जेनजी आन्दोलन: नागरिक शक्ति र नयाँ राजनीतिक कदम
काठमाडौं, २३ भदौ २०८२ – प्रत्यक्ष निर्वाचित राष्ट्रपति र स्थिर सरकारको माग राख्दै सुरु भएको जेनजी आन्दोलनले नेपालमा नागरिक असन्तुष्टिको शक्ति प्रदर्शन गरेको छ। यो आन्दोलनले विश्वलाई उदाहरण दियो कि जनताको आवाज सामु कोही पनि ठूलो हुँदैन। तर, प्रश्न उठ्छ– के यो असन्तुष्टि वस्तुगत थियो, वा भ्रममा आधारित?
आन्दोलनको बलमा सत्ता परिवर्तन भएको र व्यवस्था हल्लिएको भए पनि त्यही शक्ति अहिले किनारामा परेको देखिन्छ। आन्दोलनमा घुसपैठको आशंका पनि व्यक्त गरिएको छ। आन्दोलनका क्रममा २२ जनाले ज्यान गुमाए भने चोरी, आगजनी र अन्य अपराधमा संलग्न ७६ जनाको मृत्यु भएको नेपाली सेनाले जनाएको छ। मृतकमा प्रहरी, कैदी र आफैंले लगाएको आगोमा जलेकाहरू समेत छन् ।
जेनजी आन्दोलनको नेतृत्वकर्ता मिराज ढुंगानाको समूहले आज शनिबार पत्रकार सम्मेलन गर्दैछ। यो समूहले राजनीतिक पार्टी दर्ता गर्ने घोषणा गरेको छ। विगतमा आफ्ना एजेन्डा लुटिने त्रास बोकेको यो समूहले सक्रियता बढाइरहेको छ।