
प्रा. डा. युबराज संग्रौला सहितको बृहत् कार्यक्रम
काठमाडौं स्कूल अफ ल का कार्यकारी निर्देशक प्रा. डा. युबराज संग्रौलाको नेतृत्वमा भएको यो कार्यक्रम उनको राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र आत्मनिर्भरताप्रतिको अटल प्रतिबद्धताको नमूना हो। उनको क्रान्तिकारी तर जिम्मेवार, सन्तुलित र संयमित दृष्टिकोणलाई विश्वमै उदाहरणीय मानिन्छ। नेपालको फौजदारी न्याय प्रणालीमा पीएचडी गरेका वरिष्ठ अधिवक्ता संग्रौला पूर्व महान्यायाधिवक्ता समेत हुन्। SAARC ल स्कलर अवार्ड विजेता संग्रौलाले “JURISPRUDENCE; THE PHILOSOPHY OF LAW” जस्ता दर्जनौं पुस्तकमार्फत अन्तर्राष्ट्रिय ख्याति कमाएका छन्। लागूऔषध गिरोहहरूद्वारा परिचालित दुर्व्यसनीहरूले बदनाम गर्न नियोजित हिलो छ्याप्ने र यौनजन्य आरोप लगाउने सम्मका प्रयास गरे पनि विचलित नहुने अठोट लिएका संग्रौला भन्छन् -” देशमा सुशासन र विकासका लागि सचेतना र खबरदारि गर्नु आफ्नो कर्तव्य हो भन्ने ठान्दछु यधपी जतिसुकै षणयन्त्र किन नहोस ।”
SAARC ल स्कलर अवार्डका विजेता प्रा. डा. युबराज संग्रौलालाई सन् २०१२ मा Society of Indian Law Firms (SILF) र Menon Institute of Legal Advocacy Training (MILAT) द्वारा SAARC Law Scholar Award प्रदान गरिएको थियो। आर्थिक, सामाजिक र विकास अधिकारको क्षेत्रमा उनको अनुसन्धानबापत प्रा. डा. संग्रौलालाई सम्मानित गरिएको हो। उनि अहिले काठमाडौं स्कुल अफ ल (KSL) को संस्थापक निर्देशकको रूपमा पनि कार्यरत छन् ।
यसका अतिरिक्त Ashoka Fellowship (१९९८), Nepal Jaycees Youth Award (२००२), र Nepal Education Leadership Award (२०१७) जस्ता प्रतिष्ठित पुरस्कारहरू विजेता संग्रौलाको सक्रियतामा अनुसन्धान तथा खोज कार्यहरू हुँदै आएका छन्।
रास्ट्र निर्माणमा बिज्ञ र युवा-बिध्यार्थि संगसंगै
यही २०८२ जेठ ३१ गते हिमालयन विकास परिषद् (हिमालयन डेभलपमेन्ट अफेयर्स काउन्सिल) ले नेपालको सर्वाङ्गीण विकासको खाकामाथि बृहत् छलफल आयोजना गर्यो ।
शनिबार भक्तपुरको दधिकोटस्थित काठमाडौं स्कूल अफ ल (KSL) को ‘एफ हल’ मा भएको उक्त कार्यक्रममा स्वास्थ्य, शिक्षा, मानवअधिकार, भौतिक पूर्वाधार, उधमसिलता, सुसासन र सामाजिक चुनौती जस्ता बिषयमा गहन विमर्श भएको थियो। प्रख्यात विद्वान् प्रा. डा. युबराज संग्रौला सहितका विद्वान थिंकट्याङ्कहरूको सहभागिता रहेको उक्त छलफलले नेपालको समृद्धि र आत्मनिर्भरताका लागि ठोस मार्गचित्र प्रस्तुत गरेको मान्न सकिन्छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले नेपालको विकासका चुनौती र सम्भावनामाथि बहस गरेका थिए।
