इन्डियाले क्यानाडालाई धम्क्याउने रणनीतिको आबरणमा नेपाल जस्ता छिमेकी देशहरु माथि आतंकको हावा चलाएको यस परिस्थितिमा सार्वजनिक विज्ञप्तिले दिल्लीलाई तनाब थपेको छ।
इन्डिया र क्यानाडाको तनाब बढिरहेको स्थितिमा नेपाल द्वारा सार्वजनिक एक प्रेस बिज्ञप्तिमा भनिएको छ – २ देश बिचको ऐतिहासिक प्रिस्ठभुमि चर्चा गर्दै बिशिस्ठ मित्रताको अपेक्षा राखेको छ। थप भ्ननिएको छ सन् १९६५ जनवरी १८ देखि २ देश बीच कुटनैति सम्बन्ध रहदै आएको छ। त्यसो त् सन् २००९ अक्टोबर १ देखि नेपालले क्यानडाको ओतावामा आवासिय दुतावास खोलेर सम्बन्धलाई अझ ब्यापक बनाउन चाहेको अबगत नै छ।
हामीले हाम्रो तहबाट सम्बन्धको प्रयासमा कुनै कमि गरेका छैनौ। शिक्षा , भ्रमण या जुनसुकै भिसामा क्यानाडा जान चाहने नेपालीका लागि भिसा प्रक्रिया समेत इन्डियाबाट हुनुले हामीलाई असहज हुदै आएको छ। यसले २ देश बिचको संबन्धमा असजापन सिर्जना गरेको मात्र हैन भिसा प्रक्रियामा लागत समेत थपिएको छ। उक्त पत्रको नेपालि अनुबाद जस्ताको तस्तै –
२०८०-०६-२१
महामहिम प्रधानमन्त्री
जस्टिन ट्रुडो
क्यानडा
विषय : नेपालमा क्यानडाको आवासीय राजदूतावास अविलम्ब खोलियोस् भन्ने विषयमा
महामहिम ,
१९६५ जनवरी १८ मा नेपाल र क्यानडाबीच दौत्य सम्बन्ध स्थापना भएयता यी दुई देशबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । २००९ अक्टोबर १ मा नेपालले क्यानडाको ओट्टावामा आवासीय राजदूतावास स्थापना गरेपछि यो सम्बन्ध थप प्रगाढ भएको छ । क्यानडाको आवासीय राजदूतावास काठमाडौँमा खोलिएमा यो सम्बन्ध अझ कसिलो र बलियो बन्ने निश्चित छ ।
महामहिम, नेपालीलाई क्यानडाको भिसा लिन इन्डियाको दिल्ली जानुपर्ने बाध्यता हरेक दृष्टिकोणबाट पीडादायक देखिन्छ । आर्थिक भार, भौगोलिक दूरी र व्यक्तिगत सुरक्षाका कोणबाट हेर्दा भिसा लिन दिल्ली पुग्नुधेरै झन्झटिलो, असुरक्षित र खर्चिलो छ । क्यानडाको आवासीय राजदुतावास काठमाडौंमा स्थापना गरिएमा कूटनीतिक हिसाबले मात्रै होइन, मानवीय दृष्टिले पनि निकै उपयोगी हुनेछ । यसले कार्यले सार्वभौमसत्तासम्पन्न दुई मुलुक नेपाल र क्यानडाबीचको सम्बन्धलाई व्यावहारिक रूपमा पनि नयाँ उचाइमा पुर्याउनेछ र नेपालबाट क्यानडा जानचाहने मानिसहरूका साथै नेपालबाट घर फर्किने क्यानडाली नागरिकहरूसमेत धेरै लाभान्वित हुनेछन् । अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा महामहिम प्रधानमन्त्रीसमक्ष नेपालमा क्यानडाको आवासीय राजदूतावास खोल्ने व्यवस्था अविलम्ब गरिदिनहुन हार्दिक अनुरोध गर्दछ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ, नेपाल
बोधार्थ:
प्रधानमन्त्री, नेपाल

