
.
.
सभामुख देबराज घिमिरे र फणिन्द्र नेपाल बिच के कुरा भयो ? सन्दर्भ के थियो ? आखिर किन प्रहरीले घेर्यो ?
ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल नेतृत्वको टोलिले प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे संग भेटि कालापानी, लिपुलेख र लिम्पियाधुरामा जवर्जस्ती बस्दै आएको इन्डियन फौजलाई त्यहाबाट हटाउन संसदले संकल्प प्रस्ताव पास गर्नु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको छ। आज अपराहन्न १२ बजे सभामुखको कार्यकक्ष सिंहदरवार पुगेर उक्त ज्ञापन पत्र बुझाएका थिए। सभामुखलाइ पत्र बुझाउदै केहि भलाकुसारी समेत गरेको बुझिएको छ। सभामुख संगको भेट पछि उनीहरु पररास्ट्र मन्त्रालय पुगेका थिए। त्यहा उनीहरुले केहि कुटनितिक विज्ञहरु संग भेट र कुराकानी गरेका थिए। पररास्ट्र मन्त्रालयको भेट पछि बाहिरिदै गर्दा कालो किताब संग कुरा गर्दै गर्दा उनीहरुलाई प्रहरीले घेरा हालिसकेको थियो। त्यस पछि प्रहरीले सोधपुछ थाल्यो। कसरि पस्नु भयो ? कहाबाट अनुमति लिनुभयो ? पत्र देखाउनुस भन्दै प्रहरीले केरकार गर्यो। अन्तत लामो कुराकानी र प्रहरीको जवाफ पछि उनीहरु प्रहरी निगरानीबाट छुटेका थिए।
थप जानकारीका लागि सुरु देखि अन्त्य सम्मका घतिबिधिहरु यो भिडियोमा हेर्नुहोस –
थप अन्य तस्विरहरु