पुर्व राजा ज्ञानेन्द्र यहि फागुन २५ गते पोखराबाट काठमाण्डौ फर्किदै थिए । १ बजे आउने भनिएपनी करिव ४ बजे चर्टर्ड हेलिकप्टर लिएर उनी त्रिभुवन विमान स्थल अबतरण भए । यहि मौकामा नेपालमा आफू नियन्त्रीत अस्थिरता कति छ भन्ने प्रमाणित गरेर बार्गेनिङ पावर बढाउन लागिपरेको इण्डिया, गणतन्त्रका कारण दशकौ देखिको हालिमुहाली गुमेको पीडा महसुस गर्दै आएका राजाबादि समुहरले लोकतन्त्र बिरुद्ध संयुक्त प्रदर्सन गरे, यति सम्म कुनै अनौठो र आस्चर्यको बिशय रहेन । तर हाल सत्ता,शक्ति र संसदमा रहेका पार्टी र तिनको नेतृत्वको गैरजिम्मेवार र अराजक हर्कतबाट आक्रान्त सोझा जनताहरु जस्ले लोकतन्त्रका लागि बलिदानी दिए, स्वाधिनता र सुसासनको सपन देखेका थिए, जस्ले स्थापित परम्पराबादी राजनैतिक शक्तिहरुलाई चुनौती दिन सक्ने साहस, बिबेक र ल्याकत राख्न सकेनन र आफै माथी हिनता महसुस गरिरहेका थिए उनिहरुलाई समेत आफू तर्फ आकर्सित गर्न इण्डो-राजाबादी समूह सफल हुनु भने भयानक निरासा युक्त संभावित दुर्घटनाको संकेत पक्कै हो ।
यो मौकालाई इण्डियाले आफू अनुकुल बनाएर राजनैतिक पार्टिहरुलाई आफू अनुकुल रहन दबाब दिन सफल भयो भने राजाबादी समुहलाई ब्यबस्था पल्टाएर सत्तामा राखिदिने लालचमा सधै आफ्नो हितमा परिचल्लन गर्न सफल हुने निस्चित छ ।
प्रमाणका रुपमा नेपालको २००७ सालको परिवर्तन र त्यस यताका ब्यबस्था बिरुद्धको आन्दोलन पछिको हबिगत साक्षी छ ।यस्ले नेपालको सुरक्षा, पररास्ट्र , सन्चार र प्रकृति माथी इण्डियाको दाबीलाई स्विकार्न सहमत गराउन खोजिरहेको प्रमाणित छ ।
यसै रणनिती अन्तर्गत इण्डियाले उत्तर प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा राजाबादी आन्दोलन सन्चालन गर्न सफलता हात पार्यो । रहस्यमय कुरा त यो छ कि इण्डियाको यो डिजाईन, सहमती र संलग्नताको बिशय नेपालका राजाबादिहरुले गोप्य राख्न सक्थे तर त्यसो गरेनन किन ? कित उनिहरु इण्डियाको शक्तिकारुपमा खुल्लम खुल्ला प्रस्तुत भैरहेका छन कित इण्डियाको दबाबमा दिल्लिको प्रतिस्ठा बढाउन यश तहमा नांगै नाच्न बाध्य भए ।
तर यस्ले नेपालको भविस्यमा खतरा पैदा गरेको छ ।
योगि आदित्य नाथको तस्विर अघि- अघि, पुर्व राजा ज्ञानेन्द्र र उनका समर्थक पछिपछी रहेर एयरपोर्ट देखि निर्मल निबास(ग्यानेन्द्रको निजि दरवार) सम्मको यात्राले पुस्ट्याउछ ।
यश बारेमा तिब्र असन्तुष्टि ब्यक्त गर्दै ग्रेटर नेपालले बिग्यप्ती निकालेको छ । पुर्व राजा ज्ञानेन्द्रको स्वागतमा निकालिएको र्यालीमा छिमेकी देशका नेताको तस्बिर अङ्कित पोस्टर बोकेको विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेसविज्ञप्ति जस्ताको तस्तै –
मिति : २०८१-११-२७
यही फागुन २५ गते राजा ज्ञानेन्द्रको स्वागतमा काठमाडौँमा निकालिएको र्यालीमा इन्डियाको उत्तरप्रदेश राज्यका मुख्य मन्त्री योगी आदित्यनाथको तस्बिर राखिएको पोस्टर बोक्नु सरासर विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्नु हो , त्यसैले यो भर्त्सना गर्नुपर्ने निन्दनीय विषय हो । राजावादीहरूले ग्रेटर नेपालको मर्ममाथि आघात पुर्याउँदै योगी आदित्यनाथको तस्बिर बोकेको घटनालाई ग्रेटर नेपालसँग जोड्नु आफ्नो स्वार्थ सिद्ध गर्ने चालबाजीमात्र हो । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल र नेपालीको स्वाभिमान गिजोल्ने राजावादीहरूको यो अप्रत्याशित र अनपेक्षित क्रियाकलापको जोडदार विरोध गर्दछ ।
सार्वभौम र स्वतन्त्र देशमा विस्तारवादी छिमेकीका सत्तारूढ नेताको तस्बिर राख्नु नेपालका कम्युनिस्ट पार्टीहरूले अन्तर्राष्ट्रिय व्यक्तित्व हासिल गरेका मार्क्स , लेनिन र माओका तस्बिर राखेजस्तो होइन । गोरखपुर ग्रेटर नेपालको क्षेत्र भए पनि नेपाल र इन्डियाले सुगौली सन्धिको हैसियत स्पष्ट नगरेसम्म योगी आदित्यनाथ इन्डियाली नागरिक हुन् । आफूलाई मात्र अद्वितीय राष्ट्रवादी ठान्ने राजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर बोकेबाट राजावादीहरूले योगी आदित्यनाथबाट र्याली व्यवस्थापनमा ठूलो धनराशि र पर्याप्त जनशक्तिको सहयोग लिएको हो कि भन्ने आशंका पैदा भएको छ र यसले राजा ज्ञानेन्द्रले निर्माण गर्न खोजेको महान् राष्ट्रवादीको छविमाथि चुक घोप्ट्याएको छ ।
विदेशी प्रभाव बोकेर अरू हिँड्दा त्यो राष्ट्रघाती हुने तर आफू विदेशीको पाउमा पर्दा त्योचाहिँ अन्तर्राष्ट्रिय ऐक्यबद्धता मानिने दोहोरो मापदण्ड सच्चा राष्ट्रवादीहरूलाई मान्य हुने कुरा होइन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यस्ता अवाञ्छित तत्त्वलाई चिनेर तिनीहरूसँग सचेत रहन विशेष अनुरोध गर्दछ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ, नेपाल