अहिले कांग्रेसको समर्थनमा एमालेको नेतृत्वको सरकार छ। तुलनात्मक रुपमा एमालेलाई रास्ट्रबादि ठान्ने गरिदै आएको थियो तथापि अहिले मध्यान्ह १२ बजे केपी ओली सरकारको १२ बजाउने भन्दै ग्रेटर नेपालले सिंह दरवारमा प्रदर्सन गर्दै छ ।
लेपुलेख खालि अभियानलाइ गति दिन दाबबका लागि ग्रेटर नेपाल रास्ट्रबादि मोर्चा द्वारा आज मध्यान्ह १२ बजे देशको केन्द्रीय प्रसासनिक केन्द्र, काण्ठमाण्डौमा प्रदर्सन गर्ने मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बताएका छन्। यधपी ग्रेटर नेपाल रास्ट्रबादी मोर्चा र ग्रेट नेपाल कम्युनिस्ट पार्टि नेपाल बिच सहकार्य रहदै आए पनि आजको प्रदर्सनमा संयोजक फणिन्द्र नेपाल एक्लै अग्र मोर्चामा उभिने बुझिएको छ। कालो किताब संगको अन्तर्वार्तामा संयोजक नेपालले भनेका छन् – “आजको गतिविधिमा कम्युनिस्ट पार्टिका युवा दस्ता या लाल सेनाको कुनै भूमिका रहने छैन। “