
नेपालको स्वाधीनतामाथि राजावादीहरूको धृष्टता: फणिन्द्र नेपालको तीव्र आक्रोश
मिति: २०८२ जेठ ११, आइतबार
नेपालको इतिहासमा राणा शासन, पञ्चायती तानाशाही, बहुदलीय राजतन्त्र र गणतन्त्रका विभिन्न कालखण्डमा सत्ता र शक्तिको चरम दुरुपयोग गरी जनतामाथि ज्यादती, हत्या र दमन गर्ने राजावादी नेताहरूको कालो इतिहास छ। पशुपतिशमशेर राणा, नवराज सुवेदी, कमल थापा, केशरबहादुर बिष्टले राजाको आशीर्वाद पाएकै कारण एकछत्र ३० वर्ष शासन गरे। राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, रविन्द्र मिश्र र पूर्व एमाले धवलशमशेर राणाजस्ता व्यक्तिहरूको विगत खोतल्ने हो भने लाज पनि लजाउँछ। १०४ वर्षको राणा शासनका उत्तराधिकारी पशुपतिशमशेर राणा, ३० वर्षको पञ्चायती तानाशाही शासनका प्रकाशचन्द्र लोहनीसहितका अहिलेका राप्रपा र राप्रपा नेपालका नेताहरूले १८ वर्षको बहुदलीय राजतन्त्र र गणतन्त्रको १८ वर्षमा सत्ताको रस चुसेर आफ्नो स्वार्थ सिद्ध गरे, तर अझै अघाएका छैनन् र भारतको नेतृत्वमा देशमा आगो सल्काएर राजनीतिको रोटी सेकिरहेका छन्। पुष्टि गर्दै नवराज सुवेदीले व्यक्त गरेका कुराले देश नै तरङ्गित भएको छ। यी राजावादीहरूले भारतको आशीर्वादमा राजतन्त्र पुनर्स्थापनाको नारा लगाउँदै जनताको बितृष्णालाई दुरुपयोग गरी सत्तामा फर्कने सपना देखिरहेका छन्। राजावादी अभियानका कमान्डर नवराज सुवेदीको हालैको गैरजिम्मेवार अभिव्यक्तिप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले तीव्र आक्रोश व्यक्त गरेका छन्। नेपालको स्वाधीनता र राष्ट्रियतामाथि राजावादीहरूले खुल्लमखुल्ला भारतलाई आमन्त्रण गरेकोप्रति गम्भीर प्रश्न उठाउँदै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले चिन्ता व्यक्त गरेका छन्। राजावादीहरूको गैरराष्ट्रवादी चरित्र र विदेशी शक्तिको प्रभावमा सत्तामा फर्कने नियतलाई उजागर गर्दै अध्यक्ष नेपालले आफ्ना धारणा सार्वजनिक गरेका छन्।
फणिन्द्र नेपालले किन आक्रोश पोखे?
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नवराज सुवेदीको जेठ १५, २०८२ मा घोषित अनिश्चितकालीन आन्दोलनको नारालाई नेपालको स्वाधीनता र राष्ट्रियताविरुद्धको खुला चुनौती ठानेका छन्। सुवेदीले यसो भनेका थिए:
“१५ गतेदेखि अनिश्चितकालीन आन्दोलन हामीले गरेर गणतन्त्र ढाल्नैपर्छ। राजा आएन भने नेपाल युक्रेन हुन्छ र भारतले, चीनले आफ्नो देश जोगाउनका लागि नेपाललाई कश्मीर खाइदिएजस्तो खाइदिनेछन्।”
फणिन्द्र नेपालले यो अभिव्यक्तिको अन्तिम अनुच्छेदमा विशेष आपत्ति जनाएका छन्, जहाँ सुवेदीले भने:
“राजा आएन भने नेपाल युक्रेन हुन्छ र भारतले, चीनले आफ्नो देश जोगाउनका लागि नेपाललाई कश्मीर खाइदिएजस्तो खाइदिनेछन्।”
यो अभिव्यक्तिलाई फणिन्द्र नेपालले गैरजिम्मेवार, भ्रामक र राष्ट्रियताविरुद्धको धृष्टतापूर्ण कदमको संज्ञा दिएका छन्। उनले प्रश्न उठाए:
सुवेदीले नेपाललाई युक्रेन र कश्मीरसँग तुलना गरेर नेपालको स्वतन्त्रता र सार्वभौमसत्तामाथि प्रश्न उठाएर भारतले नेपाल कब्जा गरिदिने अनुकूल समय आएको सन्देश प्रवाह गरेर कसलाई र किन खुसी तुल्याइँदै छन्? यो दाबी कुन आधारमा गरियो? कसलाई नेपाल सिध्याउन उकासेको हो?
