
काठमाडौं — सरकारले बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझालाई हटाएर जनकराज शर्मालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्राधिकरणको नयाँ अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघिका अध्यक्ष शरद ओझाको योग्यता र शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठेपछि सरकारले उनलाई पदबाट हटाउने निर्णय गरेको हो। ओझाको नियुक्तिमाथि सुरुदेखि नै विवाद हुँदै आएको थियो।
नवनियुक्त अध्यक्ष जनकराज शर्मा यसअघि बीमा प्राधिकरण लगायत विभिन्न वित्तीय संस्थामा काम गरिसकेका अनुभवी बताईएपनी उनको कामको परिणामले योग्यताको फैसला गर्ने छ । उनले बीमा क्षेत्रमा देखिएका अनियमिततालाई नियन्त्रण गर्दै बीमाको पहुँच विस्तार गर्न सक्नु पर्ने छ ।