बाघ कराउनु बाख्रो हराउनु भने झै नेपालमा विभिन्न अराजक समुहको सकृयता बढिरहेको समय मात्र हैन प्रहरिका अघिल्ला आईजिपी वसन्त कुवारको अबकास र नयाँ आइजिपी दिपक थापाको पदभार संगै यो ठूलो परिणामको रकम बरामद हुनुलाई विभिन्न कोणहरुबाट समेत हेर्ने गरिन्छ ।

यति मात्र हैन नेपालमा नियन्त्रण अस्थिरता कायम गरि आफू अनुकुलका प्रस्तावहरुमा सत्ता पक्ष र बिरोधी दुबैलाई परिचालित गर्न बाध्य गर्दै आएको तथ्य घाम जस्तै छर्लंग छ । इण्डियन पक्षले दिएका पछिल्ला बयानबाजिहरुले पनि पुष्टि गरेको छ कि राजाबादी सकृयता र परिचालित समुहमा उस्को हात छ ।
नेपाल प्रहरिको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले बर्तमान बिनिमय दर अनुसार रु. २५,१९,२४,९५०।– ( पच्चिस करोड उन्नाईस लाख चौबिस हजार नौ सय पचास ) रुपैया बराबरको अमेरीकी डलर, युरो लगायत विभिन्न देशका अबैध मुद्राहरु नियन्त्रणमा लिएको थियो ।
यो पैसा इण्डिया बाटै आएको पनि विभिन्न कोणहरुबाट खुलि सकेको छ । नेपालमा इण्डियाको नियन्त्रण कायम गर्ने बार्गेनिङमा राजाबादी समुहको दिल्ली भक्तिलाई रहस्यका रुपमा हेरिरहिएका बेला यत्रो रकम फेला परेको हो । राजाबादी अभियान्ता दुर्गा प्रसाईं र बालकृश्ण न्यौपानेले दिल्लिको उक्सहट र समथनमा चलाईएको यो आन्दोलनले ग्यानेन्द्रलाई राजा बनाई छोड्ने सगर्भ घोसणा नै गर्नुले घटनालाई थप रहस्यमय बनाएको छ ।
२०८१ चैत्र ०४ गते रातिको करिव ११ बजेको समयमा काठमाण्डौको टोखा नगरपालिका वडा नं.०२ झोरमा ना. ७ ख १६५२ नं.को मालबाहक ट्रकको बर्नरमा चलाखिपुर्ण तवरले उत्तर तर्फ लगिदै गर्दा पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
४३ बर्शिय फुच्चे भन्ने कुसाङ लामा सिन्धुपाल्चोक जिल्लाको साबिक भोटेकोशी गा. पा. वडा नं ०१ का स्थायी बासिन्दा हुन भने हाल उनी काठमाण्डौको गोकर्णेश्वर न.पा. वडा नं.०२ मा बस्दै आएका थिए ।
तर रहस्यमय कुरा त यो छ कि यश अघि २०७३ साल पौष १३ गते ७ के.जि. सुन सहित पक्राउ परी राजश्व छली सुन चोरी पैठारी मुद्दामा ५ बर्ष कैद भुक्तान गरेका ब्यक्ती रहेको पत्ता लाग्यो । यसबाट उनी पेसेवर गिरोहका भरपर्दो कारिन्दा रहेको देखाउछ ।
उनलाई अवैध तरीकाबाट भन्सार तथा राजस्व छलिगरि अवैध विदेशी मुद्राको कारोवार गरेको कसुरमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाईएको प्रहरिले जनाएको छ ।
प्रहरिले दिएको बरामदी विवरण यस्तो छ ।
१. अमेरीकी डलर (USD) -$ १०० दरका नोटहरु जम्मा थान ३,११९ (तिन हजार एक सय उन्नाईस)
२. अमेरीकी डलर (USD) -$ ५० दरका नोटहरु जम्मा थान १७९ (एक सय उनान्असी)
३. युरो (Euro) – ५०० दरका थान ११ (एघार)
४. युरो (Euro) – २०० दरका थान ४८० (चार सय असी)
५. युरो (Euro) – १०० दरका थान ४१४८ (चार हजार एक सय अड्चालिस)
६. युरो (Euro) – ५० दरका थान १७१७७ (सत्र हजार एक सय सतहत्तर)
७. नारायणी प्रदेश-७ ख १६५२ को मालबाहक ट्रक गाडी थान- १
८. मोवाईल- थान २