
शणयन्त्र कि शिक्षा? डा. युवराज संग्रौला र काठमाडौं स्कूल अफ लमाथिको विवाद –
यो भिडियो हेर्नुहोस
काठमाडौं, चैत २५, २०८१ – काठमाडौं स्कूल अफ ल (KSL) का संस्थापक प्रा. डा. युवराज संग्रौलामाथि यौन दुराचारको आरोप लागेपछि उनको व्यक्तित्व र संस्थाको भविष्यमाथि प्रश्न उठेको छ। कलेज स्थापना गर्दा खाइ-नखाइ गरेको लगानी, सुरुवाती समयमा बेतलबी प्राध्यापन, र अथक परिश्रमले गैरनाफामूलक संस्थाको रूपमा स्थापित KSL लाई अन्तरराष्ट्रिय ख्यातिसम्म पुर्याउनु सामान्य कुरा होइन। तर, आज यो संस्था र डा. संग्रौलाको योगदान विवादको घेरामा परेको छ। एक युवतीको नेतृत्वमा चलेको अभियानले संग्रौला र KSL को प्रतिष्ठा ध्वस्त हुने निस्चित जस्तै छ ।
डा. संग्रौलाको योगदान
डा. युवराज संग्रौला इतिहास, मानवअधिकार, संविधान, र राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनका क्षेत्रमा दर्जनौं पुस्तक लेख्ने विद्वान हुन्। उनले नेपाल र विदेशमा कानुनी शिक्षा, शोध, र नीति निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन्। KSL लाई नेपालको अग्रणी कानुन संस्थान बनाउन उनको भूमिका अतुलनीय छ। सुरुवाती दिनमा बिना तलब काम गरेर उनि र उनको टिमले यो संस्थालाई उभ्यायो, र यो गैरनाफामूलक संस्थाको स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्णयले उनिहरुको निस्वार्थ भावनालाई झल्काउँछ। यी कुराहरुले डाक्टर संग्रौलाको लोकपृयता ह्वात्तै बढ्यो । तर कुलीन पारिवारिक तन्त्र ( राजतन्त्र ) पुन स्थापित गर्न चाहने गिरोहले युबराज संग्रौला जस्तो लोकतन्त्रबादी बमपन्थी नेतालाई जसरिपनी सिध्याउन चाहन्थ्यो । जसरी महजोडिलाई समेत अनर्गल आक्षेप लगाईयो ।
विवादको सुरुवात
हालै एक युवती, जसले आफूलाई सन्ध्या गौतम (स्याण्डी) को रूपमा सामाजिक सञ्जालमा प्रस्तुत गरेकी छिन्, ती युवतिले डा. संग्रौलामाथि यौन दुराचारको आरोप लगाएकी छिन्। उनले प्राईटिभीको अन्तर्वार्तामा भनेकी छिन् , “संग्रौलाको दिमागमा सिकाउन लायक केही छैन, उ विद्वान नै होइन। उसले हेपेर बोल्छ, भर्बल ह्यारासमेन्ट गर्छ, र मलाई पनि गरेको होला।” तर जब उनलाई सोधियो, “तपाईं पीडित हो, प्रमाण के छ?” उनको जवाफ थियो, “म आफ्नो इच्छाबमोजिम अघि बढ्छु। म पीडित होइन, तर धेरै छन्।” उनले अदालत वा प्रहरीको बाटो किन नरोजेको भन्ने प्रश्नमा भनिन्, “उनीहरूले पैसामा न्याय किनबेच गरेको मैले देखेकी छु।” संग्रौलाले त्यसो गरे या गरेनन् भन्दा पनि एक ममौली बिध्यार्थिले त्यस्ता कुरा देख्न कसरी संभाव भयो? प्रस्न भने अनुत्तरित छ ।
डा. संग्रौलाको व्यक्तित्व र नीति
डा. संग्रौलाको आत्मविश्वासी प्रस्तुति, भाषा शैली, र बोली सबैलाई मन नपर्न सक्छ। विरोधी र शत्रुले त जता बंग्याए पनि हुन्छ। उनले विद्यार्थीहरूसँग आत्मीयता देखाउन आदरार्थी शब्दको कम प्रयोग गर्छन्, जसले केहीलाई असहज लाग्न सक्छ। KSL ले कुलीन धनाढ्य परिवारका विद्यार्थीबाट पूरै शुल्क लिने, तर गरिब र सीमान्तकृत समुदायका विद्यार्थीलाई विशेष संरक्षणसहित छात्रवृत्ति दिने नीति अपनाएको छ। यो नीतिले कुलीन समुदायमा आक्रोश निम्त्याएको हुन सक्छ।