>अनावश्यक रूपमा भारतलाई खुसी बनाउनकै लागि यस्तो दुस्साहसपूर्ण अभिव्यक्ति किन?
नेपालको स्वतन्त्रताका निम्ति ढाल बन्दै आएको छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनविरुद्ध बोल्ने दुस्साहस नवराज सुवेदीमा कसरी पलायो? सुवेदीसँग यस विषयमा के प्रमाण छ? के चीन यसैको ताकमा रहँदै आएको हो?
यहाँ राष्ट्रियताविरुद्ध जे बोले पनि छुट छ? यो धृष्टताको पछाडि को छ? कुन देश छ?
यसमाथि जवाफदेही कारबाही कसले गर्छ? प्रधानमन्त्री बोल्नुहुन्छ कि सुरक्षा निकायले जवाफ खोज्छ?
फणिन्द्र नेपालले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको तर्फबाट सुवेदीमाथि तत्काल कडा कारबाहीको माग गरेका छन्। उनले यो अभिव्यक्तिलाई वीभत्स विचार भन्दै नेपालको राष्ट्रियता र मित्रराष्ट्रसँगको सम्बन्धलाई कमजोर बनाउने षड्यन्त्रको हिस्सा भएको ठहर गरेका छन्। उनले थप भने:
यो अभिव्यक्ति केवल राजतन्त्र पुनर्स्थापनाको नारा होइन, यो नेपालको स्वाधीनतामाथिको खुला आक्रमण हो। यस्ता गैरराष्ट्रवादी तत्वहरूलाई तत्काल कारबाही नगरे देशको भविष्य खतरामा पर्नेछ।
राजावादीहरूका नेतृत्वले व्यक्त गरेका यस्ता धारणाप्रति ग्रेटर नेपालका अध्यक्ष नेपालले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
पृष्ठभूमि: राजावादीहरूको कालो इतिहास
नेपालको इतिहासमा राजावादी नेताहरूले सधैँ जनताको स्वतन्त्रता र अधिकारलाई कुण्ठित गरेर सत्ताको दुरुपयोग गरेका छन्। यी नेताहरूले गणतन्त्र स्थापनापछि पनि विदेशी शक्तिको आशीर्वादमा सत्तामा फर्कने प्रयास गरिरहेका छन्।
राणा शासन (१०४ वर्ष):
वि.सं. १९०३ देखि २००७ सम्म बाबु विजय शमशेर र हजुरबा श्री ३ मोहन शमशेरका अन्तिम उत्तराधिकारी हालका राप्रपा नेता पशुपतिशमशेर राणा हुन्। राणाहरूले जनतामाथि चरम शोषण र दमन गरे। राणाहरूले सेना, प्रहरी र प्रशासनको दुरुपयोग गरी जनताको स्वतन्त्रता कुण्ठित गरे।
पञ्चायती तानाशाही (३० वर्ष):
वि.सं. २०१७ देखि २०४६ सम्म महेन्द्र र वीरेन्द्रको प्रत्यक्ष शासनमा नवराज सुवेदी, कमल थापा र केशरबहादुर बिष्टजस्ता नेताहरूले जनआन्दोलन दबाउन सेना र प्रहरीको दुरुपयोग गरे। मल्लिक आयोगले सुवेदीलाई २०४६ को जनआन्दोलन दमनमा फौजदारी लापरबाही को दोषी ठहर गरेको थियो। उनले २०३६ को जनमत सङ्ग्रहमा सर्पको छाला तस्करीको योजनामा संलग्न भएको आरोप पनि छ।
बहुदलीय राजतन्त्र (१८ वर्ष):
