मकवानपुर,
नेपालमा आत्महत्याको शृंखला बढ्दो छ। आधुनिकता र खुला सामाजिक जिबनसैली संगै मानबिय सोच र जीवनका तौर तरिकामा ब्यापक बदलाब आउनु अनौठो भएन। प्रबिधि र सुचना संचारको ब्यापक बिकासको उपयोग गर्दै कैयौले जिबनलाई सफल र सुखद समेत बनाएका छन्। तर केहीको जिबनमा भने निरासा र जिबन प्रति आसक्ति पैदा हुदै गएको दुखद समाचारहरु पनि उत्तिकै मनन योग्य छन्।
२०८०-११-२० मा मकवानपुरगढी गाउँपालिका-२, वरभञ्ज्याङ बस्ने राम बहादुर बम्जनको श्रीमती वर्ष अन्दाजी २९ की अनन्दी बमन्जनले आफ्नै घरको फलामको डण्डीमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरीले बताएको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको समाचार छ ।
बागमती प्रदेस प्रहरीका अनुसार फागुनको १ गते देखि २० गते सम्मको समयमा मात्र आत्मा हत्याका २२ वटा घटनाहरु भएको उल्लेख छ। भने चितवनको सालिन पोखरेलको घटनाको बारेमा प्रदेश प्रहरीले आफ्नो वेबसाइटमा कुनै कुरापनि उल्लेख गरेको छैन। अर्थात समाचार बनाएको छैन।
पारिवारिक कलस , बिग्रह र घर झगडाका घटना पनि उत्तिकै बढेका छन्। त्यसो जनसंख्याको वृद्धि संगै यस परकारका घटनाहरु पनि बढ्दै गएको देखिन्छ। तथापि आत्महत्याको घटना न्युनिकरणमा विभिन्न कारणले काम गरेको पाइन्छ। त्यसो त् बिगतमा सुचना संचारको महुचमा रहेको सीमितताका कारण यस्ता घटनाहरु निश्चित स्थानमा मात्र सिमित रहने गर्दथे। यधपी यस्ता घटना न्युनिकरणका लागि बिशेष पहल हुन् पनि उत्तिकै जरुरि छ।