आगामी असार २८ देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टिम घोषणा गरिएको छ ।
रोहितकुमार पौडेल कप्तान रहेको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा रहेका छन् ।
सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामा हुने ग्लोबल टी–२० खेल्न जाँदैछन् भने ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन् जसको सट्टा टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका हुन् ।
कपमा नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ ।