.
.
सुर्यकान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्धौ बार्षिक साधारण सभाको संदेश र चुनौती।
सदस्यहरुबाट बचत संकलन गरि ऋण प्रवाह गर्ने सहकारी सस्थाहरु यसबेला नेपालको इतिहासमै बदनाम र संकटग्रस्त अबस्थामा गुज्रिएको पाईन्छ। यस विषम परिस्थितिमा समेत आफुलाई निस्कलंक राख्न सक्नु बचत तथा ऋण संबन्धि काम गर्ने सहकारी संस्थाहरुहरुको अहोभाग्य ठान्ने गरिन्छ।
शक्ति रास्ट्रहरुको युद्ध उन्माद र सैन्य रणनीतिको परिणाम नेपाल जस्तो आयातमुखी र बिप्रेशणको टेकोमा अडिएको मुलुकले अझ ठुलो दबाब झेल्नु परेकै छ। यसर्थ मूल्य वृद्धि संगै आर्थिक गतिबिधिहरु संकुचित हुन् पुग्यो। यस क्षेत्रलाई बदनाम र धारासायी बनाउने योजनामा लागेका केहि अभियान्ताहरुको प्रभाव पनि नेपालका लागि अभिसाप बन्यो भने देशको आन्तरिक राजनीति र आर्थिक मन्दीकोको कारण पनि स्थिति प्रतिकुल हुन् पुग्यो। देशको तरल राजनीतिको फाइदा उठाउदै सहकारी मार्फत आर्थिक अपराध गर्ने गिरोहको सक्रियता बढ्नुको परिणाम पनि सहकारी क्षेत्र बदनाम हुन पुग्यो र यसले समग्र क्षेत्रमा अर्को चुनौती थपिदियो ।
यी तमाम प्रतिकुल परिस्थिति संग जुध्दै संस्थालाई सफल, सबल र सक्षम अनि पारदर्शीता कायम गर्न सक्नु सहकारी क्षेत्रको सफलता हो। यस्तै सफलताको उदाहरण बनेको सुर्यकान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड , बत्तीसपुतली गौशालाले आज २०८० साल पुष १४ गते पन्धौ बार्षिक शाधारण सभा गर्दै आर्थिक बर्ष २०७९/८० को लेखापरीक्षण प्रतिबेदन सर्व सहमतिमा अनुमोदन गर्दै नया संचालक समिति समेत सर्व सहमतिमा चयन गरेको छ। साथै संस्थाको विनियम संसोधन, आर्थिक बर्ष २०८०/८१ को बजेट लगायतका प्रस्ताबहरु पारित गरिएको थियो।
यस सहकारी संस्थाको नब गठित संचालक समितिको अध्यक्षमा तुलसीराम न्यौपाने , उपाध्यक्षमा सुमन कुमारी न्यौपाने, सचिब बसन्त कुमार नेपाल, कोषाध्यक्ष समिक्षा न्यौपाने र सदस्यहरु श्याम प्रसाद मरहट्ठा, हरि प्रसाद पोखरेल, अनि बम बहादुर भारु चुनिएका छन्।
संस्थाका ब्यबस्थापक दिपक कुमार उपाध्याय भन्छन – “सहकारी ऐन र कानुन अनुसार इमान्दार भएर काम गर्ने हो भने सहकारीले आफ्ना सदस्यको उन्नति संगै समग्र देशको आर्थिक बिकाशमा योगदान पुर्याउन सक्छ।” तर देशको आर्थिक गतिविधिमा आएको संकुचन संगै ऋण असुलीमा ब्यापक चुनौती थपिएको यस प्रतिकुल समयमा समेत यस सहकारीले ५२,५०,१९३.८७ ब्याज आम्दानि गरेको छ। यधपी अघिल्लो बर्ष ७३,५०,६१७/- आम्दानि गरेको थियो। यस बर्ष भने यस बर्ष कर्मचारी , डिप्रिसिएसन र कार्यालय संचालन खर्च अघिको आम्दानि १२,१०,६३६.५९ मा सिमित रहन पुग्यो। यस समय समेत संस्थालाई टिकाउन सक्नुले अघिल्लो बर्षमा सुनौलो दिन आउने अपेक्षालाई बढाएको संस्थाका ब्यबस्थापक दिपक कुमार उपाध्याय बताउछन।
यस अघि संचलाक समितिको सदस्य रहेका बसन्त कुमार नेपाल १५ औ साधारण सभाबाट सचिबमा निर्वाचित भएका हुन्। पुजी बजारका बिज्ञ समेत रहेका नेपाल भन्छन – “यो सहकारीलाई देशकै उदहरण बनाउने प्रण गरेका छौ। आज सडकमा देखिएका अराजक समुहहरुको बढ्दो गतिबिधि अनि भ्रस्टाचार र तरल राजनीतिको अबस्था भोलिका दिनमा कमि आउनेमा हामि बिस्वस्त छौ। इतिहासकै कठिन समयमा समेत हामीले आफुलाई बचाई राख्नुलाइ नै सफलताको प्रमाण ठान्नु पर्ने स्थितिलाई हामि सबैले बुझेकै छौ।” बसन्त कुमार नेपाल थप भन्छन – “अरु के भनौ ? राजनैतिक नेतृत्व , नागरिक समाज , पत्रकार जगत , सहकारी संचालक-कर्मचारी र स्वयं शेयरधनी सदस्यहरु इमान्दार भए सारा चुनौतिहरु अबसरमा परिणत हुने छन्। तर यसका लागि सरकारी नियामक निकायले अझ बढि जिम्मेवार , सक्षम र इमान्दार भएर उत्प्रेरकका रुपमा लाग्नु पर्ने उत्तिकै जरुरि हुन्छ। तर बिस्व राजनीतिमा देखिएको टकराब र सिर्जित परिस्थितिले ल्याउने चुनौतीलाई नजर अन्दाज गर्न सकिन्न। बैदेशिक रोजगारिमा गएकाहरुले पठाएको रेमिट्यान्सको भरमा टिकेको देश अनि सारा बस्तु तथा सेवाहरु आयात गर्नु पर्ने बाध्यताको कारण बिस्व बजारमा आएको सामान्य बदलाब र प्रयोजनको असर सिधा असर हाम्रो अर्थतन्त्रमा पर्ने गरेको छ । हामि सबैले अपेक्षा गरौ -भोलिका दिनमा आर्थिक गतिबिधिहरु बढ्ने छन्,देशको अर्थतन्त्र आफ्नै खुट्टामा उभिने छ, यो आर्थिक बर्षमा तमाम कठिनाई र चुनौतीहरु घट्ने छन् ।”
हुन् त सचेत सदस्यहरु, जवाफदेही र जिम्मेवार ब्यबस्थापक र संचालक अनि सक्षम कर्मचारी नै संस्थाको सफलताको मानक हुन्। भने पारदर्शी र ब्यबस्थित अनि बैधानिक र कानुन सम्बत कारोबार गर्नु पनि उत्तिकै अपरिहार्य र अनिबार्य हुन्छ।
Ad