कलेजले आफ्ना मूल्य-मान्यताअनुसार विद्यार्थीको आचरण, लवाइखवाइ, र चालढालमा विशेष निगरानी राख्छ। नेपाली समाजमा फरक देखिने बोली, व्यवहार, र लवाइखवाइ अपनाउने केही विद्यार्थीप्रति कलेजले कडाइ गरेको कारण यो समूह संग्रौला र KSL विरुद्ध लागेको हुन सक्छ। KSL को गैरनाफामूलक संरचना र सरकारलाई हस्तान्तरण हुने भनिएकाले संग्रौलाको व्यक्तित्वलाई थप उचाइ दिएको ठान्न सकिन्छ यस्बाट बिरोधिहरु तालिएर संग्रौलाको स्थापित पहिचान र व्यक्तित्व भत्काउन यो अभियान चलाइएको त हैन ? आसंका गर्नेठाउ देखिन्छ ।
आरोपको आधारहीनता
सन्ध्या गौतमको भनाइमा कुनै ठोस प्रमाण वा पीडितको नाम उल्लेख छैन। उनले “म डकुमेन्ट्री बनाएर संग्रौला र KSL लाई पुरै पत्तासाफ गरिदिन्छु” भन्ने धम्की दिएकी छिन्। उनको यो अभिव्यक्ति प्रतिशोधपूर्ण र योजनाबद्ध देखिन्छ। यदि यौन हिंसाजन्य अपराध भएको हो भने पीडित को हो? प्रमाण के छ? भन्ने प्रश्नमा उनको जवाफ अस्पष्ट छ। यो कुराले उनको दाबीलाई मनगढन्ते र झूटो देखाउँछ। त्यसमाथी उनले पैसाको डिल गरेको तर डाक्टर युबराज संग्रौलाले नदिएको पनि भनेकि छन । यस्ले देशमा बिधमान परिस्थिती र अराजकतालाई औल्याउछ ।
भित्री रणनीति र स्वार्थ
सामाजिक सञ्जाल र केही पूर्व विद्यार्थीको समर्थनमा चलेको यो अभियानको पछाडि ठूलो स्वार्थ लुकेको आशंका छ। सन्ध्याले भनिन्, “यो कलेजमा आफूअनुकूलका शिक्षक र व्यवस्थापक राख्न मन छ।” यो भनाइले KSL माथि नियन्त्रण कायम गर्ने उद्देश्य प्रस्ट हुन्छ। कुलीन समूह वा शक्ति केन्द्रले संग्रौला र उनको टिमलाई हटाएर आफ्नो प्रभाव जमाउन यो अभियान चलाएको हुन सक्ने संकेत देखिन्छ।
सञ्चार माध्यम र सामाजिक सञ्जालको भूमिका
यो प्रकरणले सामाजिक सञ्जालमा ठूलो हलचल मच्चाएको छ। फेसबुक र ट्विटरमा सन्ध्याको पोस्ट सयौं पटक सेयर भएको छ। प्राइम टिभीको अन्तर्वार्तामा डा. संग्रौलाले आफूमाथिको आरोप अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेका छन्। काठमाडौं पोस्ट (चैत १५, २०८१) र माइ रिपब्लिकाले यो समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेका छन्। तर, आरोप लगाउने समूहले कानुनी बाटो नरोजी चरित्र हत्यामा केन्द्रित भएको देखिन्छ।
सन्ध्या गौतमको पृष्ठभूमि
सन्ध्या गौतमले KSL मा ६ वर्ष पढिन्, तर बीचमै ड्रपआउट गरिन्। उनको प्रस्तुति र बोली असामान्य र योजनाबद्ध देखिन्छ। उनले भनेकी छिन्, “KSL को पढाइ गुणस्तरहीन छ, प्राध्यापक अयोग्य छन्, र संग्रौला काम नलाग्ने मान्छे हुन्।” तर, KSL मा भर्ना हुन प्रतिस्पर्धा पास गर्नुपर्छ, र डा. संग्रौला विश्वमा ख्यातिप्राप्त प्राध्यापक हुन्। यो कुराले उनको दाबीलाई आधारहीन बनाउँछ।
डा. संग्रौलाको प्रतिक्रिया
डा. संग्रौलाले यो अभियानलाई आफ्नो व्यक्तित्व र KSL को प्रतिष्ठा ध्वस्त पार्ने षड्यन्त्रको रूपमा लिएका छन्। उनले भने, “जेनरेसन ग्यापका कारण मेरो भाषा र प्राध्यापन शैलीमा विद्यार्थीको मतभेद भएको हुन सक्छ। म निर्देशक पदमा रहन्नँ, र LLB तह पनि पढाउँदिनँ।” यो निर्णयले उनि मात्र हैन स्वयं बिध्यार्थिहरु समेत पिडित भए जो संग्रौलाको शिक्षण बिधिबाट आकर्शित भएर उक्त कलेजमा भर्ना भएका थिए ।
आशंका र प्रश्नहरू
– सन्ध्या आफैं डिप्रेसनको रोगी भएको र मुद्दा नहाल्ने बताउँछिन्। उनको नेतृत्वमा चलेको अभियानमा ४ दर्जन पूर्व विद्यार्थी जोडिएका छन्, तर किन कानुनी बाटो रोजिएको छैन?
