Kalokitab
नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौँ आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युनलाई गत महिना ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा ज्ञापन पत्र बुझाएको थियो।
त्यस दिनको बिहान ९ बजे बत्तीस पुतलीस्थित द्वारिका होटलमा चिनियाँ दूतावासका राजनीतिक र प्रेस विभागका निर्देशक PU Pengcheng मार्फत् दुई बुँदे ज्ञापनपत्र बुझाएको उक्त बिषयलाई ईण्डियन दुतावासले आफु बिरुद्धको संयन्त्र ठान्ने न भयो। किन भने नेपालले आफ्नो हित र न्यायका लागि प्रयास गर्दा – इन्डिया बिरोधि र चिनिया इसारामा भएको गतिबिधि भनेर दिल्लीले आफ्नो कर्तुत लुकाउने हर्कत गर्दै आएको इतिहास पाईन्छ। यति मात्र हैन ईण्डोयाको फलामे सांग्लो रुपी लगाम भन्दा बाहिर रहेको नेपालले आफ्नो आत्मनिर्भरता, बिकास र अन्तररास्टृइय कुटनैतिक सम्बन्ध स्थापना र बिस्तारको क्षेत्रमा काम गर्दा पनि इन्डिया बिरुद्धको गतिबिधि भनेर दिल्लीको धारणा रहदै आएको प्रमाणित नै छ। यसको आसय केहो हामि सबैलाई थाहै छ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा द्वारा हस्तान्तरित उक्त ज्ञापन पत्रमा भनिएको छ ले ज्ञापनपत्रमार्फत् नेपाल र चीनबीच सन् १७९२ अक्टोबर ५ मा भएको ७ सूत्रीय बेत्रावती सन्धिको धारा ५ मा उल्लेख भएको `कुनै पनि विदेशी शक्तिले आक्रमण गरेमा चीनले नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी राख्नेछैन ।’ भन्ने प्रावधानप्रति चिनियाँ कम्युनिस्ट पार्टीको ध्यानाकर्षण गरेको छ । मोर्चाले ज्ञापनपत्रमा `सन् १७९२ मा भएको उक्त सन्धिको धारा ५ को प्रावधानअनुसार हामीमाथि आइपर्न सक्ने सुरक्षा-सङ्कट , सिमा अतिक्रमण र अत्याचारको सिलसिला निवारणका निम्ति चीन सरकारको ध्यान जाओस भन्दा पत्र लेखिएको थियो ।
आखा रसाउने। सत्य बुझाउने अनि बास्तबिकता देखाउने भिडियो हेर्ने यहा क्लिक गर्नुहोस Video
नेपाल सधैँ एक चीन नीतिको समर्थन र चीनको भौगोलिक अखण्डताको पक्षमा वकालत गर्दै आइरहेको छ र गरिरहनेछ भन्दै मोर्चाले नेपालको सार्वभौमसत्ता सम्पन्न क्षेत्र कालापानीमा इन्डियाले सन् १९६२ देखि सेना राखेर कब्जा जमाउँदै आएकोमा २०१५ मे १५ मा चीन र इन्डियाबीच लिपुलेखबाट व्यापार गर्ने भनी उक्त दुई देशका प्रधानमन्त्रीबीच संयुक्त वक्तव्य पश्चात एक समझदारी पत्रमा हस्ताक्षर भएबाट नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध खुला प्रहार भएको जनाएको छ । `यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिई उक्त संयुक्त वक्तव्यबाट अलग भई चीनले नेपाली जनताका मनमा उत्पन्न चीनप्रतिको अविश्वासको भावना हटाउने सदाशयता देखाई नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न ग्रेटर नेपाल नेपाल राष्ट्रवादी मोर्चाले चिनियाँ कम्युनिस्ट पार्टीलाई विशेष आग्रह गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताका सम्बन्धमा कसैसँग सम्झौता हुन नहुने बताएका छन् । उनले भनेका छन् , `अन्यायमा परेपछि न्याय नपाउन्जेल आवाज उठाउन छाड्नुहुन्न । इन्डियाले नेपालको भुमि बलजफ्ती कब्जामा राखेको क्षेत्रको सहितको टिस्टा र काम्घडाको भूभाग फिर्ती अभियान अर्थात ग्रेटर नेपालको मुद्धा र इन्डियन अत्याचार बिरुद्धको न्याय अभियान एक भिषण युद्ध मात्र हैन भयानक र कठिन पनि छ। यस कारण एक बहुबर्शिया परियोजना हो भन्दा फरक पर्दैन। तर शिक्षित , सचेत र देशभक्त नेपालीहरुको बौदिक युद्धले नाटकिय रुपमा – केहि दिन भित्र नै न्याय मिल्न सक्ने यथार्थलाई बुझ्न सके इन्डियाको अत्याचारको स्रिंखला बन्द हुने मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल बताउछन।
