झलनाथकी श्रीमतिको हात शरिरबाट हटाएर पनि अबस्था गम्भिर

हाइलाइट: “निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश गम्भीर सङ्कटमा धकेलिन सक्छ। समयमै निर्वाचन सम्पन्न गर्ने कार्यबाट विचलित हुनुभयो भने वा राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रलाई कमजोर पार्ने कार्य भयो भने त्यो ठूलो दुर्भाग्य हुनेछ।”

झलनाथ खनालकी श्रीमतीको हात समेत शरिरबाट छुटाउनु पर्यो

काठमाडौं, भदौ २४– पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा भएको आगजनी घटनाले उनको परिवारलाई मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ। आन्दोलनको उत्साहपूर्ण लयमा युवा पुस्ताको उर्जा देख्दा हामी सबै गर्व गर्छौं, तर यो घटनाले आन्दोलनको शुद्ध उद्देश्यलाई धुमिल पार्ने प्रयास भएको छ। खनालले कुराकानीमा भनेका छन्, “मैले के अपराध गरे? एउटा प्रमाण देखाउ । जीवनभर देश र जनताको सेवा गरेका गरे, तर मेरो घरबास उजाड बनाउदै किन यो तहको हत्या प्रयास ?”

आन्दोलनकारिहरुले घरमा आगो लाए संगै जलेकि खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको अवस्था अझै चिन्ताजनक छ। ७० वर्षीया विज्ञान शिक्षिका रविलक्ष्मीले फिजिक्स पढाउदै आएएकी थिइन् भने उनी अत्यन्तै मृदुभासी र इमान्दार मानिन्छिन् । आगलागीमा अत्यधिक जलेकी उनको एउटा हात पूर्ण रूपमा काम नलाग्ने भएपछि काटेर हटाउनु परेको खनालले बताए। किर्तिपुर बर्न अस्पतालमा उपचाररत उनको फोक्सोको समस्या कायमै छ। “अप्रेसन गरे पनि के हुन्छ भन्न नसकिने अवस्था छ,” खनालले भावुक हुँदै पीडा पोखे। उनी धनी हुन्थे भने बिदेसै जाअथे– जसरी धनाढ्यहरू सजिलै बाहिर जान्छन्। यो पीडा किन एक निर्दोष शिक्षिकाले भोग्नु पर्यो ? मेरो परिवारका अन्य सदस्यहरु जो राजनितिमै छैनन् ।

खनालले दुख ब्यक्त गर्दै ‘जेनजी’ आन्दोलनलाई प्रश्न गरे, “तिमीहरू हाम्रा छोराछोरी जस्ता हौ, तर यो विध्वंस कसको शिक्षा ? मैले संकलन गरि राखेका बिस्वमै दुर्लभ दस्तावेज, किताबहरू, डकुमेन्टहरू जलाउनुको कारण के ?” उनले आफ्नो निर्दोष कार्यकाल र राष्ट्रियताको पक्षमा आवाज उठाउदाका बावजुद यश तहको हमला हुनुलाई अर्थपुर्ण रुपमा लिएका छन । घटनाको पछाडि घुसपैठ वा लोकतन्त्रविरोधी शक्तिको हात छ कि भन्ने आशंका व्यक्त गरे। “कसरी यति संगठित आक्रमण हुन्छ? विदेशी डिजाइनको संकेत प्रस्ट छ,” उनले भने।

यो घटनाले आन्दोलनको लोकतान्त्रिक भावनालाई मजबुत बनाउनु पर्छ, नत्र पीडित परिवारको यो आँसुले थप लज्जित बनाउँने छ। सरकारले अपराधीहरूलाई कठघरामा उभ्याओस्– यो सबै नेपालीको माग हो। रविलक्ष्मीको शीघ्र स्वास्थ्यलाभको कामना !

टेलिफोन संबादका आधारमा