प्रा. डा. के. के. राईले नेपालको स्वास्थ्य अवस्था र समृद्धिको आधारबारे प्रस्तुति दिँदै भने ‘असारे विकास’ को प्रवृत्तिले दिगो विकासमा बाधा गर्दै आएको छ। उनले थप भने, “कतिपय हकमा स्वास्थ्य सेवा महँगो हुँदा बिपन्न नागरिकहरु गरिबीको रेखामुनि धकेलिने अवस्था छ। संविधानमा निःशुल्क आधारभूत स्वास्थ्य सेवाको व्यवस्था भए पनि कतिपय क्षेत्रका नागरिकले सामान्य औषधि उपचारबाट समेत बन्चित हुनुपरेको दुखद समाचारले पीडा थपेको छ ।”
प्रा. डा. युबराज संग्रौलाले व्यवसायिक एकीकृत शिक्षाको मार्गचित्र प्रस्तुत गरेका थिए। शिक्षालाई मौलिक, व्यवहारिक र संस्कारी बनाउनुपर्नेमा जोड दिँदै भने, “शिक्षाले जागिरमुखी जनशक्ति मात्र उत्पादन गरिरहेको छ, बालबालिकाहरू आधारभूत ज्ञानबाट वञ्चित छन्। सहरहरूको विस्तार र दृढ इच्छाशक्तिमार्फत नेपालले सिंगापुर र कोरियाको जस्तो तिब्रगतिको विकास गर्न सक्छ, तर युवापुस्तामा मौलाउँदै गएको बिचलन र अनुसन्धान गर्ने परिपाटीको कमी मात्र हैन कतिपय अबस्थामा अराजकताबादिहरुको हतियार बन्ने परिपाटि जस्ता कारकलाई समयमै सम्बोधन गर्न नसक्नु चिन्ताजनक छ,” उनले भने।
त्यसैगरी अधिवक्ता रविन्द्र भट्टराईले मानवअधिकारको अवस्थाबारे चर्चा गर्दै आफ्नो प्रस्तुति दिएका थिए। उनले भने,“शासकहरूले मानिसलाई महामानव, मानव र उपमानवमा विभाजन गरी विभेद गर्दा आधारभूत मानबअधिकार नै उल्लङ्घन भएको जस्तो देखिनु चिन्ताजनक छ ।”
इन्जिनियर मोहन संग्रौलाले भौतिक पूर्वाधारको खाका प्रस्तुत गर्दै भने, “नेपालको विकासमा सडक, जलविद्युत् र शहरीकरणको महत्त्व जति छ, त्यति नै व्यवस्थापन र अनुसन्धानमा लगानी गर्न नसक्नु कमजोरी हो।”
उक्त कार्यक्रममा नवप्रवर्तकहरूको प्रेरणादायी कथा समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको दोस्रो खण्डमा माछा पालनमा सक्रिय दीपक लामिछाने, सुनसरीको झुम्कामा होमस्टे सञ्चालन गर्ने सीता थर्नी, बालविकासमा योगदान गर्ने मीना थकाली, किसान खाद्य उद्योग चलाउने वसन्तकुमार पाण्डे, कौसी खेतीमा प्रेरणा जगाउने झालक बन, जैविक तरकारी खेती गर्ने हरिबोल न्यौपाने र विश्वकै ठूलो थान्का बनाउने सूर्यबहादुर थकालीले आ-आफ्ना भोगाइ र अनुभव सुनाएका थिए।
स्थानीय स्तरमा आत्मनिर्भरताको सम्भावना प्रशस्त रहे पनि राज्यको संरक्षण र लगानीमा अपेक्षाकृत परिणाम किन आउन सकेको छैन? राज्यले जिम्मेवार भएर अनुसन्धान गर्न जरुरी छ । कार्यक्रममा प्रा. डा. दुर्गा संग्रौला, वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रा. हुद्दा राना लगायत १५० जना लब्धप्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो। सञ्चालन सहप्राध्यापक रामचन्द्र फुयालले गरे भने समापन डा. मनोहरलाल श्रेष्ठले गरेका थिए।