वि.सं. २०४६ देखि २०६२ सम्म कमल थापाले गृहमन्त्रीको रूपमा जनआन्दोलन दबाउन गोली प्रहार र ज्यादतीको आदेश दिए। केशरबहादुर बिष्टले पनि राजतन्त्रको संरक्षणमा सत्ता र शक्तिको दुरुपयोग गरे।
गणतन्त्रमा स्वार्थ (१८ वर्ष):
गणतन्त्र स्थापनापछि पनि यी नेताहरूले भारतको समर्थनमा राजतन्त्र पुनर्स्थापनाको नारा लगाएर सत्तामा फर्कने प्रयास गरिरहेका छन्।
ज्ञानेन्द्र शाहको गैरराष्ट्रवादी चरित्र
ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा बनेका एकमात्र व्यक्ति हुन्। वि.सं. २००७ मा राणा शासनविरुद्ध त्रिभुवन र महेन्द्र भारत शरण गएपछि उनलाई बाल्यकालमा राजा बनाइएको थियो। दोस्रो पटक, २०५८ जेठ १९ को नारायणहिटी दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नष्ट भएपछि उनी राजा बने। यो हत्याकाण्डमा युवराज दीपेन्द्रलाई दोषी ठहर गरिए पनि, ज्ञानेन्द्रको परिवारलाई कुनै क्षति नपुगेको र उनको संलग्नताको आशंका जनतामाझ व्यापक छ। स्वतन्त्र र वैज्ञानिक अनुसन्धान रोकिएको थियो।
दरबार हत्याकाण्ड र सम्पत्ति हत्याउने आरोप:
दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रले वीरेन्द्रको श्रीपेच मात्र होइन, शाह वंशको सम्पत्ति पनि हत्याएको आरोप छ। हत्याकाण्डपछि उनले सम्पत्ति व्यवस्थापनमा ध्यान केन्द्रित गरेको र जनताको ध्यान मोड्न गद्दीत्याग गरेको ठानिन्छ। गणतन्त्र स्थापनापछि पनि उनले सम्पत्ति लुकाउने र व्यवस्थापन गर्ने कार्यमा सक्रिय रहेको आशंका छ। हाल सम्पत्ति व्यवस्थापन सकिएपछि उनी पुनः राजतन्त्रको पुनर्स्थापनाको अभियानमा लागेको बलियो आरोप छ।
राष्ट्रियताप्रति मौनता:
ज्ञानेन्द्रले आफ्नो शासनकालमा कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, सन्दकपुर, तिलाठीजस्ता सीमा विवादमा कहिल्यै बोलेनन्। गणतन्त्र स्थापनापछि पनि यी मुद्दामा उनको मौनता रह्यो या समर्थन रहयो । बरु राजाले नक्साबाटै हटाएको लिम्पियाधुरा क्षेत्रमा देशको नक्सा मै समेटेर संसदबाट अनुमोदन गर्यो तर पुर्व राजाले देशको पीडा र इण्डियन अतिक्रम्ण संबन्धमा आँखा चिम्लिदै आए किन ? अनुत्तरित मान्न सकिन्न ।
शाही शासनको दुरुपयोग:
२०५९ असोज १८ पछि ज्ञानेन्द्रले लोकेन्द्रनहादुर चन्द, सूर्यसहादुर थापा र शेरबाहादुर देउवलाई प्रधानमन्त्री बनाएर प्रत्यक्ष शासन चलाए। २०६१ माघ १९ मा उनले संविधान निलम्बन गरी पूर्ण शाही शासन लागू गरे, जसलाई सात दलले शाही प्रतिगमन को संज्ञा दिए।
राजावादी नेताहरूको अवसरवादी र गैरराष्ट्रवादी चरित्र अधिक देखिने गरेको पुरानै चरित्र हो।
