिए। उनलाई काठमाण्डौमा आश्रय र सहयोग गरेका पत्रकार मनारिशी धिताल भनाइ रहेको छ।
यस कारण यस बेला कुन नेता कुन पार्टिमा जान्छन यसै भन्न सकिदैन। राम बहादुर थापा बादल तिनै पात्र हुन् जो कुनै बेला २/४ उग्र क्रान्तिकारी मध्यका एक थिए। माओबादि जनयुद्धका प्रमुख पात्र थिए यिनै बादल । यति मात्र हैन – प्रचण्ड नेतृत्वको माओबादिले क्रान्तिकारी धार छोडेको भन्दै मोहन बैद्य किरणको पार्टिमा समेत गएका थिए। तर अन्त्यमा उनैले बुर्जुवा भन्ने गरेको एमाले पुगेका छन्। यस कारण नेपालको राजनीतिका को कता जान्छ भन्ने कुरा आफ्ना भ्रस्ट कसुर ब्यबस्थापनको अनुकुलताले निर्धारण निर्धारण गर्ने गरेको पाईन्छ।
त्यसो त एकले अर्कालाई निषेधको राजनीति गरेका एमाले र माओबादि एकिकरण भै नेकपा समेत बनेको थियो। भने नेपालि कांग्रेस फुटाएर शेर बहादुर देउवाले नेपालि कांग्रेस प्रजातान्त्रिक गठन गरेर पटक पटक राजाको टिके प्रधानमन्त्री नै बने। उता राप्रपा पनि अहिले गणतन्त्रबादी र राजतन्त्रबादिमा विभक्त छ।
यो बिषय यसकारण उठाईयो कि – सुन काण्डमा अहिले पुर्व सभामुख महराका सम्बन्धमा पनि बिषय उठीसकेको छ। अब उनलाई कित बादल र आरजुलाई जस्तै अनुसन्धानका लागि प्रमाण नपुगेको भनिदिनु पर्यो , यदि कारवाही हुने भएमा उनि समेत एमाले प्रवेश गरेर भए पनि केपी ओलीको संरक्षणमा उन्मुक्तिको बाटो रोज्न पछि पर्ने छैनन्। अन्त्यथा सर्वदलिय स्वार्थको भागबण्डाबाट ब्यबस्थापन गरिने छ भन्ने आसंका बढ्न थालेको बताईन्छ।