Skip to content

kalo kitab

कालो किताबका भिडियोहरु युट्युबमा हेर्न सक्नुहुन्छ ।

B.A. LL.B. Admission 2082 22
Primary Menu
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
Youtube Live

​गोपाल किराँतीको अपिल: ‘पार्टीको राष्ट्रिय जागरण अभियानमा दृढतापूर्वक लागौँ, समाजवादी गणतन्त्रको कार्यनीति अपरिहार्य छ’

सुमोद पोखरेल October 27, 2026 1 minute read
FB_IMG_1793136204398

काठमाडौँ। माओवादी जनयुद्धका एक सेनानी, पूर्वमन्त्री तथा नेपालि कम्युनिस्ट पार्टीका नेता गोपाल किराँती ‘साइला’ ले पार्टीको राष्ट्रिय जागरण अभियानबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले पार्टीले जारी गरेको अभियानमा सम्पूर्ण कमरेडहरूलाई मतभेद र गुनासोलाई चिर्दै दृढतापूर्वक लाग्न विशेष अपिल गरेका छन्।

अभियान सुरु भएपछि उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै नेता किराँतीले भनेका छन्- “उपरोक्त अभियान जारी भएपछि धेरै कमरेडहरूले भन्नु स्वाभाविक हो कि पहिचानको मुद्दा र जातव्यवस्था उन्मूलनसहित समाजवादी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीतिमा यो अभियान गर्न पाएको भए कति राम्रो हुन्थ्यो? कमरेडहरूको टिप्पणीमा हामी शतप्रतिशत समर्थन गर्दछौँ कि हाम्रो पनि धारणा र भावना एकदमै त्यही हो।”

तर मार्क्सवादी सिद्धान्त र इतिहासको नियमलाई स्मरण गराउँदै उनले थप प्रस्ट्याएका छन्, “परन्तु, मार्क्सवादले भन्छ— इतिहासका निर्माता महान् जनसमुदाय हुन्। त्यस अन्तर्गत पार्टीका जनसमुदाय भनेका पार्टी सदस्यहरू हुन्। आफू पनि एक जना पार्टी सदस्य हुनुको हैसियतले गम्भीर अनुरोध छ कि जे जस्ता योजनाका साथ अभियान जारी भएको छ, यसमा दृढतापूर्वक लागेर परिणाम हासिल गरौं।”

वर्तमान समयमा विचारप्रधान राजनीति अपरिहार्य रहेको औँल्याउँदै नेता किराँतीको भनाइ छ, “उप्रान्त, मार्क्सवाद-लेनिनवाद भनेको देशमा रहेका सबै खाले अन्याय र उत्पीडनविरुद्ध लड्ने अखण्डनीय विज्ञान हो भन्ने प्रष्ट बुझाइमा विचारप्रधान राजनीति स्थापित गरौं र यो गर्नैपर्छ। तब पार्टीका सदस्य जनसमुदायले संघीय लोकतान्त्रिक गणतन्त्रको गुणात्मक विकास र हठात् कार्यान्वयनको जमर्को उठानको इतिहास रचना गर्न सकिन्छ।”

दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा समाजवादी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीति आजको मुख्य आवश्यकता भएको बताएका छन्। उनले भनेका छन्, ” हामीलाई लाग्दछ, जसरी सामन्ती राजतन्त्रविरुद्ध पुँजीवादी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीतिले संविधानसभा हुँदै यहाँसम्म ल्यायो, ठीक त्यसरी नै हालको दलाल पुँजीवादीतन्त्रविरुद्ध समाजवादी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीति एकदमै जरुरी भइसकेको छ। जसले संविधानको समाजवादी संशोधन कार्यसूची (एजेन्डा) मा समाजवादी ध्रुवीकरण बढाउन सकियोस्। तब मात्र मजदुर-किसान वर्गीय, लैंगिक, जातजातीय मुक्तिसहित नयाँ राष्ट्रिय एकीकरणको ढोका खोल्न सकिन्छ।”

सम्पूर्ण पार्टीपंक्तिलाई आ-आफ्नो ठाउँबाट अभियानलाई सफल बनाउन आह्वान गर्दै नेता किराँतीले जोड दिएका छन्, “अतः आ-आफ्नो ठाउँमा डटेर पार्टी अभियानका योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गरौं र सँगसँगै नयाँ विचार निर्माणमा छलफल, अध्ययन र जोडदार बहस सृष्टि गरौं।”