राजावादी नेताहरूको अवसरवादी र गैरराष्ट्रवादी चरित्र
-
राजेन्द्र लिङदेन: राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेर निर्वाचनमा झापा–३ बाट सांसद बनाए। एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएर जिताउन सहयोग गरेको थियो। पंचायतकालमा प्रधानपन्च थिए, र लिङदेनले विद्यार्थी जीवनदेखि नै पंचायत समर्थक संगठनमा सक्रियता देखाए। ग्यानेन्द्र शाहले उनको सैनिक सासनका समय सिधै झापा जिल्ला सभापती नियुक्त गरिदिएका थिए । २०६२/६३ को जनआन्दोलनमा उनलाई राजावादी भएको आरोपमा बिर्तामोडमा कालोमोसो दलिएको थियो। आदिवासी जनजाति समुदायबाट आए पनि उनले जातीय आरक्षणको विरोध गरेर विवादास्पद छवि बनाएका छन्।
ज्ञान ब शाहि: राप्रपाका नेता ज्ञान ब शाहीले पहिले गणतन्त्रको पक्षमा अभियान चलाएर चर्चा कमाएका थिए, तर हाल राजतन्त्र पुनर्स्थापनको नारा लगाएर अवसरवादी चरित्र देखाएका छन्। भोलि के गर्छन्, के बोल्छन्? भन्ने कुनै ठेगान छैन। राष्ट्रिय सभालाई बृद्धाश्रम भनेर आलोचना गर्ने शाहीको राजावादी समूहले विकल्पका रूपमा प्रस्तुत गरेका ज्ञानेन्द्र शाह ८० हाराहारीका छन्। भने, ज्ञानेन्द्रले गठन गरेको राजावादी आन्दोलनका कम्मान्दर नवराज सुवेदी ९० वर्ष हाराहारीका छन्।। नेपालको संसदिय इतिहासमै स्तरहीन चरित्र प्रस्तुति गर्ने निकृष्ट व्यक्तित्वको पहिचान स्थापित गर्ददै उनले बारम्म्बार निम्न कोटिका अभिव्यक्ति दिने गरेका छन्।
रविन्द्र मिश्र: बीबीसी नेपाली सेवामा पत्रकार र सम्पादक रहेका रविन्द्र मिश्रले विवेकशील साझा पार्टीमार्फत गणतन्त्र र सङ्घीयताको पक्षमा अभियान चलाएर चर्चा कमाएका थिए।। तर, २०७। मा राप्रपामा प्रवेश गरेर राजतन्त्र र हिन्दू राष्ट्रको वकालत गर्न थाले। उनको यो परिवर्तनलाई अवसरवादी कदमको रूपमा हेरिन्छ। अर्थात्, यिनीहरू जसले सधैं जे पनि गर्न र बोल्न सक्छन्।
धवलशमशेर राणा: राणा प्रधानमन्त्री देव शमशेरका उत्तराधिकारी सन्तति धवलशमशेर २०५४ सालको स्थानीय निकायको चुनावमा एमालेबाट चुनाव लडेर नेपालगञ्जको मेयरमा निर्वाचित भएका थिए। राप्रपाका महामन्त्री धवलशमशेर राणा एमालेको जनमतले चुनाव जितेका राप्रपा सांसद हुन्। कमल थापाले त एमालेको सूर्य चुनाव चिह्नबाटै चुनाव लडेका थिए। राप्रपाभित्र पनि धनाढ्य र कुलीन समूहले आफूलाई अझै राजा वा राजपरिवारको उत्तराधिकारी ठानेर अन्य जातिलाई तल्लो दर्जाको ठान्ने पुरानो संस्कार छ। जातिका हिसाबले उच्च र नीच, वर्गीय हिसाबले कुलीन र गरिब, शासक वंश शाह, राणा, ठकुरी, त्यसपछि बाहुनको सुप्रिमेसी रहेको पार्टी रहनुले बेलाबेलामा गुट र फुट अनि पूर्व राजाको खेलमा बेलाबेलामा रडाको हुने गरेको छ।