लागूऔषध गिरोहको भयावह खेल नेपालमा लागूऔषधको अखडा बनाउने गिरोहहरूको सक्रियतामाथि पनि चिन्ताजनक छ। यी गिरोहहरूले दुर्व्यसनीहरूलाई प्रयोग गरी राष्ट्रविरुद्ध अराजक गतिविधिमा परिचालन गर्ने गरेका विज्ञहरूको निष्कर्ष छ। नियोजित तवरले सञ्चालन गर्ने, आन्दोलनको आवरणमा आफ्ना गैरकानुनी धन्दालाई निर्वाध रूपमा सञ्चालन गर्ने र बौद्धिक तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई बदनाम गर्ने खेल खेलिरहेका छन्।
केही पहिले प्रा. डा. युबराज संग्रौलामाथि नियोजित यौनजन्य आरोप र हिलो छ्याप्ने प्रयास पनि भएको थियो, तर वास्तविकता बाहिरिएपछि निस्तेज भएको थियो। त्यसो त सुशासन, लोकतन्त्र र सामाजिक रूपान्तरणका लागि जीवन समर्पित गरेका कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठमाथि पनि विभिन्न नाममा यस्ता आक्रमण भएका थिए। अन्धविश्वास र कुरीतिको जन्जिरलाई तोड्दै अङ्गदानको घोषणा गरेर राष्ट्रकै उदाहरणीय बनेका यी व्यक्तित्वहरूलाई बदनाम गर्ने गिरोहहरूको चरित्र अपराधीभन्दा कम नभएको अध्येताहरूको निष्कर्ष छ।
नेपालको विकासमा बाधक चुनौतीका बावजुद सम्भावना समेत छ । नेपालले स्वास्थ्य रणनीति मार्फत काम नगरेको पनि हैन । पछिल्लो समय राज्यले व्यवसायिक शिक्षामा जोड दिइएको भएपनि परिणाम सुखद छैन । सरकारी बाहेकका बिध्यालयहरुमा बिदेसीहरुको अनुकुल र रास्ट्रको हित प्रतिकुलका पाठ्य सामाग्रीहरु निर्वाध पाथनपाठन भैरहनु र त्यस तर्फ राज्यको रणनैतिक दृस्टिकोण नदेखिनु चिन्ताजनक छ । नेपालमा मानवअधिकारको संरक्षणका सम्बन्धमा पर्याप्त कानुनी प्रबन्ध भए पनि विपन्न, गरिब र सीमान्तकृत समुदायका लागि प्रयाप्त पहुँच स्थापित हुन सकेको छैन। तुलनात्मक रुपमा गणतन्त्र आएपछी सडक, जलविद्युत् र शहरीकरणमा प्रगति भए पनि वित्तीय र वातावरणीय समस्याहरू अझै कायमै छन्। लागूऔषध गिरोहहरूले सामाजिक स्थिरता र सुशासनमा थप चुनौती थपेका छन्।
हिमालयन विकास परिषद्को यो कार्यक्रमले नेपालको विकासका महत्त्वपूर्ण क्षेत्रहरू—स्वास्थ्य, शिक्षा, मानवअधिकार, पूर्वाधार र सामाजिक चुनौतीहरूलाई उजागर गरेको छ। प्रा. डा. युबराज संग्रौलाको सक्रियतामा भएको छलफलले देशलाई आत्मनिर्भर र समृद्ध बनाउनका लागि सारा नागरिकहरु जिम्मेवार , देशभक्त र इमान्दार भएर निरन्तर सक्रिय हुने हो भने, राजनीतिक पार्टीहरूले सिर्जना गरेको लोकतान्त्रीक गणतन्त्र माथिको चुनौती समेत निस्तेज हुने छ र नागरिक सर्बोच्चता कायम हुने छ । त्यसर्थ, वर्षौंको खोज र अनुसन्धानमा जीवन लगाएका अनुभवी बौद्धिक व्यक्तित्व र ऊर्जावान युवा–विद्यार्थीहरूको सहकार्य अनिवार्य छ। लागूऔषध गिरोहको भयावह खेलविरुद्ध सामूहिक प्रयास र जागरूकता पनि उत्तिकै अनिवार्य हुन्छ।