
नेपालको अतिक्रमित भुमि खालि गरेर दुई देश बिचको संबन्ध सुधार गर्न दिल्लीलाई दबाब दिन नेपालका हरेक सरकारहरु असफल रहदै आए। बिगतमा राजाले गरेनन त्यस पछिका नेताले समेत गरेनन। आज इन्डियाको मनोबन यति बढ्यो कि लिपू लेख नाका भएर चिन संग ब्यापार गर्ने भन्दै दिल्लीले अर्को स्टेटमेन्ट जारि गर्दा समेत जन स्तरबाट आवाफ़ उठ्न नसकिरहेको बेला ग्रेटर नेपाल रास्ट्रबादि मोर्चाका अध्यक्ष फनीन्द्र नेपालले नेपालको प्रसासनिक केन्द्र सिंहदरवारको दक्षिण गेटमा गएर बिरोध जनाएका थिए । फणीन्द्र नेपालको यस गतिविधिले सुरक्षा चुनौती बढेको भन्दै प्रहरीले पक्राउ गर्नु परेको प्रहरी वृत्त सिंह दरवारका इन्स्पेक्टर सुनिल कार्कीले कालो किताबलाई बताए।
फणिन्द्र नेपालललाई अहिले प्रहरी वृत्त सिंह दरवारमा राखिएको छ। सरकारले प्रतिरोध नगरेको आरोप लगाउदै आएका फणिन्द्र नेपालले सरकारको १२ बजाउने भन्दै सिंह दरवारमा यसो गरेका थिए ।
तस्बिरहरु