इतिहासले बिर्सने छैन, रास्वपा सिर्जित “सुकुमवासी काण्ड”
सुकुमवासीको चिहानमा अभिजातवर्गीय महल ठड्याउने राज्य -अपराध विरुद्व लडेर सुकुमवासीजनको रक्षा गर्न नसकिएकोमा पश्चातापको क्षेमायाचना गर्दछु।
२०४६ को प्रजातन्त्र पुनर्स्थापना आन्दोलनदेखि कोशी खारेज आन्दोलनसम्म जहाँ सम्भव रह्यो, त्यहाँ अग्रमोर्चामा डटेर आएका कार्यकर्ता हौं, हामी।
यस पटक असक्षम हुन पुग्नुको पहिलो कारण शारीरिक अस्वस्थता र दोस्रो, राजनीतिक प्रतिकुलता रह्यो।
यद्यपि, २०८३ बैसाख १२ गतेको दिन रास्वपा सिर्जित “सुकुमवासी काण्ड” को रुपमा दर्ज भएको छ। जसलाई, इतिहासले कहिल्यै बिर्सने छैन।
ट्रेड युनियन र विद्यार्थी संगठन खारेजलाई खारेज गर्ने आन्दोलनसम्ममा त्यसको हिसाब हुने नै छ।
यो पनि कि नेपाली कम्युनिस्ट पार्टीको आशन्न महाधिवेशनले अपेक्षित लाईन ग्रहण गर्न सक्यो भने रास्वपाको आतङ्ककारी सरकारले २०८४ देख्न पाउने छैन ।