नेपाल प्रहरीको केन्द्रिय कार्यालयको वेब साईट आज दिउसो १ बजे देखि बन्द भएको थियो । यस बारेमा समाचार बनाएपछि प्रहरीले तिब्रताका साथ् समास्या समाधान गर्ने बताएको थियो। खराबी आएको करिव देढ घण्टा पछि प्रहरीको वेबसाइट खुलेको छ। के ह्याकरहरुले साइबर हमला गरेका थिए भन्ने प्रश्नमा प्रहरीका केन्द्रिय प्रबक्ता प्र.ना.म.नि. कुबेर कडायतले भने – “हाम्रो आन्तरिक समस्याले मात्र हो , त्यस्तो कुनै गिरोहको भूमिका छैन । ”
अनलाइनबाट सेवा लिने ग्राहिहरुको अत्यधिक छाप हुने कार्यालयको वेबसाईटमा यसरि समस्या आयो भने कति सास्ती होला ? जे होस् यो घटनाले अन्य सरकारी निकायले पनि पाठ सिक्न जरुरि छ अनि राज्यले बिशेष रणनिति तयार गरि युद्ध स्तरमा कार्यनबयन ल्याउन जरुरि छ। अन्यथा सरकारी काम , मिलिहाल्छ माम , उदाओस कि अस्ताओस घाम , भन्ने आतिउक्तिलाइ सम्झाउने छ।