About the Author

सुमोद पोखरेल

Author

Visit Website View All Posts

Post navigation

Previous: त्रिभुवन जन्मिदा आफैलाई लोपारेका राजाको कहानि
Next: कानुन निर्माणमा सांसदको भूमिका कमजोर पार्नु चिन्ताजनक: महेश बर्तौला

Related Stories

1795565519941

छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा

सुमोद पोखरेल November 25, 2026
1795416263883

राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश

सुमोद पोखरेल November 23, 2026
1795406339727

दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?

सुमोद पोखरेल November 23, 2026

Recent Posts

  • छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा
  • राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश
  • दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?
  • नेपालको आतिथ्य, बालेनलाई भारतको व्यवहार: विमानस्थलको दृश्यले नेपालकै अपमान
  • अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’

Vote

Categories

कालो किताब प्राली

सम्पादक तथा प्रकाशक-सुमोद पोखरेल

"कालो किताब खुला दस्ताबेज"

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

सुचना बिभाग दर्ता नं:: ४१२३

Archives

Snapshot_93
Snapshot_92

Recent Posts

  • छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा
  • राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश
  • दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?
  • नेपालको आतिथ्य, बालेनलाई भारतको व्यवहार: विमानस्थलको दृश्यले नेपालकै अपमान
  • अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’
नयाँ वर्ष २०८२ सालाको हार्दिक मंगलमय सुभकामना 
    बुढानिलकण्ठ नगरपालिका वर्ड नंबर १० परिवार 
                    अध्यक्ष - नबराज भट्टराइ
Admission Open Notice1

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
Budhanilakantha Municipality

You may have missed

1795565519941

छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा

सुमोद पोखरेल November 25, 2026
1795416263883

राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश

सुमोद पोखरेल November 23, 2026
1795406339727

दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?

सुमोद पोखरेल November 23, 2026
Screenshot_20261122_184229

नेपालको आतिथ्य, बालेनलाई भारतको व्यवहार: विमानस्थलको दृश्यले नेपालकै अपमान

सुमोद पोखरेल November 22, 2026

Itihas

www.ksl.edu.np

B.A. LL.B. Admission 2082 22
https://www.youtube.com/watch?v=J5Uxza5xcIY&t=5s
https://www.youtube.com/watch?v=9ELPw1jruDs
https://www.youtube.com/watch?v=9s8LfgL0lXQ

Ad

Kathmandu School of Law, Ksl
Kathmandu School of Law, Ksl

About Us

Kalo Kitab Pvt. Ltd. (कालो किताब प्रा.ली.)

सुचना बिभाग दर्ता नं:: ४१२३

सम्पर्क नम्बर: 9843067053

इमेल:: kalokitabgroup@gmail.com

"कालो किताब खुला दस्ताबेज"

सम्पादक तथा प्रकाशक: सुमोद पोखरेल

RSS feed: News feeds News feeds

Recent Posts

  • छिमेकी चीनको यान चढेर पाकिस्तान अन्तरिक्षमा, नेपाल अझै दक्षिणको षड्यन्त्र र पराधीनताको चक्रव्यूहमा
  • राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले गौतमबुद्ध बारे के लेखे ? दिल्लीको मथिंगल हल्लिने सन्देश
  • दिल्लीमा राज्यमन्त्रीको स्वागतदेखि सन् १९५० को सन्धिसम्म: बालेन शाहको भारत भ्रमणमा किन छ यति धेरै संशय?
  • नेपालको आतिथ्य, बालेनलाई भारतको व्यवहार: विमानस्थलको दृश्यले नेपालकै अपमान
  • अदालतमा इनम प्रकरणबारे महेश बर्तौला: ‘राज्यका अङ्गहरूमा स्वार्थ समूहको पहुँच र बिचौलिया प्रभाव सुखद संकेत होइन’

बुढानिलकण्ठ नगरपालिकाको जनहितमा जारि संदेश

Snapshot_174
  • समाचार
  • राजनीति
  • विवेचना
  • रातोकिताब
  • अन्तरवार्ता
© Kalo Kitab Pvt. Ltd. / Kalo Kitab Research TV | MoreNews by AF themes.