– यदि डा. संग्रौला र उनको टिम हट्यो र KSL को तालाचाबी हामिलाई बुझाईयो भने मात्र यो प्रकरण समाप्त हुन्छ भन्नुको अर्थ के ? के यो नियोजित खेल हैन ?
– KSL को कडा अनुशासन र छात्रवृत्ति नीतिले असन्तुष्ट समूहले संग्रौलाको व्यक्तित्व भत्काउन यो अभियान चलाएको त छैन?
निष्कर्ष
जनताका हक थप अधिकारहरु संस्थागत गर्दै जनउत्तरदायी लोकतन्त्र स्थापना र सुसासन कायम गर्नका लागि राज्यलाई दबाब दिनुपर्ने बेलामा भएका अधिकार समेत शाह बंशलाई सुम्पिने ओकालत भैरहनु मात्र हैन यस्ता आत्मघाती प्रपन्चमा स्वयं जनतालाई होम्न सफल हुनुले राजाबादिहरुको भ्रमको राजनिती कम्ता खतरनाक छैन भन्ने बुझिन्छ । यथास्थितिबादीहरु र प्रतिगमनकारि(राजाबादी राप्रपा)हरु अहिले संयुक्तरुपमा अन्धबिस्वास र भ्रमको राजनिती गरिरहेका छन जुन कुरा सामन्य जनताले बुझ्न सक्दैनन् ।
यसै परिस्थितिमा समानता, समन्याय र हरेक प्रकारका नागरिक विभेद बिरुद्ध बामपन्थी बिचारधारा बोकेका डा. संग्रौला र KSL माथिको यो विवाद सत्यको खोजीभन्दा पनि प्रतिशोध र स्वार्थले प्रेरित खेल हो भन्ने लाग्छ। आरोपमा प्रमाणको अभाव, सामजिक सन्जाल र मिडियामा बोल्दै आएकी ती युवतिको अस्पष्ट र कुटिल अभिव्यक्ति, र कानुनी बाटो नअपनाइनुले यो षड्यन्त्र हो भन्ने आसंका अझ बढाएको छ । KSL को गैरनाफामूलक संरचना र डा. संग्रौलाको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन। यो प्रकरणको निष्पक्ष छानबिन जरुरी छ, ताकि सत्य बाहिर आओस् र दोषीमाथि कारबाही होस्। तर पिडित भन्दै मिडिया र सामाजिक सन्जालमा आउने स्याण्डिहरु यो देशका पिडित हुन या स्वर्थ समुहको गोटि? सरोकारवाला नागरिक समजले पहिचान गर्न जरुरी छ । सांसदको लाज हरायो भने ग्यानेन्द्र शाही हुन्छ जसरि राप्रपाका ग्यानेन्द्र शाहीले आफ्नो आज्ञानता या अशिक्षाको परिणाम अध्यादेश,बिधेयक, संबिधान र कानुनका बिषयमा जे जसरी अपब्याख्या गर्दै अभिब्यक्ती दिइरहेका छन । सांसद भएपछी जे बोलेपनी हुन्छ र जनताहरु सबै भेडाहुन भन्ने मनोभावनाले ग्रसित हुदा सांसदको गरिमा नै घट्न पुगेको छ । यति सम्मकी राजाबदिहरुले एक।पत्रकारलाई जिउदै जलाएर गरेको हत्या होस या जडिबुटिको औषधि कारखाना जलाएर इण्डियालाई खुसि पार्न गरेका हर्कतहरु हुन् यी तमाम बिशयमा जनमतको धज्जी उडाएका छन । त्यसैगरी अहिलेपनि नारी ससक्तिकरणका मुद्धाहरु जिबितै रहदा स्वार्थ समुह द्वारा कलंकित प्रयासहरु भए भने समग्र महिलामाथी आसंका बढ्ने छ जसरी ग्यान बहादुर शाहिले संसदको धज्जी उडाएका छन । यसर्थ पिडित भनिएका र पिडक भनिएका दुबै जिम्मेवार बनौं ।
प्राईम टिभी, काठमाडौं पोस्ट, माइ रिपब्लिका र सामाजिक सञ्जाल लगायतको सहयोगमा ।