Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

कानुन निर्माणमा सांसदको भूमिका कमजोर पार्नु चिन्ताजनक: महेश बर्तौला

सुमोद पोखरेल October 29, 2026
FB_IMG_1793265958030

महेश बर्तौला,

संसद् कानुन निर्माण गर्ने सर्वोच्च विधायिकी संस्था हो। विधेयकका त्रुटि सच्याउनु र संशोधन गर्नु सांसदहरूको मुख्य कर्तव्य हो। सभामुखले स्वविवेकका आधारमा विनाकारण संशोधन प्रस्ताव अस्वीकृत गर्ने प्रवृत्ति र सरकारको अध्यादेश मोहले संसद्को गरिमा र प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ, जुन सुधारिनुपर्छ।

कानुन निर्माणमा सांसदको भूमिका कमजोर पारिनु हुँदैन

संसद जनताको सार्वभौम अधिकार प्रयोग हुने र गुणस्तरीय कानुन निर्माण गरिने सर्वोच्च विधायिकी संस्था हो।

सरकारले संसदमा प्रस्तुत गरेको विधेयकका सबै प्रावधान सही, पूर्ण र त्रुटिरहित हुन्छन् भन्ने हुँदैन।

विधेयकका त्रुटि सच्याउने, अपूर्ण प्रावधानलाई समृद्ध बनाउने, जनताको आवश्यकता र सार्वजनिक तथा राष्ट्रिय हितअनुकूल कानुन निर्माण गर्ने प्रमुख जिम्मेवारी सांसदहरूको हो।

त्यसैले विधेयकमाथि अध्ययन, अनुसन्धान र संशोधन गर्नु सांसदहरूको विशेषाधिकार मात्र होइन, विधायिकी कर्तव्य र संसदीय जिम्मेवारी पनि हो।

सांसदहरूले प्रस्तुत गरेका संशोधन प्रस्तावले नै विधेयकलाई थप प्रभावकारी, गुणस्तरीय, व्यावहारिक र जनउत्तरदायी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ।

तर विधेयकमाथि सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावहरू सभामुखबाट स्वविवेकका आधारमा अस्वीकृत गरिने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय हो।

सभामुखलाई संशोधन अस्वीकृत गर्ने अधिकार छ, तर त्यो अधिकार असीमित छैन।

नियमावलीले स्पष्ट रूपमा निषेध नगरेको विषयलाई समेत निषेधितझैँ व्याख्या गर्ने, सम्बन्धित संशोधनलाई असम्बन्धित ठहर गर्ने वा स्पष्ट प्रस्तावलाई अस्पष्ट भन्दै अस्वीकृत गर्ने प्रवृत्तिले सांसदको विधायिकी सक्रियता र भूमिकालाई सङ्कुचित गर्ने निश्चित छ।

विधेयकमाथिका प्रत्येक संशोधन स्वीकार हुन्छन् नै भन्ने होइन, तर प्रत्येक संशोधनलाई सम्बन्धित समितिमा दफावार छलफलमार्फत नियमसम्मत, तर्कसम्मत र निष्पक्ष ढङ्गले परीक्षण गर्ने परिस्थितिको सुनिश्चितता गरिनुपर्दछ।

सांसदहरूलाई विधेयक अध्ययन गर्न, विज्ञसँग परामर्श लिन र अनुसन्धानका आधारमा संशोधन प्रस्तुत गर्न प्रोत्साहित गर्नुपर्नेमा सभामुखबाटै उनीहरूको मेहनत नै निरर्थक हुने अवस्था सिर्जना गरियो भने त्यसको क्षति कुनै एउटा सांसदलाई मात्र हुँदैन, समग्र संसदीय प्रणालीले बेहोर्नुपर्छ।

सरकार विधेयकको प्रस्तावक हो, संसद् त्यसको गुणस्तरीय परीक्षण, परिमार्जन र परिष्कृत गर्ने थलो हो।

सरकारका विधेयकलाई परिमार्जन र समृद्ध बनाउने सार्वभौम अधिकार संसद्ले जहिल्यै सुरक्षित गर्नुपर्छ।

किनकि संसद् प्रभावकारी भए मात्र कानुन गुणस्तरीय हुन्छ र कानुन गुणस्तरीय भए मात्र लोकतन्त्र जनताप्रति उत्तरदायी बन्छ।

त्यसैले संसद्को काम सरकारले ल्याएको विधेयकलाई जस्ताको तस्तै पारित गर्नु होइन, आवश्यक संशोधन र छलफलमार्फत विधेयकमा रहेका कमजोरीहरू सच्याउँदै अझ गुणस्तरीय कानुन निर्माण गर्नु हो भन्ने कुरा स्पष्ट हुन जरुरी छ।

यतिबेला एकातर्फ सरकारले लगातारका अध्यादेशहरूमार्फत सांसदहरूको नियमित विधायिकी भूमिकालाई निष्क्रिय पार्ने काम गरिरहेको छ भने अर्कोतर्फ सांसदहरुकै नेता सभामुखले समेत सांसदहरूको संशोधन प्रस्ताव नै अस्वीकृत गर्ने परिपाटीले संसद्को प्रभावकारिता र गरिमा कस्तो रहला?

सांसदहरूको विधायिकी मनोबल के रहला?

भन्ने गम्भीर प्रश्न सिर्जना भएको छ।

त्यसैले संसद्लाई प्रभावकारी बनाउन सभामुखको निष्पक्षता, नियमसम्मत निर्णय र सांसदहरूको सक्रिय सहभागितालाई कुण्ठित गरिनु हुँदैन।

–लेखक: महेश बर्तौला

पूर्व मुख्य सचेतक, नेकपा (एमाले) संसदीय दल

About the Author

सुमोद पोखरेल

Author

Visit Website View All Posts

Post navigation

Previous: ​गोपाल किराँतीको अपिल: ‘पार्टीको राष्ट्रिय जागरण अभियानमा दृढतापूर्वक लागौँ, समाजवादी गणतन्त्रको कार्यनीति अपरिहार्य छ’
Next: समाचार कक्षबाटै पत्रकार पक्राउ: चौतर्फी दबाबपछि बालेन सरकार आलोचित

Related Stories

1795565519941

छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा

सुमोद पोखरेल November 25, 2026
1795416263883

राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश

सुमोद पोखरेल November 23, 2026
1795406339727

दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?

सुमोद पोखरेल November 23, 2026

Recent Posts

  • छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा
  • राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश
  • दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?
  • नेपालको आतिथ्य, बालेनलाई भारतको व्यवहार: विमानस्थलको दृश्यले नेपालकै अपमान
  • अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा
  • राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश
  • दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?
  • नेपालको आतिथ्य, बालेनलाई भारतको व्यवहार: विमानस्थलको दृश्यले नेपालकै अपमान
  • अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

1795565519941

छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा

सुमोद पोखरेल November 25, 2026
1795416263883

राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश

सुमोद पोखरेल November 23, 2026
1795406339727

दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?

सुमोद पोखरेल November 23, 2026
Screenshot_20261122_184229

नेपालको आतिथ्य, बालेनलाई भारतको व्यवहार: विमानस्थलको दृश्यले नेपालकै अपमान

सुमोद पोखरेल November 22, 2026

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा
  • राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश
  • दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?
  • नेपालको आतिथ्य, बालेनलाई भारतको व्यवहार: विमानस्थलको दृश्यले नेपालकै अपमान
  • अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.