बलिउडकी सफल र युवा अभिनेत्री आलिया भट्टले आफ्नो कपडाको ब्राण्ड ‘एड–ए–मम्मा’लाई लन्च गरेको तीन वर्षपछि यसलाई बेच्न लागेकी छिन् । बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार उनको कम्पनीले भारतको सबैभन्दा ठूलो औद्योगिक घरानामध्येको एक रिलायन्स इन्डस्ट्रिजको रिटेल कम्पनी किन्न लागेको हो ।
यो सम्झौताको सट्टामा आलियाले तीन सय करोड भारु पाउनेछिन् । प्रारम्भिक चरणका लगानीकर्ता भाष्कर मजुमदार भन्छन्, ‘यदि आलिया भट्ट र रिलायन्स समूहबीच यो सम्झौता भयो भने यसले भारतका ठूला फिल्म स्टारहरूको स्टार्ट–अप कम्पनीमा लगानी बढाउनेछ ।’ तिनीहरू सीधै ग्राहकसँग व्यापार गर्ने कम्पनीको मालिक बन्नेछन् ।