कमल थापा: कमल थापाले पञ्चायती र बहुदलीय राजतन्त्रमा गृहमन्त्रीको रूपमा जनआन्दोलन दबाउन सेना र प्रहरीको दुरुपयोग गरे। आयोगले उनलाई जनआन्दोलन दमनमा संलग्न भएको ठहर गरेको थियो। जीवनभर राजाको चाकरी गरेर लगातार मन्त्री भए। गणतन्त्रमा पनि राजतन्त्रको ओकालत गरे। पछि एकाएक राजतन्त्र त्यागेर गणतन्त्रलाई पार्टीको एजेण्डा बनाए। अहिले फेरि राजावादी भएका छन्।
केशर बहादुर बिष्ट: पञ्चायती र बहुदलीय राजतन्त्रमा मन्त्री बनेका बिष्टले राजतन्त्रको संरक्षणमा सत्ता र शक्तिको दुरुपयोग गरे। जनतामाथि दमन गरेर आफ्नो शासनमा रमाउने क्रूरताका अनुयायी हुन्।
इतिहासमा अनुहार देखाउन नमिल्ने गरी गनाएका राजावादीहरू अहिले निर्वाध गतिविधि गरिरहेका छन्। अहिले सत्तामा रहेकाहरूको कमजोरी र नालायकीपनको फाइदा लिन सक्नु राजावादीहरूको चलाखी र जनताको चेतनाको बिम्ब हो।
फणिन्द्र नेपालको माग
फणिन्द्र नेपालले सुवेदीको अभिव्यक्तिलाई नेपालको राष्ट्रियता र मित्रराष्ट्रसँगको सम्बन्धलाई कमजोर बनाउने षड्यन्त्रको हिस्सा ठहर गर्दै निम्नलिखित माग राखेका छन्:
कारबाही: यो वीभत्स विचार राख्ने नवराज सुवेदीमाथि तत्काल कडा कारबाहीको माग गर्छौँ।
प्रधानमन्त्रीको जवाफ: प्रधानमन्त्रीले यो विषयमा स्पष्ट धारणा राख्नुपर्छ।
फणिन्द्र नेपालले सुवेदीमाथि तत्काल कारबाही गर्न र सरकारले राष्ट्रियताको रक्षाका लागि ठोस कदम चाल्नुपर्ने माग गर्दै थप भनेका छन्:
धर्मको आवरणमा सुरु भएको राजावादी आन्दोलनले किन नेपाललाई भारतको नियन्त्रित राज्यका रूपमा स्थापित गर्ने धृष्टता गरिरहेको छ? राजावादीहरू कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, सन्दकपुर र तिलाठीजस्ता सीमाका विषयमा किन बोल्दैनन्?
निष्कर्ष
नवरज सुवेदी, कमल थापा, केशरबाहादुर बिष्ट, धवलशमशेर राणा र पूर्वराजा जस्ता राजावादीहरूले इतिहासभर सत्ता र शक्तिको दुरुपयोग गरी जनतामाथि ज्यादति गरे। सुवेदीको सर्पको छाला तस्करी र जनआन्दोलन दमनजस्ता कुकृत्यदेखि हालैको गैरजिम्मेवार अभिव्यक्तिसम्मले उनको राष्ट्रियताप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ। ज्ञानेन्द्रको दरबार हत्याकाण्डमा संलग्नताको आशंका, सम्पत्ति हत्याउने प्रयास र सीमा विवादमा मौनताले उनको गैरराष्ट्रवादी चरित्र उजागर गर्छ।